Dictionary

All Word

57051 पूर्वीय ना. ३. भारतीय, भारतेली।
57052 पूर्वीय दर्शन ना. भारतीय दर्शन।
57053 पूर्वीय संसार ना. एसियाली वा भारतीय संसार।
57054 पूर्वीय संस्कार ना. एसियाली या भारतीय संस्कार।
57055 पूर्वीय संस्कृति ना. एसियाली वा भारतीय संस्कृति।
57056 पूर्वीय सभ्यता ना. एसियाली वा भारतीय सभ्यता।
57057 पूर्वेतर वि. पूर्वभन्दा भिन्न किसिमको पूर्वभन्दा बाहेकको २. पश्चिमी।
57058 पूर्वोक्त वि. पहिले भनिसकेको, पहिले उल्लेख भइसकेको ;पुर्बकथि।
57059 पूर्वोत्तर वि. पूर्व र उत्तरको पूर्व र उत्तरका बिचको।
57060 पूर्वोत्तर वि. ना. २. पूर्व र उत्तरका बिचको दिशा ; ईशानकोण।
57061 पूर्वोत्तरा ना. ईशानकोण।
57062 पूर्वोदाहरण- ना. कुनै मुद्दामामिलाका सम्बन्धमा दिइएको वा अँगालिएको र पछिसम्म उदाहरण वा दृष्टान्तका रूपमा प्रस्तुत गरिने सर्वोच्च अदालतको निर्णय वा कार्यविधि, नजिर।
57063 पूर्वोदाहरण- ना. २. पछिका कुनै घटना, समस्या आदिमा उदाहरणका रूपमा प्रस्तुत गरिने पहिलेको कुनै घटना वा समस्या आदि।
57064 पूर्वोदित वि. पूर्वतर्फ उदाएको।
57065 पूर्वोदित वि. २. पहिले उदाएको।
57066 पूर्वोपाय ना. सम्भावित हानिनोक्सानीको रोकथामका लागि पहिलेदेखि नै गरिने उपाय, कुनै कामकुरामा हानिनोक्सानीको पूर्वाभास हुनेबित्तिकै रोकथामका लागि गरिने उपाय।
57067 पूस ना. हे. पुस।
57068 पृच्छक वि. जिज्ञासा वा उत्सुकता मेट्नका लागि कुनै प्रश्न सोध्ने प्रश्नकर्ता, प्राश्निक।
57069 पृच्छा ना. प्रश्न सोध्ने इच्छा; जिज्ञासा।
57070 पृच्छा ना. २. प्रश्न, सबाल।
57071 पृतना ना. सेना, फौज।
57072 पृथक् क्रि.वि. भिन्न हुने किसिमले अलग्ग छुट्टै।
57073 पृथक् क्रि.वि. वि. २. मिन्न, अलग छुट्टो।
57074 पृथक्करण ना. मिलेका व्यक्ति, वस्तु आदिलाई छुट्ट्याउने काम; अलगअलग २. विश्लेषण।
57075 पृथक्करण ना. बनाउने काम बिछोड्याइ विखण्डन।
57076 पृथक्ता ना. पृथक् वा अलग्ग रहने स्थिति, गुण वा प्रक्रिया, भिन्नता; बेग्ल्याइँ।
57077 पृथक्तावाद ना. कुनै उपजाति र मूलजातिका बिच पाइने समानतालाई उपेक्षा गरी भिन्न गुणलाई महत्त्व दिएर उक्त उपजाति नै मूलजाति भएको कुरामा जोड दिने सिद्धान्।
57078 पृथक्तावाद ना. २. मूलधर्मदेखि भिन्न केही गुणका आधारमा उपधर्मलाई भिन्नै मान्यता दिनुपर्छ भन्ने म।
57079 पृथक्तावाद ना. ३. कुनै पनि क्षेत्रमा पृथक् हुन चाहने म।
57080 पृथक्तावादी वि. मिलेर बसेकालाई फुटाउन चाहने, अलग्याउन चाहने।
57081 पृथक्तावादी वि. २. समूहबाट फुट्न चाहने; अलग्गिन चाहने, सगोलदेखि फुटेर भिन्नै रहन चाहने; भिन्नतावादी।
57082 पृथा ना. पाण्डुकी पत्नी, पाँच पाण्डवकी आमा कुन्ती।
57083 पृथा ना. वि. २. ठुलो जिउ भएकी।
57084 पृथु वि. प्रशस्त फैलिएको फराकिलो, विस्तृ।
57085 पृथु वि. ना. २. इक्ष्वाकुवंशका एक राजा।
57086 पृथु वि. ३. पृथ्वीको मालिक, राजा।
57087 पृथुकीर्ति वि. ठुलो कीर्ति भएको।
57088 पृथुपर्ण ना. ठुला पात हुने एक वनस्पति।
57089 पृथुमुण्ड वि. ठुलो टाउको भएको, घनटाउके।
57090 पृथुमुण्ड वि. ना. २. ठुलो टाउको।
57091 पृथुल वि. पृथु ठुलो।
57092 पृथुल वि. २. स्थूल, मोटो।
57093 पृथुलतर वि. ठुलोभन्दा पनि ठुलो, झन् ठुलो।
57094 पृथुलतम वि. ज्यादै ठुलो, पृथुतम, झन् ठुलोभन्दा पनि ठुलो अझ झन् ठुलो।
57095 पृथुलाधीश ना. ठुला राज्यका राजा ठुला राजा।
57096 पृथुलाधीश ना. २. युवराजा अठार वर्ष नपुगेसम्म रानीले प्राप्त गर्ने पदवी।
57097 पृथुली ना. जिम्बु, झान्ने काममा आउने वनस्पतिविशेष।
57098 पृथ्वी ना. ढुङ्गा, माटो आदिले बनेको, मनुष्यादि जीवजन्तुको बस्ती भएको, सौरमण्डलको एक ग्रह, भूमि, धर्ती; पृथिवी।
57099 पृथ्वी ना. २. पृथ्वी, जल, तेज, वायु र आकाश - यी पञ्च महाभूतमध्ये एक।
57100 पृथ्वी ना. ३. मृत्तिका, माटो।