Dictionary

All Word

57651 पोसाके ना. चाहिएको बेलामा पोसाक अगिल्तिर ल्याएर राखिदिने वा पोसाक पहिराउने व्यक्ति।
57652 पोसाके ना. २. पोसाकसम्बन्धी काम गर्ने व्यक्ति।
57653 पोसाके ना. वि. ३. पोसाकको पोसाकसम्बन्धी।
57654 पोसिनु क.क्रि. पोसाइ प्राप्त गरिनु।
57655 पोसिनु क.क्रि. स.क्रि. २. पालनपोषण गरिनु पालिनु।
57656 पोसिलो वि. शरीरलाई हष्टपुष्ट बनाउने, मोटो, बलियो बनाउने तागत दिने; पौष्टिक।
57657 पोस्ट ना. हुलाक।
57658 पोस्ट ना. २. पद, दर्जा।
57659 पोस्ट ना. ३. खाँबो।
57660 पोस्ट ना. ४. चौकी।
57661 पोस्ट अफिस ना. हुलाक, हुलाकघर, डाकघर, डाकखाना।
57662 पोस्ट कार्ड ना. बाक्लो, लाम्चो, चार कुना परेको, चिठी लेख्ने कार्ड, चिठीपत्र लेख्ने कार्ड, टाढा-टाढा पठाउने निम्तो, शुभकामनापत्र आदि।
57663 पोस्ट ग्रजुएट / ग्य्राजुएट वि. स्नातक भइसकेको, स्नातकोत्तर।
57664 पोस्ट बक्स ना. हुलाकद्वारा पठाउनुपर्ने चिठी खसाल्नका राखिएको बाकस, पत्रमञ्जूषा।
57665 पोस्ट मार्टम ना. भवितव्य वा कर्तव्यले कसैको शङ्कास्पद मृत्यु भएमा वा कोही व्यक्ति दुर्घटनामा परी मरेमा डाक्टरहरूद्वारा मर्नेको लास जाँच्ने काम लासजाँच।
57666 पोस्ट मास्टर ना. डाकखानाको हाकिम, पोस्ट अफिसको मुख्य कर्मचारी।
57667 पोस्ट म्यान ना. हुलाकी, हल्कारो।
57668 पोस्टर ना. सर्वसाधारणको जानकारीका लागि नारा, माग आदि ठुलठुला अक्षरमा लेखी आवश्यकताअनुसार चित्र समेत बनाई भित्ता आदिमा टाँसिने पत्र एक प्रकारको विज्ञापनपत्र भित्ते प्रचारपत्र।
57669 पोस्टाचार्य ना. आचार्य परीक्षा उत्तीर्ण गरेपछि तीन वर्षसम्म अध्ययन गरी विशिष्ट परीक्षा उत्तीर्ण भएर पाइने एक उपाधि।
57670 पोस्त ना. अफिमको फल, खसखसको दाना।
57671 पोस्तक ना. हे. पुस्तक।
57672 पोस्ता ना. अफिम।
57673 पोस्तिन ना. पुस्तकको भित्री पृष्ठावरणसँग टाँसिएर रहेको खाली पाना।
57674 पोस्ती ना. खोजेका बेलामा पाइने गरी राम्रोसित मिलाएर मिसिल राख्ने काम (फाइल सिस्टम)।
57675 पोस्ती ना. २. मिसिलभित्र रहेका कागतको विषय खोली ढकनका रूपका राखिएको कागत मिसिलसूची, पञ्जिका।
57676 पोस्ती ना. ३. वादीप्रतिवादीका नाउँ, थर, वतन र मुद्दादारी आदिको बेहोरा बाहिरबाटै देखिने गरी लेखिएको मिसिलकै बाहिरपट्टि रहने कागत; पुस्ती।
57677 पोस्याइ ना. पोस्ने क्रिया वा प्रक्रिया।
57678 पोस्याइनु क.क्रि. पोस्न लगाइनु पोसिलो तुल्याइनु।
57679 पोस्याउनु प्रे. क्रि. पोस्न लाउनु।
57680 पोस्याउनु प्रे. क्रि. स.क्रि. २. पोसिलो 'तुल्याउनु।
57681 पोहटा ना. हे. पवटा।
57682 पोहर/ पोहोर ना. गएसाल अघिल्लो वर्ष एक वर्षपहिलेको वर्ष गत वर्ष।
57683 पोहर/ पोहोर ना. क्रि.वि. २. पोहोर गत वर्षमा।
57684 पोहोरो ना. कुखुराको कोरलो पोथी, फुल पार्ने बेलाको कुखुरो।
57685 पौं ना. पिरो, अमिलो, नुनिलो वा गुलियो स्वाद हुने, केही रातो वा केही कालो माडाजस्तो खानेकुरो, माडाको विशेष प्रकार।
57686 पाँच ना. पहुँच पुगाइ।
57687 पाँच ना. २. शक्ति।
57688 पाँचनु अ.क्रि. ताकेका ठाउँमा पुग्नु सामेल हुनु।
57689 पौंचनामा ना. पहुँचनाम।
57690 पाँचाइ ना. पौचने वा पौचाउने क्रियाप्रक्रिया।
57691 पौंचाइनु क.क्रि. पाँचने पारिनु।
57692 पौंचाउनु स.क्रि. / प्रे.क्रि. पुऱ्याउनु सामेल गराउनु।
57693 पौंजा ना. पन्जा (सोझा औँलासहितको हत्केलो वा नङ्ग्रासहितको मुठी); लबटो।
57694 पौंजा फुलाइ ना. कुट्न वा झम्टन पौंजा दला पारेर फिँजाउने काम।
57695 पौंठा ना. बियाउने गाई-भैंसीका पुच्छरका फेदका दुईपट्टि उठेको मांसल भाग वा लोला।
57696 पौंठा बसाइ ना. नबियाउँदै तर बियाउने समय नजिक आइसकेपछि गाई-भैंसी आदि स्त्री- पशुका पुच्छरका फेदमा दुवैतिर गहिरो हुँदै जाने अवस्था।
57697 पौंठा ना. दुई हातका नारी, पाखुरा, मणिबन्ध।
57698 पौंठाजोरी ना. परस्परमा हातका नारी समातेर तान्दै बल देखाउने प्रक्रिया।
57699 पौंठे वि. पौंठोसम्बन्धी।
57700 पौंठेजोरी ना. एउटाले अर्काको नारी अँठ्‌याउँदै बल प्रदर्शनका लागि खेलिने दुई जनाको खेल, पौठाजोरी।