Dictionary

All Word

56801 पूरक वि. पूरक खर्च- ना. १. थप खर्च थप व्यय।
56802 पूरक वि. २. खर्च गर्न थप निकासी भएको रकम।
56803 पूरक परीक्षा ना. कुनै परीक्षार्थी परीक्षामा निर्धारित विषय वा पत्रहरूमध्ये कुनै विषय वा पत्रमा अनुत्तीर्ण भएमा त्यसैमा मात्र दोहो-याएर दिइने परीक्षा, मूल परीक्षाको अङ्गका रूपमा रहेको अर्को परीक्षा।
56804 पूरक परीक्षा ना. २. परीक्षामा भएको कमी वा त्रुटिलाई वा बाँकी रहेको परीक्षालाई पूरा गर्ने परीक्षा।
56805 पूरक प्रश्न ना. कुनै परीक्षाका प्रश्नमा भएको कमी वा त्रुटिलाई पूरा गर्न बनाइएको वा कारणवश दोहोऱ्याएर गरिएको परीक्षाको प्रश्नपत्र।
56806 पूरक प्रश्न ना. २. कुनै सभा, बैठक आदिमा प्रस्तुत कुनै समस्या, प्रस्ताव आदिका सम्बन्धमा चर्चापरिचर्चा भइसकेपछि पनि बाँकी रहेको शङ्काको समाधानका निम्ति गरिने थप प्रश्न, सभा, बैठक आदिको काम, प्रस्ताव आदि पूरा गर्न गरिने प्रश्न।
56807 पूरक बजेट ना. मुख्य बजेटलाई पूरा गर्नका लागि तयार पारिएको थप बजेट।
56808 पूरण ना. पूरा गर्ने क्रिया वा काम।
56809 पूरण ना. २. पुर्ने कार्य, पुराइ।
56810 पूरणीय वि. पूरा गर्न सक्ने किसिमको पूरा गर्नुपर्ने (कमी, त्रुटि वा क्षति)।
56811 पूरणीय वि. २. पुर्नुपर्ने, पुर्न सकिने, पुर्न हुने।
56812 पूरयिता वि. कुनै व्यक्ति, वस्तु वा कुरामा भएको कमी, त्रुटि वा क्षतिलाई पूरा गर्ने, पूरक (व्यक्ति)।
56813 पूरा वि. चाहिने जति सबै कुराले पूर्ण भएको, कुनै कुराको कमी नभएको, पूर्ण।
56814 पूरा वि. २. आफ्ना सबै अङ्गले युक्त भएको, कुनै अङ्ग वा अंशको कमी नभएको।
56815 पूरा वि. ३. खुनखोट केही नलागेको, कमी वा त्रुटि नभएको सग्लो सिङ्गो।
56816 पूरा वि. ४. भएजति सबै सारा, सम्पूर्ण।
56817 पूरा वि. ५. खोजे वा चाहेअनुसारको पुग्दो, यथेष्ट।
56818 पूरा वि. ६. कुनै कामकुरा फत्ते भएको सफल सिद्ध।
56819 पूरापूर वि. हे. पुरापुर।
56820 पूरिका ना. कचौडी।
56821 पूरिका ना. २. पुरी रोटी।
56822 पूरी ना. हे. पुरी।
56823 पूर्ण वि. पूरा, सिङ्गो।
56824 पूर्ण वि. ना. २. ब्रह्मा।
56825 पूर्णकलश ना. पातमा किराहरू बस्नासाथ धोक्रोजस्तो भएर बन्द गरी किराहरू खाने बिरुवा, एक प्रकारको कीटाहारी बिरुवा, कीटाहारी।
56826 पूर्णकलश ना. २. पूर्णकुम्भ।
56827 पूर्णकाम वि. आफूले इच्छा गरेका कुरा प्राप्त गरिसकेको, मनका कामना पूर्ण भएको, परितुष्ट, पूर्णमनोर।
56828 पूर्णकुम्भ ना. पानी भरेको घडा भरी गाग्रो।
56829 पूर्णकुम्भ ना. २. पूजामा पानी "भरेर राखिने कलश, पूर्णकलश।
56830 पूर्णचन्द्र ना. सोह्रै कलाले पूर्ण भएको चन्द्रमा, सबै अंश पूर्ण चन्द्रमा, पूर्णिमाको जून।
56831 पूर्णत: क्रि.वि. पूरापूरी; पूरै।
56832 पूर्णतया क्रि.वि. पूर्ण रूपले पूरा तवरले।
56833 पूर्ण न्यायाधिकरण ना. प्रधान न्यायाधीशसहित तीन वा तीनभन्दा ढी न्यायाधीशको इजलास, प्रधान न्यायाधीश र अरू तीन वा तीनभन्दा बढी न्यायाधीशको सभा, फुलबेन्च।
56834 पूर्ण न्यायाधिवेशन ना. सर्वोच्च अदालतका सबै न्यायाधीशहरू सम्मिलित हुने इजलास सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको पूरा सभा।
56835 पूर्णपात्र ना. कुनै शुभ कार्यको पूर्णताका लागि चामल, सिङ्गो सुपारी, पैसा आदिले भरिएको प्याङ, टपरी आदि।
56836 पूर्णपात्र ना. २. यज्ञमा जलसेचन गर्न राखिएको, जलले भरिएको पात्र।
56837 पूर्णपात्रो ना. पूर्णपात्र।
56838 पूर्णप्रज्ञ वि. लौकिक तथा पारलौकिक कुराको ज्ञान भएको; ज्ञानवान्, परमज्ञानी।
56839 पूर्णमासी ना. पूर्णिमा।
56840 पूर्णयौवन ना. मस्त बैंस, पूर्ण तन्नेरीपना, पूर्ण तरुणता।
56841 पूर्णविराम ना. वाक्य पूरा भएपछि पूरा भएको जनाउन दिइने ठाडो धर्को, वाक्य पूरा भएको जनाउने चिह्न, खडीपाई, ठाडीखुट्टी पाई (1)।
56842 पूर्णविराम ना. २. पूर्ण रूपले विश्राम लिने काम।
56843 पूर्णश्री वि. धनधान्यले पूर्ण भएको, श्री - सम्पत्तिले भरिपूर्ण भएको, सुसम्पन्न, ऐश्वर्यशाली।
56844 पूर्णश्री वि. ना. २. पूर्ण सम्पत्ति दिने भगवती; पूर्णा अन्नपूर्णा।
56845 पूर्णसङ्ख्या ना. पूर्णाङ्क।
56846 पूर्णसङ्ख्या ना. २. एकको सङ्ख्यादेखि बाहेक अन्य सङ्ख्याले भाग दिँदा शेष नरहने अथवा दशमलवको हिसाबमा दशमलव चिह्न (.) को दाहिने कुनै अङ्क नरहने सङ्ख्या।
56847 पूर्णा ना. पञ्चमी, दशमी, पूर्णिमा र अमावास्या - यी चार तिथिलाई बुझाउने शब्द, पञ्चमी, दशमी, पूर्णिमा र अमावास्याको सा नाम।
56848 पूर्णा ना. २. पूर्णश्री (देवी)।
56849 पूर्णाङ्क ना. भिन्न वा दशमलवमा हरअङ्कले विभाजित हुने राशि।
56850 पूर्णाङ्क ना. २. कुनै प्रश्न वा प्रश्नपत्रको निर्धारित सम्पूर्ण अङ्क, निर्धारित पूर्ण अङ्कको समूह।