Dictionary

All Word

56951 पूर्वप्रबोध ना. ४. अभिमुखीकरण (ओरियन्टेसन )।
56952 पूर्वप्राथमिक वि. प्राथमिकभन्दा पहिलेको ( शिशु विद्यालय)।
56953 पूर्वप्राथमिक विद्यालय ना. बालक-बालिकाहरूलाई अक्षरारम्भ गराउने पाठशाला; कखरा सिकाइने पाठशाला, शिशु-विद्यालय।
56954 पूर्वफाल्गुनी ना. सत्ताइस नक्षत्रमध्ये एक, एघारौं नक्षत्र।
56955 पूर्वमध्यमा ना. संस्कृतको प्रथमापछिको परीक्षा, प्रवेशिका बराबरको संस्कृतको परीक्षा, संस्कृत मध्यमाको आधा भाग।
56956 पूर्वमीमांसा ना. कर्मकाण्डहरूको तात्त्विक विवेचना गरिएको, जैमिनि मुनिद्वारा प्रतिपादित मीमांसा दर्शनको एक भाग, मीमांसा - दर्शनको कर्मकाण्डसँग सम्बद्ध भाग; भारतीय आस्तिक षड्दर्शनमध्ये एक।
56957 पूर्वरङ्ग ना. नाटकका प्रारम्भमा विघ्नशान्तिका निम्ति नटद्वारा गरिने प्रार्थना, नाटकका सुरुमा गरिने देवादिस्तुति।
56958 पूर्वरङ्ग ना. २. तारसुर।
56959 पूर्वरङ्ग ना. ३. पूर्वपीठिका।
56960 पूर्वराग ना. नायक-नायिकाको भेट हुनुभन्दा पहिले एकअर्काको गुणश्रवण वा परस्पर दर्शन आदिबाट हुने प्रेम पूर्वानुराग।
56961 पूर्वरात्र ना. हिजोको रात, गतरात्रि।
56962 पूर्वरात्र ना. २. रातको पूर्वार्ध।
56963 पूर्वरूप ना. कुनै व्यक्ति, वस्तु वा कुराको पहिलेको रूप अगाडिको रूप।
56964 पूर्वरूप ना. २. कुनै कुरा वा घटना हुनुभन्दा पहिलेको अवस्था।
56965 पूर्वरूप ना. ३. रोगको पूर्वावस्था; रोगको प्रारम्भिक लक्षण।
56966 पूर्वरूप ना. ४. निकट भविष्यमा हुने कुनै कुरालाई सूचित गर्ने लक्षण।
56967 पूर्वरूप ना. ५. कसैको खतम भइसकेको रूप, गुण, वैभव आदि फेरि प्राप्त भएको वर्णन गर्दा हुने एक अर्थालङ्कार।
56968 पूर्वरूप ना. ६. व्याकरणमा वर्णसन्धिको एक प्रकार।
56969 पूर्ववत् क्रि.वि. पहिले भएको जस्तै; पहिले जस्तै।
56970 पूर्ववत् क्रि.वि. वि. २. पहिलेको जस्तो।
56971 पूर्ववत् करण ना. पहिलेकै स्थितिमा ल्याउने वा पुयाउने काम।
56972 पूर्ववत् करण ना. २. बन्द भएको कुरालाई फेरि चालु गर्ने काम।
56973 पूर्ववत् करण ना. ३. प्रभावहीन बनेका कुरालाई पुनः प्रभावयुक्त बनाउने काम।
56974 पूर्ववर्तिता ना. पहिले नै हुनाको वा भइसक्नाको भाव पूर्ववर्ती हुनाको भाव।
56975 पूर्ववर्तिता ना. २. कालक्रम, स्थान, गुण आदिका दृष्टिले पूर्ववर्ती हुने वा भएको स्थिति, पूर्वस्थानीयता, पूर्वता।
56976 पूर्ववर्ती वि. कालक्रम, स्थान, गुण आदिका दृष्टिले पहिले भएको, पहिलेको।
56977 पूर्ववर्ती वि. २. सामुन्नेको।
56978 पूर्ववर्ती वि. ३. पूर्व दिशातर्फको।
56979 पूर्ववाद ना. अदालतमा वादीले गरेको प्रार्थना, वादीको नालिस।
56980 पूर्ववादी ना. वादी।
56981 पूर्वविद् वि. पुरातत्त्वविद्।
56982 पूर्वविद् वि. २. पूर्वविद्याको विशेषज्ञ।
56983 पूर्वविद्या- ना. पूर्व (भारत, चीन, जापान इ. ) - का सभ्यता आदि अध्ययन गर्ने विद्या।
56984 पूर्वविद्या- ना. २. भारतीय विद्या।
56985 पूर्वविहित वि. पहिले नै गरिएको।
56986 पूर्ववृत्त / पूर्ववृत्तान्त ना. पहिले घटेको घटना; पहिले भएको कुरा।
56987 पूर्ववृत्त / पूर्ववृत्तान्त ना. २. इतिहास, पूर्ववृत्तान्।
56988 पूर्ववृत्त / पूर्ववृत्तान्त ना. ३. भूमिका।
56989 पूर्वसञ्चित वि. अगावै साँचिएको; अघिबाटै सञ्चि।
56990 पूर्वसम्मोदन ना. जारी गर्नुपर्ने आदेश, नियम आदिका सम्बन्धमा उच्चाधिकारीहरूबाट पहिले नै प्राप्त गरेको वा गरिने स्वीकृति वा पुष्टि, पूर्वस्वीकृति।
56991 पूर्वसर्ग- ना. व्याकरणका अनुसार स्वतन्त्र रूपमा प्रयुक्त भई शब्द वा धातुरूपका अगाडि जोडिएर मात्र प्रयुक्त हुने उपसर्ग जस्तै रूप (बेकामे, कुरीति आदिका बे, कु इ.)।
56992 पूर्वसेवाकालीन वि. कुनै सेवा वा नोकरीमा नियुक्ति पाउनुभन्दा पहिले तालिम आदिमा सरिक भएको समयको।
56993 पूर्वसेवाकालीन वि. २. हालको सेवाभन्दा पहिलेको सेवाको समयको साबिकको सेवाको समयको।
56994 पूर्वस्थान ना. कुनै व्यक्ति, वस्तु आदिको पहिलेको स्थान, दर्जा, स्थिति आदि।
56995 पूर्वस्थानीय वि. पहिलेको स्थानसम्बन्धी।
56996 पूर्वस्थानीय वि. ना. २. पूर्ववर्ती हुनाको भाव वा स्थिति पूर्ववर्तिता।
56997 पूर्वस्थिति ना. कुनै व्यक्ति, वस्तु आदिको पहिलेको स्थिति; पूर्वावस्था।
56998 पूर्वस्थिति स्थापना ना. असामान्य परिस्थितिको अन्त भएर पुनःपहिलेको जस्तै शान्तिपूर्ण परिस्थितिको स्थापना।
56999 पूर्वस्थिति स्थापना ना. २. रोग आदिका कारणबाट कमजोरी आदि सकिएर पहिलेको जस्तै स्वास्थ्यको प्राप्ति, पुनः स्वास्थ्यलाभ।
57000 पूर्वस्वीकृति ना. कुनै कामकुराबारे पहिले नै दिइने स्वीकृति, पहिले नै गरिएको स्वीकार।