Dictionary

All Word

57301 पेसी ना. २. कुनै कार्यालयका उच्चाधिकारी कुनै सेनाका अध्यक्ष वा सभामुख आदिका समक्ष कुनै समस्या वा प्रस्ताव लिखित रूपमा पेस गर्ने काम; प्रस्तुतीकरण; अभिमुखीकरण; सम्मुखीकरण।
57302 पेसुवा वि. पेस गरिएको।
57303 पेसुवा वि. २. जबर्जस्तीसँग जिउमा लगाइएको, भिडाइएको।
57304 पेसुवा वि. ३ बलजफतीसँग समावेश प्रवेश वा सम्मिलित गरे गराइएको।
57305 पेसेवर / पेसेवार वि. कुनै पेसामा लागेको, कुनै कामलाई पक्षका रूपमा अँगाल्ने कुनै व्यवसायमा संलग्न, व्यावसायिक।
57306 पेस्की ना. कसैलाई कुनै काम गर्न लगाउँदा वा कुनै वस्तु किन्न निश्चय गर्दा अग्रिम रूपमा दिइने पारिश्रमिक वा मूल्यको केही अंश अग्रिम भुक्तानी, अग्रिम रकम बैना।
57307 पेस्की ना. २. नियमित कर्मचारीका रूपमा वा अन्य प्रकारले काम गर्ने व्यक्तिलाई निर्धारित समयभन्दा पहिले वा काम सकिनुभन्दा पहिले उसले पछि पाउने तलब वा पारिश्रमिकको अङ्कबाट कट्टा गर्ने सर्तमा दिइने अग्रिम रकम।
57308 पेस्की ना. ३ बसेको वा भएको ठाउँभन्दा अन्यत्र भ्रमणमा जाँदा प्रस्थान गर्नुभन्दा पहिले पठाइने मालसामान, कर्मचारी आदि।
57309 पेस्की खर्च ना. पछि काम परेका बेलामा खर्च गर्नका निम्ति पहिले नै छुट्ट्याइएको वा दिइएको खर्च, पेस्कीका रूपमा स्वीकृत गरिएको खर्च।
57310 पेस्केल ना. सरकारी वा गैरसरकारी सेवामा संलग्न कर्मचारीहरूले निर्धारित रूपमा पाउने तलबको परिमाण कर्मचारीले तलबका रूपमा पाउने रकमको परिमाण वेतनक्रम।
57311 पेस्ट ना. सानो ट्युबमा राखिएको, दाँत मा वा अन्य वस्तु सफा गर्ने गिलो वस्तु।
57312 पेस्ता ना. हरियो रङको साना दाना हुने खाने मसला।
57313 पैंच ना. फित्ता, बाकल आदिको सुइरो छिराउन छालामा प्वाल पार्ने, फुली भएको वा नभएको एक हतियार।
57314 पैंचो ना. दिनेलाई खाँचो परेका बेलामा वा सकेका बेलामा फिर्ता गर्ने गरी छरछिमेकीबाट कुनै वस्तु, धन, माल, श्रम आदि लिने काम पछि फिर्ता गर्ने गरी कसैसँग लिने वा कसैलाई केही दिने काम ऐँचोपैंचो सापटी।
57315 पैंडा ना. बाटो; प।
57316 पैंता ना. तामाको अन्दाजी तीन फिटजति लामो बाजा।
57317 पैंतालिस ना. चालिस र पाँचको जोडबाट बनेको सङ्ख्या ४५ को अक।
57318 पैंतालिस ना. वि. २. चालिस र पाँचको जोड बराबरको।
57319 पैंतालिसौं वि. पैंतालिसका सङ्ख्याको क्रम बुझाउने क्रमअनुसार पैंतालिस सङ्ख्याको।
57320 पैंतालीस ना. हे. पैंतालिस।
57321 पैंतालीसौं वि. हे. पैंतालिसौं।
57322 पैतिस ना. तिस र पाँचको योगबाट बन्ने सङ्ख्या।
57323 पैतिस ना. वि. २. सो सङ्ख्या बराबरको।
