Dictionary

All Word

57401 पैलो वि. पहिलो प्रथम।
57402 पैशाच वि. पिशाचसम्बन्धी, पिशाचजस्तो।
57403 पैशाच विवाह ना. निद्रामा परेकी वा होस नभएकी कन्याको अपहरण गरी वा त्यस्तीका साथ सम्भोग गरी गरिने विवाह, सनातनी विधिअनुसार आठ प्रकारका विवाहमध्ये एक प्रकारको विवाह।
57404 पैशाचिक वि. पिशाचको पिशाचसम्बन्धी।
57405 पैशाचिक वि. २. दानवीय क्रूरतापूर्ण।
57406 पैशाची ना. प्राकृत भाषाको एक भेद, एक प्रकारको प्राकृ।
57407 पैशाची ना. २. पिशाच महिला।
57408 पैसा ना. मूल्यमानमा रुपियाँका खण्डको एक खण्ड मूल्यको तामा, पित्तल, आलमोनियम आदि धातुको सिक्का।
57409 पैसा ना. २. नगद धन, सम्पत्ति।
57410 पैसावाल वि. धेरै धन भएको प्रशस्त पैसा भएको धनी।
57411 पैसे वि. पैसा पर्ने, एक पैसाको।
57412 पैसे वि. प्रत्य. २. सङ्ख्यावाची शब्दको अन्त्यमा जोरिएर पैसा बराबरको भन्ने अर्थ जाहेर गर्ने प्रत्ययधर्मी शब्द (जस्तो- एकपैसे, दुईपैसे, तीनपैसे आदि)।
57413 पैहनु स.क्रि. हे. पहिरनु।
57414 पैहाइ ना. पैहने क्रिया वा प्रक्रिया।
57415 पैहाइनु क.क्रि. पैहन लाइनु।
57416 पैहाउनु स.क्रि. पैराइदिनु।
57417 पैहाउनु स.क्रि. प्रे. क्रि. पैहन लाउनु।
57418 पैहो ना. पहिरो; पैरो।
57419 पो निपा. कुनै शब्द वा वाक्यमा जोड दिँदा, निश्चयात्मक रूपले भन्दा वा ठम्याउँदा वाक्यका बिचमा वा अन्त्यमा आउने शब्द।
57420 पो निपा. (उदा. को रहेछ भनेको त तिमी पो रहेछौ। डाक्न त डाकुँला, तर उनी आए पो )।
57421 पोइ ना. पति; लोग्ने।
57422 पोइल ना. आफ्ना संरक्षकहरूद्वारा विधिपूर्वक कुनै वरसँग विवाह गर्नुभन्दा पहिले र विधिपूर्वक विवाहपछि पनि विवाहित पतिलाई छोडी आफूखुसी अर्कै लोग्नेमान्छेकी स्वास्नी बन्ने कार्य, आफ्नो पोइ आफैँले खोजेर जाने काम।
57423 पोइल ना. २. आफूखुसी खोजेर गएको पोइको घर।
57424 पोइल ना. ३. पतिगृह।
57425 पोइले वि. बिहे नगरी ल्याइएकी; ल्याइते।
57426 पोका ना. हे. पोको।
57427 पोकापोकी ना. साना-ठुला धेरै पोका, साना-ठुला धेरै पोकाहरूको समूह।
57428 पोके वि. पोको बोक्ने।
57429 पोके वि. २. पोकाको पोकोसम्बन्धी।
57430 पोके वि. ३. शरीरमा पोकोजस्तो देखिने फुकुन्डो भएको, पोको निस्केको, फोके।
57431 पोके कोसेली ना. पोको पारेर ल्याएको कोसेली; साधारण कोसेली।
57432 पोके रोग ना. मकै आदिमा लाग्ने रोग, कालीपोके।
57433 पोके रोग ना. २. गाँड।
57434 पोके रोग ना. ३. ट्युमर।
57435 पोके वैद्य ना. साथमा जडीबुटीबाट बनेका औषधीहरूको पोको वा पुडिया बोकेर आफूलाई डाक्ने रोगीका घरमा गई औषधी दिने वैद्य, केही तल्लो तहको वैद्य।
57436 पोके फाइल ना. लिखतहरूको पोको।
57437 पोको ना. झन्डै साढे छ मानाको नाप ] कुनै वस्तुहरू भित्रपट्टि हाली झुन्ड्याउन हुने पारी कागत वा कपडा बेरेर बनाइएको सानो कुम्लो, सानो गठरी।
57438 पोको पन्तरो ना. सानाठुला पोकाहरूको समूह, सानाठुला धेरै पोका।
57439 पोको पुन्तरो ना. पोकोपन्तरो।
57440 पोक्किनु अ.क्रि. गाला फुलाउनु।
57441 पोक्किनु अ.क्रि. २. घमन्डले फुल्नु।
57442 पोक्ती ना. एक प्रकारको बिर्कोवाल ढक्की; पौंती।
57443 पोख्नु स.क्रि. पानी, अनाज आदि तरल वा चूर्ण वस्तु भुईंमा झर्ने गरी खन्याउनु, छर्नु, पसारो पार्नु, छिरलो पार्नु।
57444 पोख ना. पोख्ने काम, ओइराइ ॥ [ पोचो] वि. २. रद्दी।
57445 पोख ना. ना. ३. नुनिलो माटो भएकोले बोटबिरुवाहरू नउम्रने जमिन, ऊर जमिन।
57446 पोख ढोल ना. पोख्ने र ढोल्ने काम।
57447 पोख ढोल ना. वि. २. पोखिएको ढोलिएको।
57448 पोखनढोलन ना. पोखिएको वस्तु।
57449 पोखर ना. पोखरी (समासको पूर्वपदका रूपमा प्रयुक्त, जस्तै- पोखरमूल, पोखरपाने आदि)।
57450 पोखर ना. २. पोखरीनिकटको बस्ती, पोखरा।