Dictionary

All Word

56851 पूर्णाङ्क ना. ३. पूरा सङ्ख्या, पूर्ण अङ्क।
56852 पूर्णाधिकार ना. पूर्ण अधिकार।
56853 पूर्णाधिकार ना. २. एकाङ्गी अधिकार, एउटै स्वामित्व।
56854 पूर्णाधिकार प्राप्त वि. पूर्णाधिकारवाला, पूर्णाधिकार पाएको।
56855 पूर्णाधिकार प्राप्त वि. २. कुनै व्यक्ति वा सरकारले अर्को व्यक्ति वा सरकारसँग कुनै किसिमको वार्तालाप, सन्धि आदि गर्नुपर्दा आफ्नो विवेकबुद्धिले देखेअनुसार निर्णय गर्ने अधिकार प्रदान गरी पठाइएको सर्वाधिकारप्राप्त (दूत आदि)।
56856 पूर्णाधिवेशन ना. कुनै सङ्घ, संस्था, सभा आदिका सबै सदस्यले भाग लिएको अधिवेशन, कुनै सङ्घ, संस्था, सभा आदिका सबै सदस्य सम्मिलित हुन सक्ने सभा।
56857 पूर्णानन्द ना. अलौकिक किसिमको आनन्द, माथिल्लो तहको आनन्द, सधैँ स्थायी रहने आनन्द शाश्वत आनन्द, कैवल्यानन्द।
56858 पूर्णानन्द ना. २. भगवान्; परमेश्वर।
56859 पूर्णायु ना. सामान्यतया प्राणीले पाउन सक्ने पूरा किसिमको आयु (मनुष्यको सय वर्षको आयु); पूरा उमेर, परमायु।
56860 पूर्णायु ना. वि. २. पूरै आयु बाँच्ने, सय वर्ष बाँच्ने (मान्छे); सय वर्षको आयु भएको (मान्छे)।
56861 पूर्णायु ना. ३. पूरा उमेर पुगेको (कुनै पनि प्राणी)।
56862 पूर्णावतार ना. ईश्वरको सम्पूर्ण कलाले युक्त भएको मनुष्य वा "अरू प्राणीहरूको रूप; कृष्णावतार।
56863 पूर्णाहुति ना. . यज्ञको समाप्तिका अवसरमा पूर्णताका निम्ति घृतधारा, नरिवल आदिद्वारा गरिने हवन वा आहुति।
56864 पूर्णाहुति ना. २. कुनै कामलाई पूरा गर्ने अंश, अपुग वा कमी पूरा गर्ने अंश।
56865 पूर्णाहुति ना. 3. समाप्ति।
56866 पूर्णिमा ना. चान्द्र मासअनुसार शुक्लपक्षको अन्तिम दिन, षोडश कलाले युक्त चन्द्रमा भएको दिन पूर्णचन्द्र भएको दिन, पुर्ने।
56867 पूर्णेन्दु ना. पूर्णचन्द्र।
56868 पूर्णोपमा ना. उपमान, उपमेय, साधारण धर्म र वाचक शब्दले युक्त भएको एक अर्थालङ्कार, उपमाअलङ्कारको एक भेद।
56869 पूर्ति ना. कुनै कमी, त्रुटि वा क्षतिलाई पूरा गर्ने काम।
56870 पूर्ति ना. २. सुरु गरिएको कामको समाप्ति, थालिएको कामलाई पूरा गर्ने कार्य।
56871 पूर्त्यधिकारी ना. जनताको घरव्यवहारका लागि आवश्यक पर्ने फलाम, कपडा, धागो, सिमेन्ट आदिको समुचित ढङ्गले वितरणको व्यवस्था गर्ने अधिकारी, जनताका उपभोग्य सामग्रीको बिक्रीवितरणको समुचित व्यवस्था गर्ने हाकिम।
56872 पूर्व ना. प्रातःकालमा सूर्योदय हुने क्षितिजको भाग, सूर्य "उदाउने दिशा, पश्चिमको विपरीत दिशा।