57324 पैतिसौं पैतिसका सङ्ख्याको क्रम बुझाउने क्रमअनुसार पैतिस सङ्ख्याको।
57325 पैंतीस ना. हे. पैंतिस।
57326 पैंतीस वि. हे. पैंतिसौं।
57327 पैंलेटी ना. झन्डै नीलकाँडाका जत्रै तर काँडाविहीन बोटमा काँडाका जत्रै निला दाना फल्ने एक पोथ्रो।
57328 पेंसट्ठिऔँ / पैसट्ठयाँ वि. पैँसट्ठी सङ्ख्याको; पैँसट्ठी सङ्ख्यामा पर्ने।
57329 पैँसट्ठी ना. साठी र पाँचबाट बन्ने सङ्ख्या, ६५ - को सङ्ख्या।
57330 पैँसट्ठी ना. वि. २. उक्त सङ्ख्या बराबरको।
57331 पैँसट्ठीऔँ / पैसट्ठीयौँ वि. हे. पैंसट्ठिऔँ पर्ने।
57332 पैका ना. युद्धमा ठुलो पराक्रम देखाउने व्यक्ति, महान् योद्धा, पैकालो।
57333 पैकार ना. नाफा कमाउने उद्देश्यले सानोतिनो व्यापारमा धन लगाउने काम सानोतिनो खेलो गर्ने काम; सानोतिनो व्यापार; गाउँघर वा उत्पादनस्थलमै पुगी व्यापारको माल किनेर सहरबजारमा लगी नाफा गर्ने खुजुरा व्यापार, बनियाँगिरी, खेपुवा व्यापार।
57334 पैकार ना. २. अन्न वा रुपियाँ पैसा सापटी लगेर जाँड रक्सी व्यापार गरी नाफा कमाउने र साउँ तिर्ने काम।
57335 पैकारी वि. सानोतिनो व्यापारी, सानोतिनो खेलो गर्ने; पैकार गर्ने।
57336 पैकालो/पैकेलो ना. पराक्रमी व्यक्ति, शूर।
57337 पैचान ना. चिनारी ; ठम्याइ।
57338 पैजनी ना. स्त्रीजातिले पाउमा लगाउने सुन, चाँदी आदिको गहना, आइमाईले गोडामा लगाउने एक प्रकारको सिक्री, नूपुर, पैरा; पाउजेब।
57339 पैटिनु अ.क्रि. थन्क्याइराखेको भकारी, कुन्यू, भाँडा आदिबाट धान, मकै वा अचार आदि वस्तु पहिलो पटक झिकिनु, नचलाई राखेको ठाउँबाट पैसा आदि पहिलो पटक खर्च गर्न निकालिनु वा खर्च गर्न सुरु हुनु।
57340 पैटिनु अ.क्रि. क.क्रि. २. थालिनु।
57341 पैट्याइ ना. पैटिने क्रिया वा प्रक्रिया।
57342 पैट्याइनु क.क्रि. पैट्याउने काम गरिनु सुरु गरिनु।
57343 पैट्याउनु अ.क्रि. . खर्च गर्न थाल्नु, उपयोगमा आउनु।
57344 पैट्याउनु अ.क्रि. प्रे. क्रि. २. थाल्न लाउन सुरु गराउनु उठान गराउनु।
57345 पैठ ना. कुनै गह्रौं वस्तु बोक्ता, तान्दा वा थाप्नुपर्दा लिइने आवश्यक आड।
57346 पैठ ना. २. बलपूर्वक प्रवेश गर्ने काम (जस्तो- घुसपैठ।
57347 पैठ ना. ३. कुनै वस्तुलाई ठेल्ने वा पेल्ने काम, घच्याट्ने काम, पेलाइ।
57348 पैठ ना. ४. आड-भरोसा, सहारा।
57349 पैठ ना. ५. खेल्ने खालमा अगिल्तिर नगद नराखी अरूले थाहा नपाउने गरी गुप्त रूपबाट लेनदेन गरी खेलिने जुवा।
57350 पैठारी ना. आफ्नो देशमा हुँदै नभएका वा पर्याप्त मात्रामा नभएका मालसामान विदेशबाट झकाउने काम, विदेशबाट आवश्यक मालसामान स्वदेशमा मगाउने काम, आयात, निकासीको उल्टा।