Dictionary

All Word

57351 पैठारी कर्ता ना. विदेशबाट स्वदेशमा मालसामान झकाउने व्यक्ति; मालसामान आयात गर्ने व्यक्ति।
57352 पैठिनु अ.क्रि. खुट्टाको बलले थिचेर कुनै वस्तु भित्र पस्नु।
57353 पैठ्याइ ना. पैठिने क्रिया वा प्रक्रिया।
57354 पैठ्याइनु क.क्रि. पैठिने पारिनु।
57355 पैठ्याउनु स.क्रि. / प्रे. क्रि. प्रवेश गराउनु, घुसाउनु, पैठिने।
57356 पैठ्याहट ना. पैठ्याइ।
57357 पैठ्याहट ना. तुल्याउनु।
57358 पैतालो ना. जमिनमा टेक्ने खुट्टाको भाग, शरीरको सबभन्दा तल्लो भाग, पादतल।
57359 पैतृक वि. आफ्नो जन्मदाता बाबुको पिताको।
57360 पैतृक वि. २. पितृसम्बन्धी।
57361 पैतृक वि. ३. पितापुर्खाको बाबुबाजेबाट प्राप्त, पुर्ख्यौली।
57362 पैतृक वि. ४. पितृका उद्देश्यले गरिने ( श्राद्ध आदि)।
57363 पैतृक सम्पत्ति ना. आफ्ना पितापुर्खाले आर्जेको र छोरानातिलाई उत्तराधिकार रूपमा प्राप्त सम्पत्ति, पुख्र्यौली सम्पत्ति।
57364 पैतो ना. पवित्र अर्थात् घिउ हालेर पकाएको हुनाले जातभातमा परहेज राख्नेका लागि समेत स्वीकार गर्न मिल्ने मानिएको दाल चोखो दाल।
57365 पैतो ना. २. दाल।
57366 पैत्तिक वि. पित्तको प्रकोपबाट पैदा भएको, पित्तबाट भएको पित्तसम्बन्धी।
57367 पैदल वि. हिँडेर यात्रा गर्ने, कुनै सवारीसाधनको उपयोग नगरी गोडाले नै हिँड्ने।
57368 पैदल वि. क्रि.वि. २. गोडाले, खुट्टाले।
57369 पैदल वि. ना. ३. लडाइँ आदिमा जाँदा कुनै सवारीमा गोडाले नै हिँडेर जाने सैनिक वा सिपाही, पैदल हिँड्ने सिपाही; पदाति।
57370 पैदल वि. ४. बुद्धिचालको खेलमा सबभन्दा सानो गोटी, सिपाही।
57371 पैदा वि. जन्मेको, उत्पन्न भएको; उत्पन्न।
57372 पैदा वि. २. निस्केको; प्रकट भएको प्रकट।
57373 पैदा वि. ३. घटित भएको।
57374 पैदा वि. ४. कमाइएको, आर्जि।
57375 पैदाइस ना. जन्म लिने क्रिया, जन्म।
57376 पैदाइस ना. २. पैदा हुने क्रिया, उत्पत्ति।
57377 पैदाइसी वि. उत्पत्तिकालदेखि नै सँगै आएको, जन्मदेखिको ; जन्मजा।
57378 पैदाइसी वि. २. पैदाइससम्बन्धी।
57379 पैदाइसी वि. ३. पैदाइसदेखिको।
57380 पैदावार ना. खेतबारीबाट हुने उब्जनी, बाली उपज।
57381 पैदावारी ना. पैदावार।
57382 पैन ना. पाइँ, पाइन, तुजुक, तागत, शक्ति, ताइँफाइँ।
57383 पैन ना. खेतबारीमा पानी लगाउनका निम्ति बनाइएको कुलो, नहर प्रणाली, गडकुलो।
57384 पैनी ना. . खेतबारीमा पानी लगाउनका निम्ति बनाइएको कुलो, पैन, गडकुलो।
57385 पैनी ना. रक्सी पार्दा थोपा-थोपा गरी चुहाएर सड्रग्रह गर्ने भाँडो।
57386 पैमाइस ना. जग्गाजमिन आदि नाप्ने काम, जग्गाजमिनको नाप लिने काम, नापी।
57387 पैमाना ना. जग्गाजमिन आदिको नक्सा आदि बनाउँदा ठुलो विस्तारलाई सानो पार्न लिइएको अनुपा।
57388 पैमाना ना. २. जग्गा जमिन आदि नाप्ने औजार वा साधन।
57389 पैमाना ना. ३ मात्रा, परिमाण, नाप।
57390 पैयाँ ना. पाउ।
57391 पैयाँ ना. २. पाङ्ग्रो।
57392 पैयाँ ना. ३. घोडाको दगुर्ने किसिम, फर्दचालभन्दा कम र कदमचालभन्दा धेरै गतिशील चाल।
57393 पैयुँ ना. विभिन्न आकारका विशेष गरेर साना मसिना दाँती परेका पात हुने, सेता वा गुलाफी रङका फूल फुल्ने र राता, सानसाना खान हुने फल फल्ने भूर्जपत्रजस्ता बोक्रा हुने आरुकै समूहको वृक्षविशेष।
57394 पैयुँ ना. (आयुर्वेदमा यसको गुण सर्पको विषनाशक भनिएको छ।)।
57395 पैरवी ना. मुद्दामामिला आदिमा कुनै एक पक्षको समर्थनमा तर्क प्रस्तुत गर्ने काम दुई पक्षका बिचमा झगडा हुँदा कुनै पक्षको समर्थन गरेर बोल्ने काम।
57396 पैरवी ना. पक्षपोषणी, वकाल।
57397 पैरवी ना. २. कुनै काम सफल पार्न गरिने प्रयत्न।
57398 पैरा / पैरी ना. आइमाईले गोडामा लगाउने चाँदीको एक प्रकारको गहना, पैजनी।
57399 पैरो ना. पहिरो; पैहो।
57400 पैले क्रि.वि. पहिले; अघि।