56873 पूर्व ना. २. नेपाल, भारत, चीन, जापान आदि पूर्वीय देश, एसियाका पूर्वी भेकका देश।
56874 पूर्व ना. (उदा.- पूर्वको अतीत जति समृद्ध थियो वर्तमान त्यति छैन)।
56875 पूर्व ना. ३. कुनै कुराको अघिल्लो भाग।
56876 पूर्व ना. ४ अघिल्लो समय।
56877 पूर्व ना. ५. पूर्वज, पुर्खा।
56878 पूर्व ना. क्रि.वि. ६. पहिले अघि।
56879 पूर्व ना. वि. ७. पहिलेको (जस्तो- पूर्वकाल, पूर्वसमय इ.)।
56880 पूर्व अतिनूतन नरवानर ना. अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएको मिसको नरवानर।
56881 पूर्व अनुभव ना. पहिले भोगे - गरेको काम कुराको अनुभव, पहिलेको अनुभव।
56882 पूर्व अनुभवी वि. पहिलेको अनुभव भएको।
56883 पूर्व एक नम्बर ना. भक्तपुरदेखि पूर्वतिरका बनेपा, धुलिखेल, सिन्धुपाल्चोक आदि बस्तीहरूसहितको एक इलाका, पहिले (राणाकालमा) सुविधाका दृष्टिले बनाइएका एकाइमध्ये भक्तपुरदेखि पूर्वका र पूर्व दुई नम्बरमा पर्ने बस्तीहरूभन्दा पश्चिमका बस्तीहरू मिलाएर बनाइएको प्रशासनिक एकाइ।
56884 पूर्वक क्रि.वि. भाववाचक नामशब्दका पछाडि प्रयोग हुने, साथ व सहित अर्थ बुझाउने शब्द (जस्तै- कृपापूर्वक, भक्तिपूर्वक, आनन्दपूर्वक आदि)।
56885 पूर्वक क्रि.वि. २. साथ सहि।
56886 पूर्वकथित वि. पहिले भनिएको वा उल्लेख गरिएको, पूर्वोक्।
56887 पूर्वकम्प ना. ठुलो भूकम्प आउनुभन्दा अगाडि भूकम्पको पूर्वसङ्केतका रूपमा हुने कम्पन।
56888 पूर्वकम्प ना. २. कामजरो आदिमा जरो आउनुभन्दा पहिले शरीरमा हुने नजानिँदो कम्पन।
56889 पूर्वकर्म ना. अघिल्लो जन्मको कर्म, पूर्वजन्मको कर्म।
56890 पूर्वकर्म ना. २. पहिले गरेको कर्म, पहिलेको काम पहिलो काम प्रथम कार्य।
56891 पूर्वकर्म ना. ३. कुनै काम गरिनुभन्दा पहिलेको तयारी।
56892 पूर्वकाय ना. नाइटोदेखि माथितिरको शरीरको भाग; शरीरको माथिल्लो अर्द्ध भाग।
56893 पूर्वकाल ना. पहिलेको समय बितिसकेको समय।
56894 पूर्वकाल ना. २. पुरानो समय प्राचीन काल।
56895 पूर्वकालिक वि. पहिले भइसकेको, पहिलेको समयको।
56896 पूर्वकालिक वि. २. प्राचीन कालको पुरानो, प्राचीन।
56897 पूर्वकालिक वि. ३. व्याकरणका अनुसार एर, ई, ईकन आदि प्रत्ययद्वारा व्यक्त (क्रिया, जस्तै गरेर, गरी, गरीकन आदि)।
56898 पूर्वकालीन वि. पूर्वकालिक।
56899 पूर्वकृत वि. पहिले गरिएको, अगावै गरिएको।
56900 पूर्वगामी वि. अगाडि जाने, पहिले जाने, अगि हिँड्ने।