Dictionary

All Word

56301 पुनरुद्धार ना. एकपल्ट बनाई वा उद्धार गरिसकिएको वस्तु बिग्रँदा फेरि उद्धार गर्ने काम, जीर्णोद्धार।
56302 पुनरुद्धार ना. २. एकपल्ट उद्धार गरेको वस्तु वा व्यक्तिलाई गरिएको नयाँ उद्धार।
56303 पुनर्गठन ना. भइरहेको प्रशासनिक व्यवस्थामा छिटो छरितोपन ल्याउन कर्मचारीहरूको सरुवा, बढुवा वा खोसुवा गरी नयाँ तरिकाले व्यवस्था गर्ने काम, कर्मचारीहरूको नयाँ बन्दोबस्त, पजनी।
56304 पुनर्गठन ना. २. भइरहेको मन्त्रिमण्डल आदिलाई विघटित गरी आवश्यक परिवर्तनका साथ फेरि गठन गर्ने काम।
56305 पुनर्गठन ना. ३. एक पटक विघटित भइसकेको सङ्घ, संस्था, परिषद् आदिको फेरि गठन गर्ने काम।
56306 पुनर्गठित वि. पुनर्गठन भएको।
56307 पुनर्जन्म ना. एक पटक जन्मेर मरिसकेको प्राणीले फेरि जन्म लिने काम।
56308 पुनर्जन्म ना. २ एकपल्ट नाश भएर पुनः भएको उत्पत्ति, पुनरुत्पत्ति।
56309 पुनर्जन्मवाद ना. प्राणीको मृत्युपछि पुनर्जन्म हुन्छ भन्ने कुरामा विश्वास गर्ने मत वा सिद्धान्त, जन्मान्तरमा पनि विश्वास गर्ने सिद्धान्त; जन्मान्तरवाद।
56310 पुनर्जन्मवादी वि. कुनै सङ्घ, संस्थामा वा पद वा का पाएको व्यक्तिको नियुक्तिको मिति सकिएपछि उसैलाई फेरि नियुक्त गर्ने काम।
56311 पुनर्जन्मवादी वि. २. कुनै पद वा काममा पहिले कसैको नियुक्ति।
56312 पुनर्जल ना. जल आदिको कमी पूरा गर्नका लागि रक्तवाहिनी नीबाट सुईमार्फत शरीरमा पसाइने जल, सेलाइन।
56313 पुनर्जलीयता ना. शरीरबाट निक्लिएका तरल पदार्थको सन्तुलन राख्न शरीरमा तरल पदार्थ दिने काम; सेलाइन दिने क्रिया।
56314 पुनर्जागरण ना. साहित्य, संस्कृति, कलाकौशल आदिको पुनरुत्थान।
56315 पुनर्जागरण ना. २. त्यस्ता कुराको पुनरुत्थानको समय।
56316 पुनर्जागृत वि. फेरि जागेको।
56317 पुनर्जागृति ना. पुनर्जागरण।
56318 पुनर्जीवन ना. मृतप्रायः प्राणीलाई कुनै उपायले फेरि जीवन दिने काम।
56319 पुनर्जीवन ना. २. सामाजिक, आर्थिक आदि दृष्टिले बरबाद भइसकेका व्यक्तिलाई फेरि सपार्ने काम।
56320 पुनर्जीवित वि. फेरि जिउँदो भएको, मरेर बाँचेको, पुनर्जीवन प्राप्।
56321 पुनर्नव वि. फेरि नयाँ भएको, पुनर्नवीन।
56322 पुनर्नवा ना. लाम्चा पात हुने, सानासाना डाँठको रङअनुसार तीन किसिमको (रातो डाँठ भए रातो, सेतो डाँठ भए सेतो र निलो डाँठ भए निलो) फूल फुल्ने र तरकारीका रूपमा समेत खाइने एक भार, पिसाब, दिसा, दम, कफ, पेट आदि रोगमा फलामको कमसम्बन्धी रोगमा र पहेँलो ज्वर, बाथ, नेत्रविकार आदि रोगमा समेत हितकर मानिएको जरा हुने वनस्पतिविशेष।
56323 पुनर्नवा ना. २. फेरिफेरि जन्मने वस्तु नङ।
56324 पुनर्नवीकरण ना. एकपल्ट बिग्रिएको, भत्किएको वा कुनै कारणले मैलो भएको वस्तु वा कुनै मालसामानलाई फेरि नयाँ बनाउने काम।
