Dictionary

All Word

57201 पेटारी ना. बाँस बेत आदिका चोयाले बनेको एक प्रकारको सानो सन्दुस।
57202 पेटारे वि. शरीर एक रङको र पेट मात्र अर्को रङको हुने (बाखो पाठो आदि ]।
57203 पेटारो ना. बाँस, बेत, निगालो आदिका चोयालेबुनेको ठुलो किसिमको पेटारी।
57204 पेटाहा वि. आफ्ना कुरा नभन्ने स्वभावको, पेटमा कुरा राख्न सक्ने, घुसघुसे।
57205 पेटाहा वि. २. मुखले स्पष्ट केही नभने पनि अर्काको कुभलो चिताउने वा गर्न खोज्ने।
57206 पेटाहा वि. ३. ठुलो पेट भएको, मुँवा सुँडे।
57207 पेटिका ना. एक प्रकारको सानो सन्दुस।
57208 पेटिया ना. कुनै भारदार वा कुलीन व्यक्तिको परिवार जीवन धान्न असमर्थ भएमा जीवननिर्वाहका लागि दिइने सरकारी जग्गाजमिन, खुवाबिर्ता।
57209 पेटी ना. एक प्रकारको सानो सन्दुस सानो पेटारो, पेटारी; पेटिका।
57210 पेटी ना. [ सं . पट+ ई] २. जगमा पानी नबसोस् भन्ने उद्देश्यले र गाराका सुरक्षाका लागि समेत घरका वरिपरि बलियोसँग बनाइएको आड, बलेनीभित्र उठाइएको डिल।
57211 पेटी ना. ३. मानिसहरू पैदल हिँड्न् भन्नाका लागि सडकका छेउमा केही अग्ला पारेर बनाएको डिल फुटपाथ ॥ [ पेट + ई] ४. कमरमा बाँध्ने छाला आदिको फित्ता, कमरपेटी, कमरबन्दी।
57212 पेटी ना. ५. पातलो, चेप्टो, बाक्लो वस्तु फित्ता।
57213 पेटी ना. ६. घर आदिको भित्तामा तल माथि अलगअलग रङ लगाउँदा देखिने पाटा।
57214 पेटी ना. ७. मिलका चक्कालाई इन्जिनसँग जोडी घुमाउने काममा प्रयोग गरिने साधन, मिलको फित्ता ( अड्. बेल्ट)।
57215 पेटीकोट ना. शरीरका भित्रपट्टि लगाइने जामाजस्तो जनाना पोसाक।
57216 पेटीघर ना. गर्भनिरोधका निम्ति स्त्रीको गुप्ताङ्गमा राखिने वस्तु टेपलुप्स, लुप।
57217 पेटीवाल / पेटीवाला वि. पेटी अड्काउने सुविधा भएको (प्यान्ट, फ्रक इ.)।
57218 पेटीवाल / पेटीवाला वि. २. कुनै पनि प्रकारको पेटी भएको।
57219 पेटीवाल / पेटीवाला वि. ३. पेटी लाएको वा बाँधेको।
57220 पेटुवा / पेटु वि. खुब खानुपर्ने, खन्चुवा, घिचासे, घिचवा।
57221 पेटे वि. पेटको, पेटसम्बन्धी।
57222 पेटे वि. २. पेटसम्म मात् आइपुग्ने (लुगा आदि)।
57223 पेटे कुरा ना. गोप्य कुरा।
57224 पेटेन्ट ना. कुनै नयाँ वस्तुको उत्पादन वा बिक्री गर्नका लागि सरकारद्वारा प्राप्त हुने एकाधिकारको स्वीकृति।
57225 पेटेन्ट ना. वि. २. त्यस्तो एकाधिकार प्राप्त वा रजिस्टर्ड (वस्तु)।
57226 पेटे भोटो ना. बाहुला, फेर आदि नभएको, बाँधिने बालकहरूले लगाउने लुगा।
57227 पेट्रोम्याक्स ना. मैन्टोल मैन्टुल।
57228 पेट्रोम्याक्स ना. कुममा तना।
57229 पेट्रोल ना. . उज्यालोका निम्ति र मोटर तथा यन्त्र चलाउन आवश्यक शक्तिका लागि प्रयोग हुने, चट्टानहरूमा वा पानीका सतहमा पाइने, प्रशोधित खनिज तेल, यान्त्रिक उपकरण चलाउन जमिनभित्रबाट निकालिएको प्रशोधित तेल।
57230 पेट्रोल ना. २. सैनिक वा प्रहरीले यताउति घुमीघुमीकन दिने पहरा, गस्ती।
57231 पेट्रोल ना. ३. त्यसरी दिइने सैनिक वा प्रहरी गस्ती।
57232 पेटे पम्प ना. बिक्रीवितरणका लागि पम्पमा डिजेल, पेट्रोल आदि राखिएको स्थल।
57233 पेट्रोलियम ना. अप्रशोधित तेल।
57234 पेट्रोलियम ना. वि. २. खनिज तेलसम्बन्धी।
57235 पेठो ना. कुभिन्डाको भुजुरी आदि।
57236 पेठो ना. २. कुभिन्डो।
57237 पेडा ना. भुटेको खुवामा चिनी मिलाई बनाइने थेप्चो र बाटुलो आकारको प्रसिद्ध मिठाई।
57238 पेदू वि. धेरै हिँडेर थाकेको।
57239 पेनी ना. कम दामको एक बेलाइती मुद्रा, पेन्स।
57240 पेनी पोस्टेज ना. बेलाइतमा पुरानो जमानामा एक पेनी तिरी चिठी पठाउने सुविधा।
57241 पेनी पोस्टेज ना. २ सो समयमा बेलाइतमा भएको एक हुलाकप्रणाली।
57242 पेनु / पेनो ना. मेचमा बसी दुई हातले बजाइने हारमोनियमजस्तो तार- बाजा।
57243 पेन्चिस ना. कुनै वस्तुलाई समात्ने, समातेर तान्ने, कस्ने र सानातिना तार काट्ने सनासोका आकारको एक ज्याबल।
57244 पेन्ट ना. कमरमुनिको अवयव र गोडा ढाक्ने सुरुवालजस्तो लुगा, पाइन्ट।
57245 पेन्टाग्राफ ना. मूल नक्सा वा चित्र आदिका आधारमा ठुलो वा सानो आकारको प्रतिलिपि उतार्ने साधन।
57246 पेन्सन ना. विभिन्न सेवामा रहेका कर्मचारीहरूले निर्धारित समयसम्म अविच्छिन्न सेवा गरी विना खुन खोट अवकाश प्राप्त गरेमा त्यस्ता कर्मचारीलाई सरकारबाट वा सम्बन्धित निकायबाट दिइने भत्ता; निवृत्तिभरण।
57247 पेन्सनवाल ना. पेन्सन वा निवृत्तिभरण पाउने गरी अवकाशप्राप्त कर्मचारी निवृत्तिभरण पाउने व्यक्ति, पिन्सिने।
57248 पेन्सिल ना. सिलेटमा लेख्ने ढुङ्गाको कलम; सिसाकलम, पिल्सिङ।
57249 पेन्सिल हिल ना. आइमाईले प्रयोग गर्ने चप्पल, अग्लो र तिखो खुरा हुने चप्पल।
57250 पेन्सिलिन ना. शरीरभित्र रोग पैदा गर्ने जीवाणुलाई नाश गर्ने एक प्रकारको औषधी।