Dictionary

All Word

56701 पुस ना. मङ्सिरपछि आउने महिना, वैशाखमा थालिने वर्षको नवौं महिना, पौष, पुस।
56702 पुस ना. पुस फासफुस ( उखान )।
56703 पुसाईं/पुसाजु/पुसाज्यू ना. फुपाज्यू, फुपाजु, पुसैँ।
56704 पुसे वि. पुस महिनाको, पुसमा हुने वा जन्मने।
56705 पुसेझरी ना. पुस महिनामा पर्ने झरी।
56706 पुस्टाइ ना. पुस्टाउने भाव, क्रिया वा प्रक्रिया।
56707 पुस्टाइनु अ.क्रि. पुष्ट होइन।
56708 पुस्टाइनु अ.क्रि. २. सप्रिनु।
56709 पुस्टाउनु अ.क्रि. हृष्टपुष्ट हुनु, मोटोघाटो हुनु, पुस्टि।
56710 पुस्टिनु अ.क्रि. मोटो वा पुष्ट हुनु, सप्रनु।
56711 पुस्ट्याइँ ना. पुस्टिने काम वा ढाँचा।
56712 पुस्ट्याइँ ना. २. तर्क, प्रमाण आदिद्वारा कुनै कुराको पुष्टि गर्ने काम पुष्टि गराइ।
56713 पुस्ट्याइ ना. पुस्टिने भाव, क्रिया वा प्रक्रिया।
56714 पुस्ट्याइनु क. क्रि. पुष्ट पारिनु।
56715 पुस्ट्याउनु स.क्रि. / प्रे. क्रि. पुष्ट पार्नु, मोटोघाटो तुल्याउनु।
56716 पुस्ट्याहट ना. पुस्ट्याइँ।
56717 पुस्त ना. हस्तलिखित ग्रन्थ, पाण्डुलेख।
56718 पुस्त ना. २. शिल्प कालिगढ।
56719 पुस्तक ना. पढ्नेपढाउने, पाठ गर्नेगराउने आदि उद्देश्यले तर्क, विचार, भावना, कल्पना, ज्ञानविज्ञान आदिका कुरा लेखिएको वा छापिएको ग्रन्थ, ज्ञानविज्ञानसम्बन्धी कुरालाई सुरक्षित राख्न लिपिबद्ध गरिएको लिखित वा मुद्रित ठेली।
56720 पुस्तक ना. २. लिखित, मुद्रित, छायाङ्कित, भूर्ज, ताड, धातु वा कागत आदिका पत्रलाई सुरक्षा र क्रमबद्धताका निम्ति काठ, छाला, धातु आदिका पत्रको आवरण दिई पठनपाठनका लागि सिइएको वा क्रम मिलाएर राखिएको ग्रन्।
56721 पुस्तक खर्च ना. कुनै संस्थाका मातहतमा रही अध्ययन गर्ने र अनुसन्धान गर्ने कुनै व्यक्तिलाई उक्त संस्थाले पुस्तक किन्नका निम्ति दिने आर्थिक सहयोग।
56722 पुस्तक खर्च ना. २. पुस्तक किन्न लाग्ने खर्च।
56723 पुस्तकखाना ना. पुस्तकालय।
56724 पुस्तकखाना ना. २. कितापघर।
56725 पुस्तकाकार वि. पुस्तकका आकारको।
56726 पुस्तकागार ना. पुस्तकालय, ग्रन्थागार।
56727 पुस्तकाध्यक्ष ना. पुस्तकालयमा पुस्तकहरूको सङ्ग्रह, सुरक्षा र नियमानुसार तिनीहरूको आदानप्रदान आदिको व्यवस्था गर्ने व्यक्ति; पुस्तकालयका पुस्तकसम्बन्धी व्यवस्था गर्ने अधिकारी।
56728 पुस्तकालय ना. सार्वजनिक रूपले इच्छुक पाठकहरूले विभिन्न सर्तमा पढ्न पाउने हिसाबले विभिन्न विषयका पुस्तकहरूको सङ्ग्रह गरेर राखिएको घर वा ठाउँ।
56729 पुस्तकालय ना. २. पुस्तकघर।
56730 पुस्तकालयाध्यक्ष- ना. पुस्तकालयमा नियुक्त कर्मचारीहरूको रेखदेख गर्ने, आवश्यकताअनुसार तिनीहरूलाई निर्देशन दिने र पुस्तकालयको सुरक्षा तथा समृद्धिका लागि प्रयत्नशील रहने अधिकारी, पुस्तकालयको मुख्य हाकिम।
56731 पुस्तकालयाध्यक्ष- ना. (अङ्.) लाइब्रेरियन।
56732 पुस्ता ना. बाबु बाजे बराजु आदि र छोरो, नाति, पनाति आदिको पूर्वापर क्रम, वंश-परम्परा पिंढी (जस्तो- सातौं पुस्ता, आठौँ पुस्ता आदि)।
56733 पुस्तानपुस्ता ना. वंशानुक्रममा धेरै पुस्ता धेरै पिँढी; पुस्तौं- पुस्तौं।
56734 पुस्तानपुस्ता ना. २. धेरै पुस्तादेखि चलेर आएको कुरा।
56735 पुस्तावली / पुस्तावारी ना. पुस्ताहरूको वृत्तान्त, वंशावली पुख्र्यौली।
56736 पुस्तिका ना. सानोतिनो किताब, लघु पुस्तक।
56737 पुस्तिन / पुस्ती ना. पुस्तक रक्षाका निम्ति जिल्दको पीठमा लगाइने छाला।
56738 पुस्तिन / पुस्ती ना. २. कागतपत्रमा बाहिरपट्टि बेर्ने वा लगाइने जिल्द।
56739 पुस्तिन / पुस्ती ना. ३. जिल्द बाँध्दा जिल्द र पुस्तकका बिचमा टाँसिने काग।
56740 पुस्तिन / पुस्ती ना. ४. पुस्तकहरू वा मिसिलहरूको पोकाभित्र अगाडिपट्टि राखिएको त्यसभित्रका किताब वा मिसिलहरूको सूची।
56741 पुस्तैनी ना. धेरै पुस्तादेखि चलिआएको, धेरै पिँढीसम्म रहिरहने, पुस्तान - पुस्ताको पिँढीदरपिँढीको।
56742 पुस्तैनी ना. क्रि.वि. २. पुस्तैपिच्छे।
56743 पुस्तौं वि. धेरै पुस्ता बितेको।
56744 पुस्तौं वि. ना. २. बितेका वा बित्न बाँकी अनेकौँ पुस्ताहरू।
56745 पुस्त्यौली वि. पुख्र्यौली पुस्तावली।
56746 पुहुन ना. हुन्की पाउने मानिस, पहुनी जातको व्यक्ति।
56747 पुहुनी ना. नयाँ मुलुकी ऐन लागु हुनुभन्दा पहिले मानिएको (दमाई, कामी, सार्की आदि) जाति; पौनी।
56748 पुहुनी दस्तुर ना. सामाजिक नियमअनुसार पहुनीले पाउने दस्तुर।
56749 पुहुनी भाग ना. पुहुनीले चाडपर्व आदिमा पाउने भाग।
56750 पुहुनी भाग ना. २. पहुनीले नयाँ बाली पाकेपछि पाउने खलेपाथी, मुरीबाली आदि भाग।