Dictionary

All Word

57151 पेकिङ मानव ना. पेकिङभन्दा सत्ताइस माइल पर रहेको चौकुतियान नामक स्थानको एउटा गुफामा १९२१ इस्वीमा प्राप्त जीवाश्मको आधारमा मानवशास्त्रले मान्यता दिएको प्राचीन मानव उत्तिष्ठवानरको चिनियाँ प्रजाति उत्तिष्ठवानरको जावामानवभन्दा केही पछिको अवस्था।
57152 पेग ना. हिवस्की, ब्रान्डी आदि पेय पदार्थको एक अल्प परिमाण।
57153 पेग ना. २. सो परिमाणको रक्सी नाप्ने कचौरी, प्याला।
57154 पेङ्कर ना. खेती - कमाई गर्न र जानआउन सारै मुस्किल पर्ने भिरबाटो।
57155 पेगुइन ना. ध्रुवीय क्षेत्रमा पाइने, पानीमा पौडनका लागि बहनाका रूपमा काम दिने पखेटा भएको समुद्रमा आहारा खोजी खाने, दौडिन सक्ने तर उड्न नसक्ने र बसेका बेला हेर्दा उभिएको जस्तो देखिने एक प्रकारको चरो।
57156 पेच ना. झन्झट, बखेडा।
57157 पेच ना. २. चलाकी, धूर्तता।
57158 पेच ना. ३. छनक व्यङ्ग्य।
57159 पेच ना. ४. बेरिएको डाँडो, घुमाएर कस्ने एक प्रकारको डोल्सी परेको किलो।
57160 पेच ना. ५. भित्री वैमनस्य गुप्त षडयन्त्र।
57161 पेच ना. ६. कुनै डन्डी, काँचको सिसी वा धातुको नलीमा ढिम्री वा बिर्को कस्नका निम्ति बनाइएको फनफनी घुमेको रेखा, गुना।
57162 पेच ना. ७. कुस्ती आदि खेल्दा अर्कालाई पछार्ने युक्ति, कुनै प्रतिद्वन्द्वितामा अर्कालाई हराउने युक्ति।
57163 पेच ना. ८. चङ्गा उडाएर लडाउँदा दुई पक्षका चङ्गाको धागा जोल्ट्याउने काम।
57164 पेच ना. ९ . पगरीको अगिल्तिर शोभाका निम्ति जडिएको आभूषण; कल्की, शिरपेच।
57165 पेचकस ना. पेचका थाप्लामा परेका गहिरा ठाउँमा धार अड्काएर बिँडमा समाती सो पेचलाई मस्काउने वा खुस्काउने हतियार।
57166 पेचकाँटी ना. पेचकिलो।
57167 पेचकिलो ना. टोप्रो वा छातामा पेचकस अड्याउने खोल्सो भएको एक किलो।
57168 पेचदार वि. पेच भएको; पेचवाल।
57169 पेचदार वि. २. व्यङ्ग्यात्मक।
57170 पेचदार वि. ३. पेचिलो।
57171 पेचपाच ना. जाली व्यक्तिको काम, जालझेल, झेलबखेडा।
57172 पेचपाच ना. २. व्यङ्ग्योक्तिसहित जिस्किने काम, छेडछाड, छेडपेच।
57173 पेचपाच ना. ३. पेच।
57174 पेचवाल वि. पेचदार।
57175 पेचा ना. चेपुवामा तेल पेल्दा फुलो हाल्ने चोयाको पात्र, छपनी।
57176 पेचिलो वि. पेच भएको; पेचताल।
57177 पेचिलो वि. २. चालबाजी गर्ने; बखेडा गर्ने, धूर्त, धूर्ततापूर्ण, चालबाज।
57178 पेची वि. पेच लडाउने, बखेडा गर्ने, जालझेल गर्ने, झेली।
57179 पेज ना. पृष्ठ।
57180 पेज ना. २. पाना वा पाताको दुई भागको कुनै एक भाग।
57181 पेट ना. छातीदेखि मुनि र काखदेखि माथिको शरीरको भाग; भुँडी।
57182 पेट ना. २. खाएको वस्तु जम्मा हुने, शरीरभित्रको थैली।
57183 पेट ना. ३. गर्भ पाठेघर।
57184 पेट ना. ४. मन, दिल, अन्तःकरण।
57185 पेट ना. ५. खोक्रो वस्तुको भित्री भाग।
57186 पेट ना. ६. थैली, झोला।
57187 पेटकटाइ ना. नमासीकन वा खाई नखाईकनको केही कुराको सँचाइ।
57188 पेटकटाइ ना. २. पेटदुखाइ।
57189 पेटको कुरा ना. मनको कुरा।
57190 पेटकट्टी ना. पेट दुखेर आउँ आदि आउने रोग।
57191 पेटकट्टी ना. २. पेटकटाइ।
57192 पेट परमात्मा / परमेश्व ना. भोक (व्यङ्ग्यार्थमा)।
57193 पेटपाला वि. आफूले खानका निमित्त मात्र काम गर्ने, खान धन्दामा मात्र लागेको।
57194 पेटपालो ना. पेट पाल्नका लागि गरिने काम; जीविका; निर्वाह।
57195 पेटफऱ्यो ना. नेपाली वर्णमालाको 'फ' वर्णको नाम, पेटफाय फ।
57196 पेटबोली ना. निवेदनपत्र, फिरादपत्र, प्रतिउत्तरपत्र आदिको मूल बेहोरामा लेखिएको कुरा।
57197 पेटमारा ना. नखाईकन पनि धन जम्मा गर्ने, पेट भोकै राखेर पनि धन जम्मा गर्ने, कृपण, द्रव्यपिशाच।
57198 पेटवाक्य ना. पेटबोली।
57199 पेटाडे ना. पेट मात्र ढाक्ने भोटो, पेटेभोटो।
57200 पेटानी ना. गुनिउँ।