Dictionary

All Word

56451 पुरालेखपाल ना. पुराना महत्त्वपूर्ण लेखहरू वा अन्य प्राचीन वस्तुहरूको यथातथ्य विवरण राख्ने अधिकारी, पुराना महत्त्वपूर्ण अभिलेखहरूलाई र अरू पुराना वस्तुहरूलाई पनि सुरक्षित रूपमा राख्ने व्यवस्था गर्ने अधिकारी।
56452 पुराविद् वि. पुरानो समयमा घटेका घटना वा कुराहरू जान्ने, पुरातत्त्व विषयको ज्ञान भएको।
56453 पुराविद् वि. ना. २. प्राचीन इतिहासको ज्ञाता।
56454 पुराविद् वि. ३. पुरातत्त्व को ज्ञाता; पुरातत्त्वविद्।
56455 पुरावृत्त ना. . पुरानो समयमा घटेबितेका कुरा, प्राचीन कुरा; पुरानो घटना।
56456 पुरावृत्त ना. २. इतिहास।
56457 पुरावृत्त ना. वि. ३. पहिले घटेको, पहिले बितेको; पुरानो।
56458 पुरिनु अ.क्रि. खाल्टो आदि भरिनु।
56459 पुरिनु अ.क्रि. २. घाउ आदिमा पुनः मासु पलाउनु।
56460 पुरिया ना. औषधी आदि बेरिएको कागतको सानो पोको, पुडिया।
56461 पुरी ना. नगर।
56462 पुरी ना. २. भारतको उडिसा प्रान्तमा रहेको (हिन्दुहरूको प्रसिद्ध तीर्थस्थल, हिन्दुहरूका चार धाममध्ये एक धाम, जगन्नाथ धाम।
56463 पुरी ना. ३ दशनामी सन्न्यासीहरूको एक सम्प्रदाय।
56464 पुरी ना. ४. डर, रिस, गन्ध आदि भाव ज्यादै मात्रामा भएको व्यक्ति ( रिसको पुरी, डरको पुरी, गन्धपुरी इ.)।
56465 पुरी ना. राम्ररी मुछेर र बेलेर बाटुलो बनाई तातो घिउमा डुबाएर बनाइएको गहुँको पिठाको रोटी, खरो गरी पकाइएको स्वारी, पुडी ; पुरी।
56466 पुरु ना. शर्मिष्ठाका गर्भबाट जन्मेका, ययातिका कान्छा छोरा, पुराणप्रसिद्ध चन्द्रवंशी राजा, पौरववंशका प्रवर्तक, कौरव र पाण्डवका पूर्वज।
56467 पुरुक्क क्रि.वि. एकै चोटि थतर्किंदो ध्वनि निस्कने (पादने क्रममा)।
56468 पुरुखा- ना. पुर्खा, पूर्वज।
56469 पुरुवा वि. पुरेको, भरेको, पुरिएको; भरिएको।
56470 पुरुवा ना. कचौरा वा गिलासको काम लिइने गिलासका आकारको माटाको भाँडो, माटाको एक किसिमको गिलास।
56471 पुरुष ना. अङ्गुलको चौरासी गुना बराबरको नाप ; चौरासी अमल बराबरको नाप; एक मान्छेको उचाइ बराबरको नाप।
56472 पुरुष ना. लोग्नेमान्छे।
56473 पुरुष ना. २. लोग्ने।
56474 पुरुष ना. ३. मानवजाति।
56475 पुरुष ना. ४. भाले जातिको प्राणी।
56476 पुरुष ना. ५. साङ्ख्यशास्त्रका अनुसार प्रकृतिदेखि भिन्न, अपरिणामी कर्ता, आत्मा।
56477 पुरुष ना. ६. विष्णु।
56478 पुरुष ना. ७. जीव।
56479 पुरुष ना. ८. व्याकरणशास्त्रको परिभाषाअनुसार सर्वनामको वा क्रियाको कर्ता भेद।
56480 पुरुष ना. वि.. भाले, वीर, आँटी।
56481 पुरुष एकल ना. पक्षविपक्षमा एकएक पुरुष खेलाडीले भाग लिएको खेल (ब्याडमिन्टन आदि)।
56482 पुरुषत्व ना. पुरुषको भाव, पुरुषमा रहने गुण तथा विशेषता।
56483 पुरुषत्व ना. २. पुरुषार्थ, भालेन।
56484 पुरुषरत्न ना. . रत्न जस्तै सबैले मन पराउने पुरुष।
56485 पुरुषसिंह ना. सिंह जस्तै निर्भीक र पराक्रमी पुरुष, सुरो मान्छे।
56486 पुरुषसूक्त ना. विराट् पुरुषसम्बन्धी चर्चा भएको यजुर्वेदको एक खण्ड वा अनुवाक्।
56487 पुरुषाधम ना. पुरुषहरूमा अधम, नीच पुरुष, क्षुद्र मान्छे, अधम मानिस।
56488 पुरुषायित ना. आइमाईद्वारा पुरुषको वेशभूषा धारण गरेर पुरुषको जस्तै आचरण गर्ने काम, रतेली खेल।
56489 पुरुषायित ना. २. एक प्रकारको रतिबन्ध।
56490 पुरुषायित ना. वि. ३. पुरुषको जस्तै आचरण गर्ने।
56491 पुरुषार्थ ना. मनुष्य मात्रको जीवनको परम लक्ष्य।
56492 पुरुषार्थ ना. २. मानिसको बहादुरीपूर्ण काम, पराक्रम, पौरख।
56493 पुरुषार्थ ना. ३. अद्भु कठिन कार्य गर्ने मानिसको क्षमता, सामर्थ्य; शक्ति।
56494 पुरुषार्थ ना. ४. मनुष्यमात्रका लागि अभीष्ट धर्म, अर्थ, काम र मोक्ष- यी चार तत्त्व मध्ये कुनै एक।
56495 पुरुषार्थी वि. जीवनको परम लक्ष्य प्राप्त गर्ने, पुरुषार्थ गर्ने, पराक्रमी, पौरखी।
56496 पुरुषार्थी वि. २. कुनै कठिन वा दुस्साध्य काम गर्न सक्ने, समर्थ, शक्तिशाली।
56497 पुरुषोत्तम- ना. पुरुषहरूमा उत्तम मनुष्यहरूमा श्रेष्ठ, उत्तम पुरुष।
56498 पुरुषोत्तम- ना. २. विष्णु।
56499 पुरुषोत्तम महिना ना. पुरुषोत्तम मास।
56500 पुरुषोत्तम मास ना. मलमास अधिकमास।