Dictionary

All Word

56501 पुरुरवा ना. पुराणप्रसिद्ध एक चन्द्रवंशी राजा, उर्वशीका मनुष्य- पति, बुधले इलाबाट जन्माएको छोरो, चन्द्रमाको नाति र अत्रिको पनाति।
56502 पुरेत ना. पुरोहि।
56503 पुरेत बाजे ना. पुरोहितका लागि प्रयोग हुने एक सम्मानवाची शब्द।
56504 पुरेत्याइँ ना. पुरोहितकर्म, जजमानी।
56505 पुरेधारो ना. विवाह गर्ने कुरा निश्चित गरिएको दिनमा केटाको घरबाट केटीको घरमा पठाइने एक प्रकारको कोसेली रोटी।
56506 पुरेधारो ना. ( यो चलन विशेष गरी कालीकोट जिल्लाका मतवाली छेत्रीहरूमा बढी प्रचलित छ )।
56507 पुरो- ना. जुठोपुरो, पुरा।
56508 पुरोभागिता ना. पुरोभागी हुनाको भाव वा क्रिया, अर्काको दोष मात्र देख्ने वा खोज्ने प्रवृत्ति।
56509 पुरोभागी वि. जमानका घरमा समयसमयमा परिआउने कर्मकाण्डसम्बन्धी श्राद्धादि पितृकार्य र षोडश संस्कारविधि गराउने बाहुन, पुरे।
56510 पुरोहित ना. यजमानका घरमा समयसमयमा परिआउने कर्मकाण्डसम्बन्धी श्राद्धादि पितृकार्य र षोडश संस्कारविधि गराउने बाहुन, पुरे।
56511 पुरोहित्याइँ ना. पौरोहित्य; जजमानी, पुरेत्याइँ।
56512 पुर्खा ना. आफ्ना पूर्वजहरू, बाबुबाजे, जिज्यू।
56513 पुर्खावाली ना. बंग्शवाली।
56514 पुर्खौली / पुर्ख्यौली ना. पितापुर्खाका पालादेखि चलिआएका कुराको वर्णन, पुस्तावली।
56515 पुर्खौली / पुर्ख्यौली ना. वि. २. आफ्ना पितापुर्खाको पालादेखिको ( चलन, व्यवहार इ.)।
56516 पुर्खौली / पुर्ख्यौली ना. ३. प्राचीन।
56517 पुर्जा ना. सानातिना कुराको टिपोट भएको कागत सानातिना कुरा छोटकरीमा टिपिएको काग।
56518 पुर्जा ना. २. सानोतिनो चिठ्ठी वा पत्र।
56519 पुर्जा ना. 3. यन्त्र (मेसिन) को कुनै अङ्ग।
56520 पुर्जा ना. ४. पुर्जी।
56521 पुर्जी ना. एक अड्डाले अर्को अड्डालाई वा व्यक्तिलाई नियमानुसार "लेखेको पत्र अड्डाबाट लेखिएको सानो पत्र लेखौट।
56522 पुर्तगाल ना. युरोपको एक देश, पोर्तगाल।
56523 पुर्तगाली ना. / वि. पोर्तगाली।
56524 पुर्नियाँ/ पुर्ने ना. पूर्णिमा तिथि, रातमा भरेली जून हुने दिन।
56525 पुर्पक्ष / पुच्छे ना. . अदालतमा कुनै विषयलाई प्रमाणित गर्नाका निम्ति गरिने उक्तिप्रत्युक्ति।
56526 पुर्पक्ष / पुच्छे ना. २. बहस, छलफल।
56527 पुर्पक्ष / पुच्छे ना. ३. निर्णय।
56528 पुर्पुरो ना. निधार।
56529 पुर्पुरो ना. २. भाग्य।
56530 पुर्बिया वि. पूर्व दिशाको पूर्वतिरको पूर्वतिर रहने, पूर्वीय पुर्बेली; पौरस्त्य।
56531 पुर्बिया वि. ना. २. नेपाल अधिराज्यका ब्राह्मणहरूमध्ये कूर्माञ्चलीय र मैथिलबाहेक अरू ब्राह्मण, नेपाली ब्राह्मणको एक भेद।
56532 पुर्ख्यौली ना. पूर्वतिरको, पुर्बिया।
56533 पुर्ख्यौली ना. २. परापूर्वकालका घटना आदिको वर्णन पुख्यौली, इतिहास।
56534 पूर्र क्रि.वि. अपानवायु निस्कँदाको झैँ शब्द निकाल्ने अपानवायु निस्कने गरी।
56535 पूर्र क्रि.वि. सात. पुर-पुर, पुरुरुरु।
56536 पुर्लुक्क क्रि.वि. मानिस वा कुनै सानोतिनो वस्तु बिस्तारै ढल्ने वा लड्ने किसिमले।
56537 पुर्लुक्क क्रि.वि. २. टाउकाले टेकेर पल्टने किसिमले पल्टनबाजी खाने किसिमले, पर्लक्क।
56538 पुर्लुक्क क्रि.वि. वि. ३. त्यस्तो किसिमको।
56539 पुर्लुक्कपुर्लुक्क क्रि.वि. बारबार पुलुक्क हुने किसिमले।
56540 पुलुक्किनु अ.क्रि. पुर्लुक्क हुनु।
56541 पुर्लुक्क्याइँ ना. पुलुक्क हुने क्रियाप्रक्रिया।
56542 पुर्युगे ना. मारुनीसँगै नाच्ने पात्र, ढँटुवारे, जोकर।
56543 पुर्सुन ना. थोरै तर मिठो खानेकुरो हरिया पातमा बेरेर भुङ्ग्रामा पोलेर तयार पारेको खाद्य।
56544 पुसुने वि. खानेकुरामा पुसुन हालेर खान मन पराउने।
56545 पुसुने वि. २. स्वादे, मिठौरे, मिठासे।
56546 पुसुने वि. सानो गाँठीको; ग्याँचे।
56547 पुर्खो ना. भाले पशु वा पक्षी वि. २. भाले।
56548 पुल्नु अ.क्रि. केटाकेटीले खेल्ने गुच्चाको खेलमा घ्वाइँले सिमाना वा गट्टी नाघ्नु।
56549 पुल्नु अ.क्रि. २. बिग्रनु नाश हुनु।
56550 पुल ना. नदीनाला पार गर्नाका निम्ति वारिपारि वा बिचमा समेत उठाइएका खम्बाका आधारमा वा खम्बा नउठाईकन नै बनाइएको बाटो; नदीमा वारपार गर्न बनाइएको पक्की साँघु सेतु।