Dictionary

All Word

56401 पुरश्चरण / पुरश्चर्या ना. कुनै सिद्धि वा सफलताप्राप्तिका लागि मन्त्रको विधिपूर्वक जप, पाठ आदि गर्ने काम, काम्य फलप्राप्तिका लागि शास्त्रोक्त विधिपूर्वक गरिने मन्त्रको जप, पाठ आदि।
56402 पुरश्चरण / पुरश्चर्या ना. २. कुनै मन्त्रसिद्धिका निम्ति गरिने अनुष्ठान।
56403 पुरस्कार ना. कुनै काम गर्ने व्यक्तिलाई सो काम गरेबापत प्रशंसास्वरूप दिइने इनाम कुनै कठिन वा प्रशंसनीय काम गर्ने व्यक्तिलाई प्रोत्साहनका निम्ति दिइने पारितोषिक।
56404 पुरस्कार ना. २. राम्रो काम गर्ने व्यक्तिलाई गरिने आदर वा सम्मान।
56405 पुरस्कार ना. ३ राम्रो काम गर्ने व्यक्तिलाई सम्मानित गर्न वा उसको सामाजिक प्रतिष्ठा बढाउन दिइने वस्तु।
56406 पुरस्कृत वि. कुनै असल, नयाँ, कठिन वा प्रशंसनीय काम गरेबापत पुरस्कार दिइएको, आदर वा सम्मान गरिएको, पुरस्कार पाएको इनाम पाएको।
56407 पुरस्थ वि. सामुन्ने रहेको; अघिल्तिरको।
56408 पुरस्थापन / पुरस्थापना ना. सभा, बैठक आदिमा कुनै प्रस्ताव वा कार्यक्रम आदिलाई वैधानिक रूपले राख्ने काम; सभा, बैठक आदिमा प्रस्ताव आदि प्रस्तुत गर्ने काम।
56409 पुरस्थापित वि. पुरस्थापना गरिएको।
56410 पुरा ना. पहिले कसैले खाइसकेपछि खाएकै भाँडामा बाँकी रहेको खाना खाएर उब्रिएको खानेकुरा, कसैको जुठो भइसकेको खाना, अवशिष्ट भोजन; उच्छिष्ट भोजन।
56411 पुरा क्रि.वि. पहिले प्राचीन समयमा।
56412 पुरा क्रि.वि. वि. २. अतीतको प्राचीन पुरानो।
56413 पुरा क्रि.वि. ना. ३. पूर्व दिशा।
56414 पुराकथा ना. कुनै समूह, जाति वा राष्ट्रविशेषको परम्परागत लोककथा।
56415 पुराकथा ना. २. मनोविज्ञानका आधारमा मानव समाजमा सामूहिक रूपले परम्परादेखि नै अवचेतनमा रहिआएको कुनै ग्रन्थि, मिथक।
56416 पुराकल्प ना. धेरै पहिलेको युग, पुरानो युग प्राचीन युग।
56417 पुराजीवक ना. भूगर्भशास्त्रअनुसार जीवनको अस्तित्व भएका समयको विभाजन गर्दा सबभन्दा पहिलो खण्ड।
56418 पुराण ना. सृष्टि, स्थिति, लय आदिका साथै प्राचीन ऋषि, मन्वन्तर, राजवंश आदिका वृत्तान्त र देवी, देवता, तीर्थ आदिका माहात्म्यको समेत वर्णन गरिएका प्रसिद्ध अठार हिन्दु धर्मग्रन्थमध्ये कुनै एक।
56419 पुराण ना. २. हिन्दु समाजमा परम्परादेखि चलिआएका मनुष्य, देवता, दानव आदिका कथा।
56420 पुराण ना. 3. सृष्टि र सृष्टिदेखि भएका घटनाको सविस्तार वर्णन।
56421 पुराण ना. ४. लिच्छविकालीन नेपालमा प्रचलित चाँदीको टक, कार्षापण।
56422 पुराण ना. वि. ५. धेरै समयदेखि चलिआएको, पुरानो प्राचीन।
56423 पुराण ना. ६. थोत्रो जीर्ण।
