Dictionary

All Word

56751 पुहुन्की ना. . घरमा आई काम गरेर जाँदा पहुनीले पाउने दस्तुर वा भाग पहुनी।
56752 पुहुन्की ना. २. पुहुनी भाग पाउने अधिकार वा वृत्ति।
56753 पुहुन्की पात ना. पुहुन्कीका रूपमा पाउने चिज वा वस्तु।
56754 पूगी ना. सुपारीको बोट वा फल।
56755 पूगीफल ना. सुपारी।
56756 पूछ ना. हे. पुछ।
56757 पूछताछ ना. हे. पूछताछ।
56758 पूछपाछ ना. हे. पुछपाछ।
56759 पूजक वि. देवीदेवता वा पूजनीय व्यक्तिलाई पूजा गर्ने, पुज्ने।
56760 पूजक वि. ना. २. पुजारी।
56761 पूजन ना. देवीदेवता वा पूजनीय व्यक्तिको पूजा, पुज्ने काम अर्चना।
56762 पूजन ना. २. कसैको आदरसत्कार।
56763 पूजनीय वि. पूजा गर्नुपर्ने, सम्मान गर्नुपर्ने, पूजा गर्न योग्य; पूजा गर्न लायक पूज्य।
56764 पूजनीय वि. २. सम्माननीय।
56765 पूजनीय वि. ३. माननीय ४. आदरणीय।
56766 पूजा ना. देवीदेवता वा पूजनीय व्यक्तिलाई प्रसन्न पार्न, अनुकूल पार्न वा पुण्यार्जन गर्न श्रद्धाभक्तिपूर्वक गरिने कार्य।
56767 पूजा ना. २. देवदेवी आदिलाई जल, फूल, अक्षता, नैवेद्य आदि चढाएर गरिने धार्मिक कार्य, अर्चा, अर्चना।
56768 पूजा ना. ३. आदरसत्कार, मानसम्मान।
56769 पूजा ना. ४. कसैलाई प्रसन्न वा अनुकूल पार्नका निम्ति केही वस्तु दिने काम।
56770 पूजा ना. ५. (व्यङ्ग्यार्थमा) पिट्ने काम पिटाइ (उदा.- प्रहरीले उसको राम्ररी पूजा गयो।)।
56771 पूजाआजा ना. पूजापाठ।
56772 पूजाकोठा ना. देवी-देवताको पूजा गर्न घरभित्र बनाइएको कोठा, घरभित्र पूजा गर्ने गरिएको एउटा कोठा।
56773 पूजाकोठी ना. सानो पूजाकोठा।
56774 पूजाकोठे- ना. पूजाकोठामा काम गर्ने व्यक्ति, पुजारी।
56775 पूजागृह ना. पूजाका निमित्त बनाइएको घर वा घरभित्रै पूजाका निम्ति बनाइएको छुट्टै कोठा।
56776 पूजापाठ ना. देवदेवीलाई प्रसन्न पार्न र पुण्यार्जन गर्नाका निम्ति गरिने पूजा स्तोत्रादिको पाठ।
56777 पूजासामा ना. पूजाका निम्ति चाहिने सरसामान, पूजाका उपकरण; पूजोपकरण; पूजासामग्री।
56778 पूजाहारी ना. हे. पुजारी।
56779 पूजित वि. पूजा गर्दै आएको, पुजिएको पूजा गरिएको।
56780 पूजित वि. २. आदरसत्कार गरिएको; मानसम्मान गरिएको।
56781 पूजोपकरण ना. पूजासामा।
56782 पूज्य वि. हे. पूजनीय।
56783 पूज्यपाद ना. पूजा गर्न लायक व्यक्ति (आमा, बाबु, गुरु आदि)।
56784 पूज्यपाद ना. २. पूजा गर्न लायकको पाउ।
56785 पूज्यमान वि. पूजा गरिएको, पूजि।
56786 पूज्यमान वि. २. सम्मान गरिएको, सम्मानि।
56787 पूठ ना. समर्थन, ओड।
56788 पूठ ना. २. संस्कार।
56789 पूत वि. पवित्र, शुद्ध ना. २. साँचोपन, सत्य।
56790 पूत ना. छोरो, पुता, पुतो।
56791 पूतकर ना. आफ्ना घरमा कुनै छोरो मान्छे नभएर वा भएर पनि मान्छेलाई छोरासरह पाल्ने र हक दिने थारूहरूको चलन।
56792 पूतकर ना. २. त्यसरी पालिएको व्यक्ति, पुत्रक।
56793 पूतना ना. बालक कृष्णलाई मार्न कंसद्वारा पठाइएकी पुराणप्रसिद्ध एक राक्षसी, कृष्णद्वारा मारिएकी कंसकी एक गुप्तचरी।
56794 पूतना ना. २. नरराक्षसी।
56795 पूतना ना. वि. ३. दुष्ट (आइमाई ); दुष्टा।
56796 पूतात्मा वि. शुद्ध अन्तःकरण भएको पवित्र आत्मा भएको, चोखो मन भएको मनमा छलकपट नराख्ने।
56797 पूरक वि. कुनै व्यक्ति वा वस्तुको कमीलाई पूरा गर्ने, कुनै कुराको खाँचोलाई पूरा गर्ने।
56798 पूरक वि. ना. २. व्याकरणमा अपूर्ण वा पूरकापेक्षी क्रियापद प्रयुक्त भएको वाक्यमा जोडिई क्रियापदको अर्थलाई पूरा गराउन सहयोग गर्ने शब्द (उदा.- राम डाक्टर भयो, यो कुरा राम्रो लाग्यो।)।
56799 पूरक वि. ३. बाहिरी प्रकृतिबाट सास तानी भित्र फोक्सो भर्ने एक प्रकारको प्राणायाम।
56800 पूरक वि. ४. कुनै वस्तुको कमी वा त्रुटिलाई पूरा गर्न पछि थपिने अंश।