Dictionary

All Word

57551 पोतो ना. ४. मुखमा बसेको चायाको कालो दाग।
57552 पोथरो ना. मान्छे चढ्दा थाम्न नसक्ने अवस्थाको सल्लो आदि रुखको सानो बोट वा लङ्गुरो।
57553 पोथरो ना. २. पोथ्रो।
57554 पोथी ना. पुस्तक; किताब।
57555 पोथी ना. पशु वा पक्षीका स्त्री- जाति, स्त्री पशु-पक्षी।
57556 पोथी ना. २. स्त्री जाति।
57557 पोथी ना. वि. ३. माता हुने जातकी।
57558 पोथी ना. ४. फल लाग्ने जातको (काफल, ओखर, मेवा आदि)।
57559 पोथी चाँप ना. ठुलो रुख, लाम्चा पात हुने र गेडा फल्ने चाँपको एक जात एक प्रकारको चाँप।
57560 पोथी दमाहा ना. बजाउँदा केही सानो आवाज निस्कने एक किसिमको दमाहा, सानो नगरा।
57561 पोयी बाँस ना. गोलाइको फेरो मोटो हुने तर भित्रको प्वालदेखि बाहिरको मोटाइ बाक्लो हुने, वंशलोचन रहने, हरियोमा पाटेपाटे खैरोपन मिसिएका पात हुने एक जातको बाँस, बाँसको एक भेद।
57562 पोथी माछो ना. कत्ले माछो, पोठी।
57563 पोथी मादल ना. बजाउँदा तिखो स्वर निस्कने सानो छरितो मादल, पश्चिमे मादल।
57564 पोथी बास्नु टु, स्त्रीको हैकम चल्नु।
57565 पोथ्रा ना. सन्तान।
57566 पोथ्रा ना. २. सानो रुख, पोथ्रो।
57567 पोथ्रापोथ्री ना. साना-ठुला धेरै पोथ्राको समूह, बुट्यान।
57568 पोथ्रापोथ्री ना. २. केटाकेटी।
57569 पोथ्रो ना. सानो, मान्छे चढ्दा थाम्न नसक्नेजस्तो रुखको लिड्गुरो, सानो रुख।
57570 पोन ना. हिमाल र भोटमा बौद्ध धर्मले प्रवेश गर्नुभन्दा पूर्व तन्त्र मन्त्र, झारफुक आदिमा आश्रित एक आदिम धर्म, बोन।
57571 पोप ना. इसाई धर्मका प्रधान गुरु, क्रिस्चियन धर्मका मुख्य आचार्य।
57572 पोपतिया ना. हिउँ पग्लेका मौसममा भोट र नेपालका बिच आवागमन गर्ने एक बाटो, अरुण - प्रवेश मार्ग।
57573 पोयेभाउ ना. गोठालाहरूले वा घाँस, दाउरा काट्न जाने ठिटाहरूले सवालजबाफका रूपमा गर्ने अश्लील ठट्टा।
57574 पोयेभाउ ना. (उदा.- वारको ढुड्गो पारि पुई, तेरो बाबुलाई जोगी तुल्याई)।
57575 पोयो ना. हे. पयो।
57576 पोरो ना. चारपाटा परेको, मथ्ने, मधानीको तल्लो भाग।
57577 पोरो ना. २. नाकका दायाँ-बायाँका प्वाल, नाकका दुई प्वाल, फोरो।
57578 पोर्तगाल ना. युरोपमा रहेको एक देश।
57579 पोर्तगाली ना. पोर्तगालसम्बन्धी पोर्तगालको।
57580 पोर्तगाली ना. ना. २. पोर्तगालको जाति वा भाषा।
57581 पोर्सो ना. मल, पुर्सी, गोबर।
57582 पोल्नु स.क्रि. कुनै व्यक्ति वा वस्तुलाई आगो, घाम आदिले जलाउनु, डढाउनु।
57583 पोल्नु स.क्रि. २. आगोमा हालेर पकाउनु।
57584 पोल्नु स.क्रि. ३. अर्काको गोप्य कुरा खोल्नु।
57585 पोल्नु स.क्रि. ४. कुनै अभियुक्तले मतियारहरूलाई वा अन्य कसुरदारहरूलाई वा बेकसुरका मान्छेहरूलाई समेत अपराधी देखाउनु, अपराधमा मुछ्नु।
57586 पोल्नु स.क्रि. ५. अरूको चुक्ली लगाउनु।
57587 पोल्नु स.क्रि. अ.क्रि. ६. पिरो वा त्यस्तै ज्वलनशील पदार्थ परी शरीरको कुनै भागमा पीडा उत्पन्न हुनु भबाउनु, टट्टाउनु।
57588 पोल्नु स.क्रि. ७. ज्वरो आदिले • शरीरमा ताप अनुभव हुनु।
57589 पोल्नु स.क्रि. ८. मनमा चिन्ता पर्नु।
57590 पोल ना. टेलिफोन, बिजुली आदिको तार राख्नका लागि गाडिएको खम्बा।
57591 पोल ना. धार्नीका नापको सबैभन्दा तलको तौल एक धार्नीको चौसट्ठी भाग लगाउँदा हुने एक भाग बराबरको परिमाण।
57592 पोल ना. कुनै अभियुक्तले मतियारहरूलाई वा अन्य कसुरदार वा बेकसुर व्यक्तिलाई देखाउने काम।
57593 पोल ना. २. अर्काको भित्री कुरा खोल्ने काम।
57594 पोल ना. ३. चुक्ली लाउने काम, चुक्ली।
57595 पोलपाल ना. कुनै वस्तुलाई आगोमा पोल्ने काम डढाउने काम।
57596 पोलपाल ना. २. अर्काको पोल लगाउने काम।
57597 पोला ना. ओखरको भित्रपट्टिको भाग, ओखरको गुदी।
57598 पोला ना. माहुरी, अरिंगाल आदिको बयान।
57599 पोला ना. २. माहुरी आदिको गोलो वा गुँड़।
57600 पोलाइ- ना. पोल्ने भाव वा क्रियाप्रक्रिया।