Dictionary

All Word

57251 पेपर ना. कागज, काग।
57252 पेपर ना. २. अखबार।
57253 पेपर ना. ३. प्रश्नपत्र।
57254 पेपर ना. ४. सुर्तीलाई कागतमा बेरी बनाइएको एक प्रकारको बिडी।
57255 पेपरवेट- ना. कार्यालय आदिमा कागतपत्र नउडून् भनी थिचेर राख्ने सिसा, पत्थर आदिको गहुँगो साधन, यिचौटो, कागतढुड्गी।
57256 पेय वि. पिउन सकिने, पिउन हुने, पिउन लायकको।
57257 पेय वि. ना. २. पिइने (पानी आदि तरल पदार्।
57258 पेरुङ्गो ना. लाम्चो, चेप्टो प्वाल वा आँखा भएको बाँसको चोयाको भाँडो, तामा, च्याउ, माछा, सुगुरको पाठो आदि हाल्नका निम्ति प्रयोग हुने एक प्रसिद्ध वस्तु।
57259 पेल्नु स.क्रि. कोल वा अन्य किसिमका यन्त्रलाई चारैतिर घुमाई वा थिची रस वा तेल निकाल्नु।
57260 पेल्नु स.क्रि. २. कोल आदि यन्त्रले खुबसित निचोर्नु वा थिच्नु।
57261 पेल्नु स.क्रि. 3. अँचेट्नु घचेट्नु ठेल्नु।
57262 पेल्नु स.क्रि. ४. यिचोमिचो गर्नु, अरूको अधिकार मिच्ने काम गर्नु, बलप्रयोग गर्नु।
57263 पेल्नु स.क्रि. ५. नटेर्नु।
57264 पेला ना. कुनै काम चाँडो गराउनाका निम्ति गरिने आग्रह वा प्रेरणा, ताकिता, हुटहुटी।
57265 पेलाइ ना. पेल्ने वा पेलिने कार्य वा कार्यप्रणाली।
57266 पेलाइनु क.क्रि. पेल्न लगाइनु।
57267 पेलाउनु प्र.क्र. पेल्न लगाउनु।
57268 पेलाहट ना. पेलाइ।
57269 पेलाहा वि. पेल्ने स्वभाव भएको; पेल्ने खालको।
57270 पेलिनु अ.क्रि पेलाइमा पर्नु।
57271 पेलिनु अ.क्रि क.क्रि. पेलिएको पारिनु।
57272 पेलुवा वि. तामा, पित्तल आदि धातुलाई पेलेर बनाइएको ( पाता )।
57273 पेलुवा वि. २. तामा आदिको पेलुवा पाताबाट बनाइएको (भाँडो)।
57274 पेलुवा वि. ३. पेलाहा।
57275 पेवा ना. कथ्य प्यावा / प्यावो पनि।
57276 पेवा ना. १ लोग्ने, लोग्नेपट्टिका अंसियार, घरतर्फका अरू नातेदार वा इष्टमित्रले मन्जुरीको लिखत गरिदिएको र त्यसबाट बढेबढाएको वा माइतीले अथवा मावलीले दिएको धन, दाइजो।
57277 पेवा ना. वि. २. निजी व्यक्तिग।
57278 पेशल वि. कमलो।
57279 पेशल वि. २. सुन्दर।
57280 पेशल वि. ३. चतुर; बाठो।
57281 पेशि/ पेशी ना. शरीरमा रहने मासुको लोतो, मासुको थुप्रो, मांसपिण्ड, मांसपेशी।
57282 पेशीकोष ना. चराचुरुङ्गीको फुल, अन्डा।
57283 पेशीविकार ना. शरीरको मांसपेशीमा हुने कुनै प्रकारको विकृति, मांसपेशी।
57284 पेशीविज्ञान ना. . मांसपेशीको स्वरूप र संरचना तथा त्यसमा हुने रोगसम्बन्धी कुराको अध्ययन, विश्लेषण गर्ने विज्ञान, मांसपेशीसम्बन्धी विज्ञान।
57285 पेषण ना. कुनै कुरालाई पिंधेर पिठो बनाउने काम पिंने काम पिस्ने काम, चूर्ण वा धुलो बनाउने क्रिया।
57286 पेषणी ना. नुन आदि पिँध्ने साधन (सिलौटो, लोहोरो आदि)।
57287 पेस्नु स.क्रि. पेस गर्नु, प्रस्तुत गर्नु, दाखिल गर्नु।
57288 पेस्नु स.क्रि. २. हुलाकबाट पठाउनु।
57289 पेस ना. कुनै व्यक्ति वा अड्डाअदालतका समक्ष कुनै कागजपत्र आदि प्रस्तुत गर्ने काम अगिल्तिर ल्याउने काम उपस्थित गर्ने काम।
57290 पेस ना. २. जाहेर गर्ने काम जाहेरी।
57291 पेस ना. वि. ३. पेस गरिएको।
57292 पेसा ना. जीवनयापनका निम्ति अँगालिएको मुख्य काम जीविकाका निम्ति गरिने काम, इलम, व्यवसाय वा उद्योग, उद्यम, धन्दा।
57293 पेसाइ- ना. पेसगराइ।
57294 पेसाइनु क.क्रि. पेस गराइनु पेस्न लाइनु।
57295 पेसाउनु प्रे. क्रि. पेस गराउनु पेन लाउनु।
57296 पेसामूलक वि. पेसालाई मूल कुरा मान्ने खालको, व्यवसायप्रधान।
57297 पेसावाल वि. पेसेवर, पेसेवार।
57298 पेसिनु क.क्रि. पेस गरिनु।
57299 पेसिनु क.क्रि. अ.क्रि. २. पेस हुनु।
57300 पेसी ना. निर्णयका लागि अदालतसम्मुख मुद्दामामिला आदि प्रस्तुत गर्ने काम, अदालतमा सुनुवाइका लागि दिएको तारिखअनुसार मुद्दा छिन्न न्यायाधीशसमक्ष पेस गर्न लैजाने कार्य।