Dictionary

All Word

57101 पृथ्वी छन्द- ना. जगण, सगण, जगण, सगण, यगण र लघु तथा गुरु हुने एक वार्णिक छन्।
57102 पृथ्वी छन्द- ना. ५. खुब फैलिएको, ठुलो छाती भएको।
57103 पृथ्वी कम्प ना. भुइँचालो, मँचालो।
57104 पृथ्वीधर वि. पृथ्वीलाई धारण गर्ने।
57105 पृथ्वीधर वि. २. पहाड़, पर्व।
57106 पृथ्वीनारायण शाह ना. एकीकृत राजा, आधुनिक नेपालका प्रथम राजा; बडामहाराज।
57107 पृथ्वीपति ना. पृथ्वीको मालिक।
57108 पृथ्वीपति ना. २. राजा।
57109 पृथ्वीपति ना. ३. गोरखाका एक प्रसिद्ध राजा।
57110 पृथ्वी प्रज्ञा पुरस्कार ना. भाषा, साहित्य, कला, संस्कृति र ज्ञानविज्ञानका क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएका साधकहरूलाई समष्टिगत मूल्याङ्कनका आधारमा प्रदान गर्ने गरिएको एक पुरस्कार।
57111 पृथ्वी मण्डल ना. सम्पूर्ण पृथ्वीको डल्लो, भूगोल, भूमण्डल।
57112 पृथ्वी मण्डल ना. २. पृथ्वीतल।
57113 पृथ्वी राजमार्ग ना. काठमाडौं-पोखरा यातायातका लागि नौबिसेदेखि पोखरासम्म जाने राजमार्ग।
57114 पृथ्वी वीरविक्रम ना. वि. सं. १९३२ मा जन्म भई राजगद्दीमा बस्ने रवि. सं. १९६८ मा दिवङ्गत हुने, नेपालका शाहवंशीय सातौं राजा।
57115 पृष्ट वि. सोधिएको प्रश्न वा सवाल गरिएको।
57116 पृष्ठ ना. शरीरको पछिल्लो भाग डँडाल्नु, पिठिउँ, पिठिम।
57117 पृष्ठ ना. २. पुस्तकका पन्ना वा कागतको एकपट्टिको भाग।
57118 पृष्ठ ना. ३. कुनै वस्तु, व्यक्ति वा कुराको पछिल्लो भाग।
57119 पृष्ठ ना. ४. कुनै वस्तुको माथिल्लो भाग।
57120 पृष्ठगामी ना. पछि लाग्ने, अनुयायी।
57121 पृष्ठदेश ना. पृष्ठभाग पछिल्तिरको अङ्ग।
57122 पृष्ठदेश ना. २. पिठिउँ।
57123 पृष्ठपोषक ना. कुनै कामकुरा गर्ने व्यक्तिलाई पछिल्तिरबाट गर्ने व्यक्ति, पछाडि बसेर सहायता पुऱ्याउने वा हौसला दिने व्यक्ति, सहायक मदतगार।
57124 पृष्ठपोषण ना. कुनै कामकुरामा पछाडि बसेर सहायता पुऱ्याउने काम वा प्रवृत्ति, सहयोग, मद।
57125 पृष्ठभाग ना. शरीरको पछिल्लो भाग, पिठिउँ, पृष्ठ।
57126 पृष्ठभाग ना. २. कुनै पनि वस्तु वा कुराको पछिल्लो भाग।
57127 पृष्ठभूमि ना. कुनै वस्तु वा कुनै कुराको मूल आधार वा भूमिका।
57128 पृष्ठभूमि ना. २. पछिल्तिरको जमिन।
57129 पृष्ठभूमि ना. ३. कुनै विशेष घटना वा कुराको रूप स्पष्टसँग देखाउने र त्यससँग सम्बद्ध पहिलो घटना वा कुरा।
57130 पृष्ठभूमि ना. ४. मुख, मूर्ति वा चित्र आदिको अघिल्लो भागलाई स्पष्ट गराउन काम दिने दृश्य, चित्र वा वर्णनको भाग; मूर्ति वा चित्रको सबभन्दा पछिल्लो भाग।
57131 पृष्ठभूमि ना. ५. अङ्कित दृश्य वा घटनाको आधार।
57132 पृष्ठभूमि ना. ६. बन्दरगाहपछाडिको क्षेत्र।
57133 पृष्ठभूमि ना. ७. सहरवरिपरिको ग्रामीण क्षेत्र।
57134 पृष्ठवंश ना. मेरुदण्ड भएको प्राणी, ढाड भएको प्राणी।
57135 पृष्ठाङ्कन ना. . कुनै लेख, पत्र, धनादेश, चेक, चलानी आदिका पीठमा हस्ताक्षर गर्ने काम।
57136 पृष्ठाङ्कन ना. २. कसैसँग केही लिने वा कसैलाई केही दिने बेहोराको लिखित आदेश।
57137 पृष्ठाङ्कन ना. ३. कुनै कुराको समर्थन आदिका रूपमा केही लेख्ने काम; दरपीठ गर्ने काम, कागतको पछाडि सही गर्ने काम।
57138 पृष्ठाङ्कित वि. पीठमा केही लेखिदिएको वा हस्ताक्षर गरिदिएको कागत दरपीठ गरिएको काग।
57139 पृष्ठावरण ना. सुरक्षाका लागि पुस्तक आदिमा गाताको बाहिरपट्टि बेरिएको वा लगाइएको आवरण।
57140 पृष्ठावरण ना. २. पुस्तक आदिमा लगाइएको जिल्द, गाता।
57141 पृष्ठावरण ना. ३. पर्यावरण।
57142 पृष्ठास्थि ना. शरीरको पछिल्तिरको हाड, ढाड।
57143 पृष्ठिका ना. वृत्तान्तको आधार।
57144 पृष्ठिका ना. २. मूर्ति वा चित्रको पृष्ठभूमि।
57145 पृष्ठिका ना. ३. पृष्ठदेश।
57146 पृष्ठिका ना. ४. पृष्ठभूमि।
57147 पे ना. तलब तलप; वेतन।
57148 पे कमिसन ना. तलबसम्बन्धी प्रबन्ध गर्नका निम्ति खडा भएको आयोग।
57149 पे रोल ना. मासिक तलब- विवरण।
57150 पेकिङ ना. जनवादी गणतन्त्र चीनको राजधानी (हाल बेजिङ)।