56424 पुरातत्त्व ना. प्राचीन समयमा निर्माण भएका वा उपयोग गरिएका ऐतिहासिक तथा महत्त्वपूर्ण वस्तुको अध्ययन गर्ने विद्या, पुराना कला वा संस्कृतिको अनुसन्धान तथा अध्ययनसँग सम्बन्ध राख्ने विद्या।
56425 पुरातत्त्व ना. २. प्राचीन स्मारक संरक्षण ऐन, २०१३ ले तोकेअनुसार सय वर्षभन्दा पहिलेका वस्तुको अध्ययन गर्ने विद्या शास्त्र।
56426 पुरातत्त्वज्ञ ना. पुरातत्त्व सम्बन्धी कुराको ज्ञान भएको व्यक्ति, पुरातत्त्व सम्बन्धी विशेषज्ञ, पुरातत्त्वविद् व्यक्ति।
56427 पुरातत्त्वविद् वि. पुरातत्त्व सम्बन्धी कुराको ज्ञान भएको, पुरातत्व सम्बन्धी कुराको ज्ञाता पुरातत्त्वज्ञ।
56428 पुरातत्त्वशास्त्र- ना. प्राचीन समयका ऐतिहासिक विषयवस्तुको अध्ययन गर्ने शास्त्र, आर्कियोलजी।
56429 पुरातन ना. आदिकालको अतीतको प्राचीन, पुरानो।
56430 पुरातन ना. ना २. विष्णु।
56431 पुरतात्त्विक वि. पुरानो विचारको व्यक्ति, परम्परावादी व्यक्ति।
56432 पुरातात्त्विक वस्तु ना. प्राचीन समयका मानवले बनाएको अथवा उपयोग गरेको कुनै पनि चिज।
56433 पुरातात्त्विक वस्तु ना. २. प्राचीन स्मारक संरक्षण ऐन' ले तोकेअनुसार सय वर्षभन्दा पुरानो कलात्मक वा ऐतिहासिक महत्त्वको चिज।
56434 पुरातात्त्विक सङ्ग्रहालय ना. पुरातात्त्विक वस्तुहरूको सङ्ग्रह गरिएको स्थल वा घर।
56435 पुरानरवानर ना. अफ्रिकाको स्टर्क फाउन्टेन नाम गरेको ठाउँमा पाइएको मानवजस्तो नरवानर।
56436 पुरानियाँ वि. धेरै समय पहिलेदेखिको ; धेरै पहिलेदेखि चल्दै आएको।
56437 पुरानियाँ वि. २. अनुभवी, जानिफकार।
56438 पुरानु / पुरानो वि. धेरै अघिदेखि चलनमा आएको धेरै दिनदेखि चलनचल्ती भएको।
56439 पुरानु / पुरानो वि. २. धेरै समयअघिको; पहिलेको; प्राचीन।
56440 पुरानु / पुरानो वि. ३. थोत्रो जीर्ण।
56441 पुरानु / पुरानो वि. ४. अनुभवी, पुरानियाँ।
56442 पुरानु / पुरानो वि. स्त्री. पुरानी।
56443 पुरापात ना. कसैले खाएर छोडिएको तर कसैले खानलाई स्वीकार गरेको जुठो खानेकुरो ; पुरा, जुठोपुरो।
56444 पुरापाषाण ना. मध्य पाषाणयुगभन्दा पहिलेको समय, पाषाणयुगको प्रथम चरण।
56445 । पुरापुर वि. कुनै कुराको कमी नभएको, सबै कुराले पूर्ण भएको, भरिभराउ भएको, टनाटन भएको।
56446 । पुरापुर वि. २ चाहिएजति यथेष्ट।
56447 । पुरापुर वि. ३. भएजति सबै समस्त, समग्र, पूरा।
56448 । पुरापुर वि. क्रि.वि. ४. पूरै।
56449 पुराभूमध्यसागर ना. भूगर्भशास्त्रअनुसार आजभन्दा सात करोड वर्षपहिलेसम्म हिमाली क्षेत्रमा लहराइरहेको समुद्र।
56450 पुरालेख ना. पुराना, महत्त्वपूर्ण प्रामाणिक अभिलेख।