Dictionary

All Word

56901 पूर्वगामी वि. २. पहिलेको अगाडिको।
56902 पूर्वगामी वि. ३. पूर्व दिशातिर जाने।
56903 पूर्व चार नम्बर ना. पूर्व तीन नम्बरदेखि पूर्वपट्टिका भोजपुर, खोटाङ, दिङ्ला आदि बस्तीहरूसहितको हाल केही सगरमाथा र केही कोसी अञ्चलमा पर्ने, पहिलेको प्रशासनिक इलाका।
56904 पूर्वज ना. जाति वा वस्तुको अंश वा आदिम स्वरूप।
56905 पूर्वज ना. २. पुर्खा, जिजुबाजे।
56906 पूर्वज ना. वि. ३. पहिले नै जन्मिएको जेठो।
56907 पूर्वजन्म ना. यो जन्मभन्दा पहिलेको जन्म, अघिल्लो जन्म,।
56908 पूर्वजन्मा ना. आफूभन्दा पहिले जन्मेको व्यक्ति।
56909 पूर्वजन्मा ना. २. अग्रज, दाजु।
56910 पूर्वजन्मा ना. ३. मनुष्य जातिमध्ये प्रथम उत्पन्न भनी परम्पराअनुसार मानिएको जाति, ब्राह्मण जाति।
56911 पूर्वजा ना. दिदी; अग्रजा।
56912 पूर्वजा ना. वि. जन्मले जेठी।
56913 पूर्वज्ञान ना. पूर्वजन्मको यस जन्ममा हुने आभास, पूर्वजन्मको ज्ञान।
56914 पूर्वतः क्रि.वि. पूर्व दिशातिर।
56915 पूर्वतः क्रि.वि. २. सामुन्नेमा।
56916 पूर्वतः क्रि.वि. ३. उहिले।
56917 पूर्वतः क्रि.वि. ४. पहिले।
56918 पूर्वतर्फ क्रि.वि. पूर्वपट्टि पूर्वतिर।
56919 पूर्वका कम्यान्डिङ जनरल ना. . राणाशासनमा काठमाडौँ उपत्यकादेखि पूर्वतर्फको पहाड़ी इलाकाको शासन - प्रबन्धको अधिकार पाएको व्यक्ति, कम्यान्डिङ जर्नेल, जङ्गी लाठपछिको रोलवाला व्यक्ति।
56920 पूर्वतालिम ना. खेल, नाटक, युद्ध आदिका लागि पहिले नै दिइने तालिम, रिहर्सल।
56921 पूर्वतिथीय वि. जुन दिन लेखिएको हो त्यसभन्दा पहिले तिथि - मिति दिइएको; वास्तविकभन्दा अगाडिको मिति जनाइएको\ ( लेख, प्रलेख आदि )।
56922 पूर्वतिथीय वि. २ अघिल्लो मितिदेखि लागु हुने गरी निर्धारित गरिएको।
56923 पूर्व तीन नम्बर ना. पूर्व दुई नम्बर र चार नम्बरका बिचमा पर्ने ओखलढुङ्गा, चिसङ्खु, ऐँसेलुखर्क, मानेभन्ज्याङ आदि बस्तीहरूसहितको एक इलाका।
56924 पूर्वदिन ना. बितेको दिन हिजोको दिन।
56925 पूर्वदिन ना. २. कुनै दिनको दिउँसो बाह्र बजेभन्दा पहिलेको अंश पूर्वाहण।
56926 पूर्व दुई नम्बर ना. पूर्व एक नम्बर र तीन नम्बरका बिचमा पर्ने रामेछाप, चरीकोट, मेलुङ, दोलखा आदि (हाल जनकपुर अञ्चलमा पर्ने) पहाडी बस्तीसहितको एक इलाका।
56927 पूर्वदूत ना. पहिलो दूत, अग्रदूत; प्रथम चर।
56928 पूर्वदूत नरवानर ना. अश्मीभूत अस्थि अवशेषका रूपमा पाइएको या (पूर्वी अफ्रिका) - को मानवजस्तो देखिने वानर (प्रोकन्सल)।
56929 पूर्वधारणा ना. कुनै तर्क, वादविवाद आदिमा वा कुनै समस्या आदिका सम्बन्धमा पक्ष वा विपक्षका सम्बन्धमा, कसैले पहिलेदेखि नै स्थिर गरेको धारणा; पूर्वनिश्चित धारणा वा विचार।
56930 पूर्वधारणा ना. २. पूर्वाग्रह।
56931 पूर्वधारणायुक्त वि. कुनै तर्क, वादविवाद आदिमा कुनै एक पक्ष अर्को पक्ष सम्बन्धमा पहिलेदेखि नै एउटा धारणा वा विचार स्थिर गरिसकेको, पहिलेदेखि नै बनाएको धारणा वा विचार लिएर हिँड्ने।
56932 पूर्वधारणायुक्त वि. २. पूर्वाग्रहग्रस्।
56933 पूर्वनिश्चित वि. पहिलेदेखि नै निश्चय गरिएको, अघिबाट नै टुङ्गो लागिसकेको, पूर्वनिर्धारि।
56934 पूर्वनिश्चितता ना. पूर्वनिश्चित हुनाको भाव वा स्थिति; पहिलेकै पक्कापक्की।
56935 पूर्वपक्ष ना. कुनै कुराको पहिलो भाग, पूर्व भाग।
56936 पूर्वपक्ष ना. २. कुनै वादविवाद वा झगडा आदिमा पहिलो पक्षको भनाइ वा तर्क।
56937 पूर्वपक्ष ना. ३. शास्त्रीय चर्चापरिचर्चामा पहिले उठाइएको प्रश्न।
56938 पूर्वपक्ष ना. ४. पुर्पच्छे।
56939 पूर्वपक्ष ना. ५. कृष्णपक्ष, अँधेरीपक्ष।
56940 पूर्वपक्षी वि. वादविवादमा, शास्त्रीय चर्चापरिचर्चामा पूर्वपक्ष उपस्थित गर्ने प्रश्न गर्ने।
56941 पूर्वपक्षी वि. २. नालिस दिने; बादी दिने।
56942 पूर्वपक्षीय वि. पूर्वपक्षसम्बन्धी, पूर्वपक्षको।
56943 पूर्वपद ना. समासद्वारा निर्माण भएका पदमा रहेको पहिलो शब्दतत्त्व दुई वा दुईभन्दा बढी पदहरू मिलेर बनेका शब्दको पहिलो पद।
56944 पूर्वपद ना. २. पहिले आउने पद।
56945 पूर्वपद ना. ३. पहिलो स्थान।
56946 पूर्वपीठिका ना. भूमिका, पृष्ठभूमि।
56947 पूर्वपुरुष हे. पुर्खा। हे. पुर्खा।
56948 पूर्वप्रबोध ना. पूर्वबाट पाइने ज्ञान, पूर्वको ज्ञान।
56949 पूर्वप्रबोध ना. २. पहिलो ज्ञान।
56950 पूर्वप्रबोध ना. ३. पहिलो जागरण।