Dictionary

All Word

56251 पुत्लो ना. ३. जीवतत्त्व; सत्त्व।
56252 पुदिना ना. बाबरी झारको जस्तो पात हुने, वनस्पतिविज्ञानका दृष्टिले बाबरीकै जातको साधारण, हरिया, बास्ना आउने पात हुने, सानासाना फूल फुल्ने एवम् अचार आदि खाइने एक प्रकारको भार, बाबरीभार।
56253 पुदिनाकार ना. पुदिना।
56254 पुदिनाकार ना. २. सिलामका जस्ता पात हुने एक थरी झार।
56255 पुन क्रि.वि अर्को पटक फेरि।
56256 पुनः परीक्षण ना. कुनै परीक्षकले एकपल्ट जाँचिसकेको उत्तरपुस्तिकालाई ठिकसँग जाँचिएको छ-छैन भनी पुनः अर्को परीक्षकले जाँच्ने काम, सम्परीक्षण।
56257 पुनः परीक्षण ना. २. आफूले दिएको जाँचको प्राप्ताङ्क सन्तोषप्रद नलागी नियमानुसार निवेदन दिएमा सम्बन्धित उत्तरपुस्तिकालाई फेरि जँचाउने काम।
56258 पुनः परीक्षण ना. ३. एकपल्ट परीक्षण भइसकेको कुराको फेरि परीक्षण गराउने काम।
56259 पुनःपरीक्षा ना. कुनै परीक्षामा सम्मिलित कुनै विद्यार्थी त्यस परीक्षामा असफल भएमा त्यसै परीक्षालाई नियमानुसार फेरि दिन पाउने व्यवस्था।
56260 पुनःपरीक्षा ना. पुनः प्रवेश ना कुनै शिक्षण संस्थामा पढिरहेको छात्रको नाम कारणवश एकपल्ट काटियो भने फेरि नाम लेख्ने काम।
56261 पुनः प्रवेश शुल्क ना. शिक्षण संस्था वा अन्य सङ्घ-संस्थाको सदस्य भएका व्यक्तिको सदस्यताको अवधि नियमानुसार समाप्त भएपछि फेरि सदस्य बन्नका लागि लाग्ने शुल्क।
56262 पुनः प्रवेश शुल्क ना. २. शिक्षण- संस्थामा पढिरहेको छात्रको नाम कारणवश काटिएपछि फेरि नाम लेखाउनका लागि लाग्ने शुल्क।
56263 पुनर् क्रि.वि फेरि पुनः ( केही सघोष ध्वनिका साथ सन्धि हुँदाको पुनः' को रूप जस्तै - पुनर्विचार, पुनर्निर्माण इ.)।
56264 पुनरधिनियम ना. पुनर्विधायन।
56265 पुनरपि क्रि.वि फेरि पनि फेरि।
56266 पुनरवलोकन ना. एकपल्ट सर्वोच्च अदालतबाट निर्णय भई जितहार भइसकेको मुद्दामामिलामा हार्नेले चित्त नबुझी मुद्दा फेरि दोहोऱ्याउनका लागि प्रधान न्यायाधीशसमक्ष निवेदन दिएमा सो निवेदनका आधारमा उक्त मुद्दा फेरि हेरिने वा दोहोरिने कानुनी प्रक्रिया; रिटउपर गरिने कार्बाही ; पुनरावलोकन।
56267 पुनरस्त्रीकरण ना. सेनालाई नयाँनयाँ आधुनिक शस्त्रास्त्रले सुसज्जित गर्ने काम।
56268 पुनरस्त्रीकरण ना. २. शस्त्रास्त्राविहीन पारिएको कुनै देशको सेनालाई फेरि शस्त्रास्त्रले युक्त पार्ने काम।
56269 पुनरस्त्रीकरण ना. ३. शस्त्रास्त्रको भण्डारलाई फेरि बढाउने काम।
56270 पुनरागमन ना. एकपल्ट गइसकेको व्यक्ति वा वस्तु फेरि आउने काम फर्केर फेरि आउने काम।
56271 पुनरागमन ना. २. फेरि जन्म लिने काम, पुनर्जन्म।
