Dictionary

All Word

57001 पूर्वहिमानी ना. आजभन्दा पचास लाखदेखि चालिस लाख वर्ष पहिलेसम्मको समय हिमकल्पभन्दा पहिलेको समय।
57002 पूर्वा ना. पूर्वदिशा।
57003 पूर्वा ना. २. पूर्वाफाल्गुनी नक्षत्र।
57004 पूर्वा ना. 3. पूर्वाभाद्रपदा नक्षत्र।
57005 पूर्वाग्रह ना. कुनै विषय, समस्या आदिमाथि तर्क, वादविवाद वा विचार गर्दा कसैले नयाँ सोचाइ वा सिद्धान्त ग्रहण नगरी आफ्नो पूर्वनिश्चित धारणानुरूप नै लिने अड्डी, परिवर्तित समय वा परिस्थितिका कुरा नबुझी आफ्ना कुरालाई नै बढी महत्त्व दिने जिद्दीवाल प्रवृत्ति, एकोहोरो हठ; लिंडेढिपी।
57006 पूर्वाङ्ग ना. यज्ञ-पुराणादि धार्मिक कार्य वा विवाह - व्रतबन्धादि शुभकार्य गर्दा प्रारम्भमा गरिने कृत्य, शुभकार्यमा गरिने प्रारम्भिक विधिविधान पूर्वकर्म।
57007 पूर्वाङ्ग पूजा ना. पाठपूजा, यज्ञयागादि कार्यको प्रारम्भमा मङ्गलका "लागि गरिने पूजा, पूर्व पक्षको पूजा।
57008 पूर्वाचल ना. पुराण आदिमा विश्वास गरिएअनुसार सूर्य "उदाउने पर्वत उदयाचल।
57009 पूर्वाचल ना. २. पूर्वाञ्चल।
57010 पूर्वाञ्चल ना. पूर्वपट्टिका अञ्चल, पूर्वपट्टिको क्षेत्र।
57011 पूर्वाञ्चल ना. २. पूर्वीय सिमाना पूर्वपट्टिको किनार, पूर्वी छेउ।
57012 पूर्वाञ्चल विकासक्षेत्र ना. नेपालको सन्तुलित विकास गर्ने उद्देश्यले बाँडिएका पाँच विकासक्षेत्रमध्ये पूर्वाञ्चलसँग सम्बन्धित विकासक्षेत्र।
57013 पूर्वाधार ना. कुनै योजना वा उद्योगधन्दा आदि सुरु गर्नुभन्दा पहिलेको आवश्यक आधार, कुनै पनि कार्यको पहिलो आधार, मुख्य आधार।
57014 पूर्वाधार ना. २. धरातल।
57015 पूर्वाधिकरण ना. लिच्छविकालमा चार दिशामा विभाजित प्रशासनिक अड्डाहरूमध्ये पूर्वपट्टिको अड्डा।
57016 पूर्वाध्ययन ना. कुनै कुराको सम्यक् अध्ययन गर्नुभन्दा पहिले कामचलाउ किसिमले गरिने अध्ययन।
57017 पूर्वानुमान ना. कुनै समस्या, घटना आदिको सम्भावित " परिणामबारे पहिलेदेखि गरिने अडकल, कुनै विषय वा कुराको परिणाम 'आउनुभन्दा 'पहिले गरिने अनुमान।
57018 पूर्वापर ना. अगाडि र पछाडिको भाग कुनै कुराको आदि- अन्त, छेउटुप्पो।
57019 पूर्वापर ना. वि. २. अगाडि र पछाडिको आदि र अन्तको।
57020 पूर्वापर ना. ३. पूर्व र पश्चिमको।
57021 पूर्वापराधी ना. पहिले पनि ऐनकानुनविपरीत वा धार्मिक दृष्टिले निषिद्ध काम गरिसकेको अपराधी, पहिले पनि कसुर गरिसकेको व्यक्ति, पटकपटक अपराध गरिसकेको व्यक्ति, पटके अपराधी।
57022 पूर्वाफाल्गुनी ना. पूर्वफाल्गुनी नक्षत्र।