56325 पुनर्नवीकरण ना. २. म्याद सिद्धिन लागेको वा सिद्धिसकेको सन्धि, सम्झौता आदिलाई फेरि पहिलेको जस्तै रूप वा नयाँ रूप दिने काम।
56326 पुनर्नवीकरण ना. ३. संविधानका कुनै धारा वा ऐननियमका कुनै दफामा तोकेको म्याद सकिएर निष्क्रिय भएपछि फेरि घोषणाद्वारा सक्रिय पार्ने काम।
56327 पुनर्नवीकरण ना. ४. परिस्थितिवश धमिलिएको वा रोकिएको काम- कुरोलाई नयाँ रूप दिने वा फेरि सुरु गर्ने काम।
56328 पुनर्नवीकरण ना. ५. बन्दुक, रेडियो आदिको लाइसेन्सलाई नियमानुसार म्याद थपी फेरि नयाँ रूप दिने काम।
56329 पुनर्नवीन वि. फेरि नयाँ भएको, पुनर्नव।
56330 पुनर्नियुक्त वि. फेरि भर्ना भएको, फेरि नियुक्त भएको।
56331 पुनर्नियुक्ति ना. कुनै सङ्घ, संस्थामा वा पद वा का पाएको व्यक्तिको नियुक्तिको मिति सकिएपछि उसैलाई फेरि नियुक्त गर्ने काम।
56332 पुनर्नियुक्ति ना. २. कुनै पद वा काममा पहिले कसैको नियुक्ति भएकोमा त्यसै पद वा काममा फेरि उसैलाई वा अरू कसैलाई नियुक्त गर्ने काम।
56333 पुनर्निर्माण ना. बिग्रेको, भत्केको कुनै वस्तुलाई फेरि बनाउने नर्मित नै वस्तुको फेरि निर्माण गर्ने काम, फेरि गरिएको निर्माण।
56334 पुनर्निर्मित वि. पुनः निर्माण गरिएको, बिग्रेपछि मर्मत गरिएको।
56335 पुनर्निर्वाचन ना. एकपल्ट निर्वाचन भइसकेको ठाउँमा कारणवश फेरि निर्वाचन गर्ने काम।
56336 पुनर्निर्वाचित वि. फेरि निर्वाचनमा विजयी भएको, फेरि चुनिएको वा छानिएको।
56337 पुनर्भुक्तान ना. एक पटक भुक्तान भइसकेको कुरामा फेरि भुक्तान दिने वा गर्ने काम।
56338 पुनर्भुक्तान ना. वि. २. पुनर्भुक्तान गरिएको।
56339 पुनर्भुक्तानी ना. पुनर्भुक्तान।
56340 पुनर्भू ना. पहिलेको लोग्ने मरी वा मन नपरी अर्कोसँग फेरि विवाह गर्ने स्त्री; पोइले ल्याइते।
56341 पुनर्भूपति ना. पोइले स्त्रीको पति।
56342 पुनर्भूपति ना. २. विधवाको पति।
56343 पुनर्मिलन ना. एकपल्ट बिछोड भइसकेकाको फेरिफेरि भेट हुने क्रिया वा काम।
56344 पुनर्मिलन समारोह- ना. विद्यालय, महाविद्यालय आदिको नयाँ सत्र सुरु भएपछि नयाँपुराना छात्रछात्राहरू भेला भई एकले अर्कोसँग परिचय गर्ने र जलपान आदि आनन्दोत्सव मनाउने कार्यक्रम।
56345 पुनर्मिलन समारोह- ना. २. नाटक आदिमा भाग लिने कलाकारहरू एकत्रित भएर एकअर्कासँग भेट्ने र आनन्दोत्सव मनाउने कार्यक्रम प्रीति- मिलनको कार्यक्रम।
56346 पुनर्मुद्रण ना. फेरि मुद्रित गर्ने कार्य, नयाँ छपाइ।
56347 पुनर्मुद्रण ना. २. फेरि टाइप गर्ने कार्य।
56348 पुनर्मुद्रित वि. एकपल्ट छापिएको पुस्तक, पत्रपत्रिका आदिको खपत भइसकेपछि फेरि छापिएको।
56349 पुनर्मुद्रित वि. २. फेरि दोहोरिएर टाइप गरिएको।
56350 पुनर्मूल्यन ना. कुनै वस्तु वा मुद्रा आदिको मूल्यमा अन्यत्र फेरबदल हुँदा पनि नयाँ मूल्यमै लिइएको अडान।