56272 पुनरारोपण ना. काटिएर वा भाँचिएर छुट्टिएका वा कुनै कारणले काम नलाग्ने भएका अङ्गलाई फाली अर्काको अङ्ग जोडेर पहिलेको जस्तै पार्ने क्रिया।
56273 पुनरारोपण ना. २ एकपल्ट फाँडिएर खुइलिएको ठाउँमा फेरि बोटबिरुवा लगाउने कार्य।
56274 पुनरालोकन ना. पुनरवलोकन।
56275 पुनरावर्तक वि. एकपल्ट गइसकेको कुरालाई फेरि फर्काउने।
56276 पुनरावर्तक वि. २. फेरिफेरि फर्कने।
56277 पुनरावर्तन ना. पुनरागमन।
56278 पुनरावर्ती वि. एकपल्ट गएर फेरि फर्कने, फेरि-फेरि आउने।
56279 पुनरावलोकन ना. हे. पुनरवलोकन।
56280 पुनरावृत्त वि. फेरि आवृत्ति गरिएको, पुनः दोहोऱ्याइएको।
56281 पुनरावृत्ति ना. एकपल्ट भइसकेको कुरा फेरि दोहोरिने वा गरिसकेको कुरालाई फेरि दोहोऱ्याउने काम।
56282 पुनरावृत्ति ना. २. नयाँ आवृत्ति।
56283 पुनरावेदक ना. पुनरावेदन दिने व्यक्ति।
56284 पुनरावेदन ना. तल्लो अदालतबाट निर्णय भई हारजित भइसकेपछि हार्ने पक्षले आफ्नो चित्त नबुझेका कुराको जिकिरसहित माथिल्लो अड्डामा विचारार्थ पेस गरिने प्रार्थनापत्र; तल्लो अदालतबाट हार्नेले पुनः विचार गरियोस् भनी माथिल्लो अड्डामा दिने निवेदन।
56285 पुनरावेदन पत्र ना. पुनरावेदन।
56286 पुनरीक्षण ना. कुनै कुरा छुटेको, भुल भएको वा संशोधन गर्नुपर्ने दृष्टिले अड्डाअदालतका कागतपत्र, पुस्तक, लेख, रचना वा आयव्ययको बेहोरा आदि सुरुदेखि नै हेर्ने वा पढ्ने काम कागतपत्र, पुस्तक, लेख, रचना वा आयव्ययको बेहोरा आदि संशोधन गर्ने काम।
56287 पुनरीक्षण ना. २. मुद्दामा गरिएको निर्णय वा फैसला ठिक भएनभएको बुझ्न दोहोऱ्याएर हेर्ने काम।
56288 पुनरीक्षित वि. पुनरीक्षण गरिएको संशोधि।
56289 पुनरीक्षित पाठ ना. पुनरीक्षण गरिएको पाठ, संशोधित पाठ।
56290 पुनरुक्त वि. एकपल्ट भनिसकिएको कुरा फेरि भनिएको, दोहोऱ्याइएको।
56291 पुनरुक्त वि. २. पुनरावृत्।
56292 पुनरुक्तवदाभास ना. वास्तवमा नभनिएको वा नदोहोरिएका कुराको भनिएको वा दोहोरिएको जस्तो प्रतीति।
56293 पुनरुक्तवदाभास ना. २. साहित्यमा नभनिएको वा नदोहोरिएको कुरा भनिएको वा दोहोरिएको जस्तो प्रतीत भएको देखाउँदा पर्ने अलङ्कार।
56294 पुनरुक्ति ना. एकपल्ट भनिसकिएको कुराको पुनः कथन, कुनै कुरालाई दोहोर भन्ने काम।
56295 पुनरुत्थान ना. एकपल्ट तल खसेर फेरि माथि उठ्ने काम।
56296 पुनरुत्थान ना. २. एकपल्ट निम्न तहमा झरेर फेरि माथिल्लो तहमा पुग्ने काम।
56297 पुनरुत्थान ना. ३. एकपल्ट अवनति भइसकेकाको फेरि उन्नति हुने काम।
56298 पुनरुत्पत्ति ना. फेरि उत्पत्ति हुने काम, पुनर्जन्म।
56299 पुनरुत्पन्न वि. फेरि उत्पन्न भएको वा पुनः जन्मिएको।
56300 पुनरुत्पादन ना. एकपल्ट उत्पादन भएर रोकिएको वस्तुको फेरि उत्पादन - आरम्भ।