Dictionary

All Word

56551 पुल ना. २. नदी पार गर्ने कुनै पनि अचल साधन ( तुइन, झोलुङ्गे पुल, पुलेसो आदि)।
56552 पुल ना. घाँस, झार आदिको समूह, तृणराशि।
56553 पुल ना. २. सागपातको मुठा, पुला।
56554 पुलक ना. प्रेम, हर्ष, भय आदिका उद्रेकबाट शरीरका रौं ठाडा हुने क्रिया, प्रेमादिका कारणबाट जिउ जिरिङ्ग हुने क्रिया।
56555 पुलक ना. २. खानीबाट निस्कने वा निकालिने वस्तु; खनिजपदार्।
56556 पुलक ना. ३. रायोको एक प्रकारको मसला।
56557 पुलकावली ना. प्रेम, हर्ष, भय, आदिको कारणबाट शरीरका रौं धेरै बेरसम्म ठाडा हुने क्रिया वा स्थिति; धेरै बेरसम्मको रोमाञ्च।
56558 पुलकित वि. प्रेम, हर्ष आदिले रौं ठाडा भएको रोमाञ्च भएको (व्यक्ति)।
56559 पुलपुल ना. छोराछोरी आदिलाई मात्तिने गरी लाडप्यार गर्ने काम खराब काम गर्दा पनि हप्काइदप्काइ नगरेर माया मात्र गर्ने काम, बढ्ता लाडप्यार गर्ने काम।
56560 पुलपुल ना. २. लाडे बानी।
56561 पुलपुलिनु अ.क्रि. आमाबाबु आदिको बढ्ता लाडप्यारले गर्दा छोराछोरी आदि मात्तिनु, अभिभावकको बढ्ता मायाले केटाकेटीको बानी बिग्रनु, पुलपुले बन्नु।
56562 पुलपुल्याइ- ना. पुलपुल्याइने वा पुलपुलिने क्रियाप्रक्रिया।
56563 पुलपुल्याइनु क.क्रि. पुलपुलको व्यवहारमा पारिनु वा त्यस्तो व्यवहार गरिनु।
56564 पुलपुल्याउ ना. पुलपुल्याइ, पुलपुल।
56565 पुलपुल्याउनु स.क्रि. / प्रे. क्रि. केटाकेटीलाई मात्तिने गरी माया गर्नु, बढ्ता माया गर्नु, लाडप्यार गर्नु।
56566 पुलपुल्याउनु स.क्रि. / प्रे. क्रि. २. मत्याउनु, पात्तिने पार्नु पुलपुलाउनु।
56567 पुलपुल्याहट ना. पुलपुल्याइ।
56568 पुलस्त्य ना. ब्रह्माका सात मानस पुत्रमध्ये एक, सप्तर्षिमध्ये एक रावणको बाजे, पुलस्त्य ऋषि।
56569 पुलस्त्याइँ ना. भए- नभएका कुरालाई बढाईचढाई भन्ने काम वा प्रवृत्ति, चेपारे छाँटको र बेसारे पाराको कुरागराइ।
56570 पुलस्त्याइ ना. पुलस्त्याइँ।
56571 पुलस्त्याइनु क.क्रि. पुलस्त्याइँका साथ कुरा गरिनु।
56572 पुलस्त्याउनु स.क्रि. पुलस्त्याइँका साथ कुरा गर्नु।
56573 पुलस्त्याहट ना. पुलस्त्याइँ।
56574 पुलस्त्याहा वि. पुलस्त्याइँ गर्ने स्वभावको।
56575 पुलस्त्याही वि. पुलस्त्याइँ गर्ने स्वभावकी।
56576 पुलह ना. ह्माका एक मानस पुत्र, सप्तर्षिमध्ये एक; कपिशाका पति तथा पिशाच जातिका जन्मदाता।
56577 पुला ना. सागपात आदि बेच्न पारिएको मुठो, सागपातको मुठो, बिटा कल्ली।
56578 पुलाइ ना. घ्वाइँले पुलेर सिमाना वा गट्टी नाघ्ने क्रियाप्रक्रिया।
56579 पुलाइनु अ.क्रि. पुल्ने तुल्याइनु।
56580 पुलाउ ना. उसिनेको मासुको सा मिसाई वा नमिसाई भिजाएको चामल घिउतेलमा पकाएर तयार पारिएको मसलादार भात, मांसोदन, पुलाव।
56581 पुलाउनु स.क्रि. / प्रे. क्रि पुल्ने पार्नु वा पुन लाउनु।
56582 पुलाक ना. पकाएको चामल, भातको सिता।
56583 पुलाक ना. २. खराब किसिमको अन्न।
56584 पुलाक ना. ३. भित्र चामल नभएको सेप्रो धान; पोगटो।
56585 पुलाते वि. / ना. ठुलठुला पाता भएको (खुकुरी )।
56586 पुलिक ना. घोटेर वा रगडेर गहनाहरूलाई चम्किलो पार्ने पत्थर; बलक।
56587 पुलिङ्ग ना. व्याकरणका अनुसार भालेतत्त्व जनाउने लिङ्ग।
56588 पुलिन्दा ना. हुलाक, मोटर, रेल, हवाईजहाज आदिबाट कहीँ पठाइने उद्देश्यले मालमत्ता भित्र राखेर बाहिरबाट सिइएको वा कागत, कपडा आदिले बेरेर बाँधिएको पोको पार्सल।
56589 पुलिस ना. जनताका जिउ धनको रक्षा गर्न र देशमा शान्ति- सुरक्षा कायम राख्न नियुक्त, शस्त्रधारी वा निरस्त्र सरकारी कर्मचारी, प्रहरी।
56590 पुलिस अड्डा ना. प्रहरी कार्यालय।
56591 पुलिस कर्मचारी ना. प्रहरी।
56592 पुलिस गोस्वारा ना. प्रहरीको प्रधान कार्यालय, प्रहरी उपरीक्षक कार्यालय, डी. एस. पी. कार्यालय।
56593 पुलिस चौकी ना. शान्ति-सुरक्षाका निम्ति सरकारद्वारा तोकिएबमोजिम ठाउँठाउँमा पुलिसहरू रहने केन्द्र, प्रहरीचौकी।
56594 पुलिस विभाग ना. सरकारी रूपमा सर्वसाधारण जनताको जिउधनको रक्षा गर्न र देशमा शान्ति सुरक्षा कायम राख्न बनेको एक सरकारी विभाग, प्रहरीसम्बन्धी कुराको व्यवस्था गर्ने कार्यालय।
56595 पुलिस सेन्ट्री ना. यातायात नियन्त्रण गर्न व्यस्त सडकको बिचमा प्रहरी उभिने ठाउँ।
56596 पुलीचक्का ना. धुरमा जडिएको र लोताले घुमाउने पाङ्ग्रा, लोता लागेर मेसिन घुमाउने चक्का, (पुलिङ हिवल)।
56597 पुलुकिसी ना. इन्द्रजात्राको अवधिभर काठमाडौंको की लागल टोलबाट निकालिने, मान्द्रोको हात्तीभित्र दुईजना पसेर मनोरञ्जनका लागि टोलटोलमा नचाइने एक जात्रा, पुलुगणेश।
56598 पुलुक्क क्रि.वि. कतै एकैपल्ट आँखाले हेरेर, टुलुक्क।
56599 पुलुक्कपुलुक्क क्रि.वि. घरि-घरि कतै आँखाले हेर्दै गरेर पुलुपुलु।
56600 पुलुक्क्याइँ ना. पुलुक्क हेर्ने भाव वा क्रियाप्रक्रिया।