Dictionary

All Word

57501 पोटी ना. लसुन प्याजको गानु वा डल्लो।
57502 पोटी ना. बैलगाडी वा राँगागाडीका चक्काका वरिपरि हुने नल्की, पुठी, पोठी।
57503 पोटी ना. घरमा गाँसेर बाहिरतिर निकालिएको, माथि कौसीजस्तो र तलतिर खुलाएको घरकै भाग।
57504 पोटे ना. खसी, बोका आदिको भुटुवा, भुँडी।
57505 पोटे खिर ना. दुधमा भात हालेर पकाएको खिर।
57506 पोटे देउता ना. ढुङ्गेधारो, टुटीधारो आदिका मन्दिरमा स्थापना गरिने देवताको मूर्ति।
57507 पोटे देउता ना. (यो प्रायः राजा भगीरथको मूर्ति हुन्छ)।
57508 पोटे धारो ना. बाटामा आवतजावत गर्ने बटुवाहरूले पानी खाऊन् भनी बनाइएको टुटीधारो।
57509 पोठिया ना. हे. पुठिया।
57510 पोठी ना. गाडाको पाङ्ग्रावरिपरिको खण्डवृत्ताकार काठका डुल्कामध्ये कुनै एक नलकी, पुठी; पोटी।
57511 पोठी ना. २. कत्ले माछो, पोथी माछो।
57512 पोडे / पोढे ना. नेवार जातिको एउटा निम्नवर्ग, फोहरमैला आदि सफा गर्ने जाति चाण्डालको एक भेद, देउला।
57513 पोडे मल ना. गुहुको मल।
57514 पोत्नु स.क्रि गोबर, माटो आदि मिसाएर घरको चुलो, दैलो, मझेरी आदि लिप्नु।
57515 पोत्नु स.क्रि २. गिलो वा लेसाइलो पदार्थ वस्तुमाथि लगाउनु।
57516 पोत्नु स.क्रि ३. विभूति, चन्दन आदि बे थोपर्नु।
57517 पोत्नु स.क्रि ४. पोतर्नु।
57518 पोत ना. शिशु, बच्चो।
57519 पोत ना. २. डुङ्गा, नाउ।
57520 पोत ना. 3. कपडा बुन्दा धागाको किसिम, बुनोट आदिका हिसाबले कपडाको चिल्लोपन र एकनासेपन।
57521 पोत ना. ४. जमिन पोत्ने क्रिया वा प्रक्रिया; पोताइ।
57522 पोत ना. जग्गाधनीले सरकारलाई तिर्नुपर्ने कर जग्गाको कर तिरो; कु।
57523 पोतपात ना. लिप्ने र पोत्ने काम, लिपपोत, लिपलाप।
57524 पोत बिर्ता ना. बिर्ता उन्मूलन ऐन लागु हुनुभन्दा पहिले विभिन्न प्रकारका बिर्तामध्ये केही पोतरकम सरकारलाई बुझाई खान पाउने गरी दिइएको एक प्रकारको बिर्ता, आंशिक पोत तिर्नुपर्ने बिर्ता जग्गा, पोताबिर्ता।
57525 पोतर्नु स.क्रि गिलो वा लेस्याइलो पदार्थ जथाभाबी दल्नु, लिप्नु, घस्नु नराम्रो देखिने गरी लतपत्याउनु।
57526 पोतराइ- ना. पोतर्ने क्रियाप्रक्रिया।
57527 पोतराइनु क.क्रि. पोतर्न लाइनु।
57528 पोतराउनु प्रे. क्रि. पोतर्न लाउनु।
57529 पोतवार ना. डुङ्गा खियाएर जीविका गर्ने व्यक्ति; माझी।
57530 पोता ना. पोत तिरो।
57531 पोता अड्डा ना. बिर्ताप्रथाको प्रचलन भएका बेलामा बिर्ता जग्गाको मालपोत असुल गर्ने कार्यालय।
57532 पोता अड्डा ना. २. पोताबिर्ताको मालपोत कार्यालय।
57533 पोताइ ना. पोत्ने भाव, क्रिया वा प्रक्रिया।
57534 पोताइनु क.क्रि. पोत्न लाइनु।
57535 पोताउनु प्रे. क्रि. पोत्न लाउनु।
57536 पोता बिर्ता ना. केही मात्रामा भूमिकर तिरेर भोगचलन गरिने जग्गा; थोरै मात्र पोता लागेको बिर्ता जग्गा।
57537 पोतारी / पोतारो ना. चुलो, दैलो, मझेरी आदि पोत्नका निम्ति गोबर, माटो आदि मिलाएर राखिने भाँडो पोतो राख्ने आरी।
57538 पोताला ना. लासामा रहेको दलाइ लामाको इतिहासप्रसिद्ध दरवार।
57539 पोतिनु क.क्रि. पोत्ने काम गरिनु, लिपिनु, लिप्सिनु।
57540 पोते ना. विभिन्न रङका काँचका ससाना दानालाई धागोमा उनेर बनाइएको, सधवा स्त्रीले घाँटीमा लाउने सौभाग्यसूचक माला।
57541 पोते ना. २. डोकोको बिट नआइपुग्दै अर्थात् बिट मार्नुभन्दा पहिल्यै डोकोलाई बलियो पार्ने, राम्रो पनि गराउने उद्देश्यले ठिक डोकाको घाँटी भन्न सुहाउने ठाउँमा बाक्लो किसिमले वरिपरि बुनिने माल्याकार बुट्टा।
57542 पोते ना. ३. पोतेमाला बनाउने काँचका कणहरू।
57543 पोते गेडे ना. सेतो पोतेका दानाजस्तो साना साना दाना हुने एक प्रकारको मल, युरिया।
57544 पोते माला ना. पोतेका कणद्वारा बनाइने माला; पोते।
57545 पोतेला ना. खेतबारीका कान्ला भत्की वा अरू कुनै कारणवश कान्लामुनि निस्केको जमिन खेतबारीको कान्लामुनिको जमिन।
57546 पोलो ना. नौ मिटरजति अग्लो बोट हुने, खैरा बोक्रा हुने, नजानिँदो डिम्बाकार र मालाकारका हरिया पात हुने, बास्नादार पहेँलो झुप्पामा फुल्ने, पाकेपछि कालो फल लाग्ने एक प्रकारको सदाबहार वृक्षविशेष।
57547 पोलो ना. (आयुर्वेदमा यसको फल चर्मरोगलाई नाश गर्ने मानिएको छ।
57548 पोतो ना. चुलो, दैलो, मझेरी आदि पोत्ने लुँडो पोत्ने झुम्रो।
57549 पोतो ना. २. पोतेका ठाउँमा देखिने अर्धवृत्ताकार रेखा; पोतेको डोब।
57550 पोतो ना. ३. दुईमुखे चुलाको बिचको भाग, पौडो।