Dictionary

All Word

56351 पुनर्योग ना. परीक्षामा पाएको अङ्कमा चित्त नबुझी नियमानुसार निवेदन दिएमा पुनः जोड्ने काम।
56352 पुनर्योग ना. २. दोहोऱ्याएर गरिने जोड।
56353 पुनर्रोपण ना. एक पटक रोपिएको ठाउँमा फेरि रोप्ने काम।
56354 पुनर्रोपण ना. २. एक पटक बिरुवा आदि उखेलेर त्यस ठाउँमा फेरि पनि बिरुवा आदि रोप्ने काम।
56355 पुनर्लेखन ना. कुनै पुस्तक, पत्रपत्रिकाका सामग्री आदिलाई मूल सामग्रीका आधारमा प्रकारान्तरबाट लेख्ने काम।
56356 पुनर्लेखन समिति ना. एक पटक लेखिएका त्यस्ता सामग्रीलाई दोहो-यई लेखेर तयार पार्न बनेको समिति।
56357 पुनर्वसु ना. अश्विनी आदि सत्ताइस नक्षत्रमध्ये एक, सातौँ नक्षत्र।
56358 पुनर्वास ना. कतैबाट लखेटिएर वा देशनिकाला भएर घरबारविहीन भएकाहरूलाई घरजग्गा दिई फेरि बसाउने काम घरबारविहीन भएकाहरूको बसोबासोको प्रबन्ध मिलाउने काम।
56359 पुनर्वास ना. पुनर्वास कार्यक्रम ना पुनर्वासका निम्ति सरकारी स्रोतबाट अँगालिएको कार्यक्रम।
56360 पुनर्वास योजना ना. पुनर्वास वा बसोबासोको समस्यासमाधानका लागि नयाँ बस्ती बसाउन सरकारी रूपमा तयार पारिएको योजना।
56361 पुनर्विचार ना. एकपल्टको विचारमा चित्त नबुझी गरिएको अर्को विचार।
56362 पुनर्विचार ना. २. एक पटकको विचार ठिक भए नभएको जान्न गरिएको अर्को विचार।
56363 पुनर्विचार ना. ३. फेरि देखाइएको करुणा, दया वा सहानुभूति।
56364 पुनर्विचार न्यायाधिकरण ना. विशेष प्रकृतिका मुद्दामामिलाका सम्बन्धमा फेरविचार गर्न खडा भएको विशेष अदाल।
56365 पुनर्विचार न्यायालय ना. तल्लो तहको अदालतमा निर्णय भइसकेको मुद्दामामिलाका सम्बन्धमा फेरि विचार गर्ने माथिल्लो तहको अदालत, पुनरावेदन सुन्ने अदाल।
56366 पुनर्विधायन ना. भइरहेको कुनै विधान, ऐन, कानुन, नियम, अधिनियम आदिको पुनः तर्जुमा गर्ने काम पुनरधिनियम।
56367 पुनर्विलोकन ना. तल्लो तहको अदालतले तोकेको दण्ड, जरिवाना वा दिएको कुनै आदेशका सम्बन्धमा माथिल्लो तहको अदालतले फेरि विचार गर्ने काम।
56368 पुनर्विलोकन ना. २. एक तहले छिनेर तोक लगाइसकेको मामिला अर्को तहले फेरि दोहोऱ्याउने वा उल्टाउने काम।
56369 पुनर्विलोकन ना. ३. बितिसकेको घटनाका सम्बन्धमा फेरि विचार गर्ने काम।
56370 पुनर्विवाह ना. एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको फेरि विवाह गर्ने काम एक पटक विवाह भइसकेका स्त्री वा पुरुषको अर्कोपल्ट गरिने विवाह।
56371 पुनर्विवाहित वि. फेरि विवाह भएको।
56372 पुनर्विवाहिता वि. फेरि विवाह भएकी।
56373 पुनर्व्याख्या ना. एक पटक एक किसिमको व्याख्या भइसकेका कुराको फेरि व्याख्या उस्तै वा भिन्न रूपमा दोहोऱ्याउने काम।
56374 पुनर्व्याख्यान ना. फेरि उही विषयमा दिइएको व्याख्यान वा प्रवचन।
56375 पुनश्च क्रि.वि. फेरि पनि।
56376 पुनश्चर्वण ना. एक पटक निलिसकेको कुरालाई उकेलेर फेरि चपाउने काम उग्राउने काम; पागुर, उग्राइ।
56377 पुनस ना. पूर्वजन्म, धर्म तथा पुराणअनुसार अघिल्लो जुनी।
56378 पुनस ना. २. पूर्वजन्मका कर्मको फल, प्रारब्ध, भाग्य।
56379 पुनस ना. (पुनसमा छैन भने केही पाइँदैन भन्ने कतिको धारणा छ तापनि वैज्ञानिक दृष्टिले यसलाई सत्य मानिएको छैन)।
56380 पुनीत वि. पवित्र; चोखो; शुद्ध।
56381 पुन्टे वि. सानो कदको देख्दा राम्रो र मायालाग्दो, सानुसानु जिउडालको पुटुक्क परेको।
56382 पुन्टो वि. पुड्को, भुन्टो।
56383 पुन्तुरो ना. पन्तरो।
56384 पुन्नाग ना. ससाना बाटुला पात, गुच्छाकार फल र सुगन्धयुक्त फूल हुने एक जातको चाँप।
56385 पुन्नाग ना. २. सेतो कमल।
56386 पुन्नाग ना. ३. जाइफल।
56387 पुमोरी ना. नेपालको सोलुखुम्बु जिल्लामा पर्ने एउटा हिमाली पर्वतश्रेणी पुमोरी हिमाल।
56388 पुर्नु स.क्रि. खाल्टो वा गहिरो ठाउँलाई कुनै उपायले २. खरो ठाउँलाई माटो आदि हाली उकास्नु।
56389 पुर्नु स.क्रि. ३. कुनै वस्तु खाल्टोमा हाली माटो आदिले छोप्नु।
56390 पुर्नु स.क्रि. ४. धनमाल आदि प्रशस्त दिनु पोस्नु।
56391 पुर्नु स.क्रि. ५. जनैको धागो सङ्लनु।
56392 पुर ना. नगर, सहर बजार।
56393 पुरतोरण / द्वार ना. नगरमा प्रवेश गर्ने मूल ढोका, सहरको बाहिरी ढोका, सहरको प्रथम प्रवेशद्वार, गोपुर।
56394 पुरनी ना. लाम्चा पात, काला गोला फल र राता हुने, आयुर्वेदमा रुचिकारक र पथ्य गुण बताइएको एक जातको अङ्गुर वा दाखजातिको लहरो, सुपर्णी, पलाशी, पुरुनी।
56395 पुरनी ना. लुगामा धागोले भरिने बुट्टा।
56396 पुरनी ना. २. घरको भित्तामा कमेरो, रातो माटो, खोटो आदिले लेखेर बनाइने एक प्रकारको बुट्टा; भित्तिचित्र।
56397 पुरन्दर ना. इन्द्रः शचीपति।
56398 पुरपार ना. माटो, ढुङ्गा आदिले खाल्टाखुल्टी भर्ने काम, खाल्टाखुल्टी पुर्ने काम।
56399 पुरपार ना. २. कुनै वस्तुलाई जमिनभित्र गाडेर छोपछाप पार्ने काम गाड्ने काम, गाडगुड, छोपछाप।
56400 पुरवासी वि. सहरका निवासी; सहरिया; सदरिया।