57023 पूर्वाभाद्रपदा ना. पूर्वभाद्रपदा नक्षत्र।
57024 पूर्वाभास ना. पछि हुने कुनै कामकुरा आदिको पहिले नै देखिने लक्षण पछि आउने परिस्थिति वा हुने घटनाको पूर्वलक्षण, पूर्वसङ्के।
57025 पूर्वाभिनय ना. कुनै नाटकको रङ्गमञ्चमा प्रदर्शन गर्न लाग्दा हुन सक्ने कमी वा त्रुटिलाई हुन नदिन पहिले नै गरिने अभ्यासात्मक अभिनय।
57026 पूर्वाभिनय ना. २. युद्ध सुरु हुनुभन्दा पहिले युद्धका स्थितिमा गरिने आक्रमण, प्रत्याक्रमण वा आत्मसुरक्षाको अभ्यास।
57027 पूर्वाभिनय ना. ३. रिहर्सल, पूर्वतालिम।
57028 पूर्वाभिमुख वि. पूर्वतर्फ मुख फर्केको; पूर्वतिर मुख गरेको।
57029 पूर्वाभ्यास ना. काम गर्न थाल्नुभन्दा पहिले गरिने अभ्यास, कुनै कामको पूर्वतयारी, पूर्वतालिम।
57030 पूर्वाभ्यास ना. २. पूर्वाभिनय।
57031 पूर्वार्जित ना. पहिले कमाइएको; पहिले नै उपार्जन गरिएको ( धनसम्पत्ति, मान-प्रतिष्ठा आदि)।
57032 पूर्वार्द्ध / पूर्वार्ध ना. कुनै कुराको दुई बराबर भागमध्ये पहिलो आधा भाग, पहिलो आधा।
57033 पूर्वार्द्ध / पूर्वार्ध ना. २. सङ्गीतका अनुसार गीतका स्थायी र अन्तराको पहिलो आधा भाग।
57034 पूर्वावधानता ना. कुनै कामकुरामा सम्भावित हानि- नोक्सानीको विचार गरी पहिलेदेखि नै लिनुपर्ने सतर्कता; पूर्व- सावधानी।
57035 पूर्वावधानता ना. २. कुनै कामकुरामा हानिनोक्सानीको पूर्वाभास हुनेबित्तिकै त्यसको रोकथामका लागि गर्नुपर्ने सोचविचार।
57036 पूर्वावश्यक ना. कुनै योजना वा उद्योगधन्दा सुरु गर्नुभन्दा पहिले आवश्यक, कुनै कार्य गर्नुभन्दा पहिले आवश्यक।
57037 पूर्वावस्था ना. पूर्वस्थिति।
57038 पूर्वावस्था ना. २. सबभन्दा पहिलो अवस्था।
57039 पूर्वावस्था ना. ३. बाल्यावस्था।
57040 पूर्वाषाढा ना. सत्ताइस नक्षत्रमध्ये एक; बिसौं नक्षत्र।
57041 पूर्वाहण ना. पूर्वाहन।
57042 पूर्वाहिक वि. दिनको पहिलो भागमा गर्नुपर्ने काम, पूर्वाह्णमा गर्नुपर्ने काम।
57043 पूर्वाहिक वि. २. पूर्वाह्णसम्बन्धी।
57044 पूर्वाह्न ना. दिनको प्रथम अर्धाश, दिनको पूर्वार्ध पूर्वाहण।
57045 पूर्वी ना. पूर्वपट्टिको पूर्व दिशाको पूर्वको पूर्वीय।
57046 पूर्वी ना. २. एसियाली।
57047 पूर्वी गोलार्द्ध ना. प्रधान मध्याह्नरेखादेखि पूर्वपट्टिको भूभाग।
57048 पूर्वी मादल ना. नेपालको पूर्वी भेकमा प्रचलित मादल ठुलो किसिमको मादल।
57049 पूर्वीय ना. पूर्वपट्टिको पूर्व दिशाको पूर्वको।
57050 पूर्वीय ना. २. एसियाको एसियाली।