Dictionary

All Word

57701 पौंठो ना. नारी; पाखुरो, बाहु।
57702 पौंडो ना. नब्याएको भैंसी, थारो भैंसी।
57703 पौंडो ना. २. बकेर्नो पाडो।
57704 पौंती ना. बिर्को हुने एक प्रकारको ढक्की।
57705 पौगण्ड ना. बालबालिकाको पाँचदेखि दश वर्षसम्मको उमेर।
57706 पौगण्ड ना. वि. २. पाँच वर्षदेखि दश वर्षसम्मका उमेरको।
57707 पौड्नु अ.क्रि. नडुब्नका लागि हात- गोडा चालेर पानीमा खेल्नु पानीमा हातगोडाले खियाउनु।
57708 पौड्नु अ.क्रि. २. काठ आदि वस्तु पानीमा उत्रेर बग्नु।
57709 पौडाइ ना. पौडने क्रिया वा प्रक्रिया।
57710 पौडाइनु क.क्रि. पौडन लाइनु, पौडने पारिनु।
57711 पौडाउनु प्रे. क्रि. पौडन लाउनु, पौड़ने पार्नु।
57712 पौडिनु अ.क्रि. पौडनु।
57713 पौडिनु अ.क्रि. २. पौडने होइन।
57714 पौडी ना. पानीमा हातगोडा चालेर तैरिंदै खेलिने खेल, जलक्रीडा; पौरी।
57715 पौडीबाज ना. पौडी खेल्न सिपालु मान्छे।
57716 पौडो ना. दुईमुखे चुलाका बिचको भाग, पोतो।
57717 पौत्र ना. छोराको छोरो नाति।
57718 पौत्र ना. वि. २. छोराको छोरासम्बन्धी।
57719 पौत्री ना. छोराकी छोरी, नातिनी।
57720 पौन ना. प्राणवायु सास।
57721 पौन ना. २. श्वास-प्रक्रिया।
57722 पौनी ना. पहुनी, पुहुन्की।
57723 पौनीपात ना. पुहुन्कीका रूपमा पाइने वस्तु।
57724 पौनीसाँप ना. एक प्रकारको साँप, सिरिसे।
57725 पौनीसाँप ना. हुन्कीपा।
57726 पौने वि. कुनै सङ्ख्या वा परिमाणको चार भागमध्ये तीन भाग मात्र भएको।
57727 पौने वि. ना. २. चार खण्डको तीन खण्ड, तीनचौथाई।
57728 पौबा ना. कागत, कपडा आदिमा देवदेवीहरूका चित्र लेखिएको प्राचीन शैलीको चित्रपट, थाङ्का।
57729 पौबाह ना. हे. पोटबाह।
57730 पौर वि. नगरमा हुने वा बस्ने, नगरसम्बन्धी; नगरको।
57731 पौर वि. ना. २. नगरनिवासी, सहरिया ; नागरिक।
57732 पौरख ना. पौरुष, पुरुषार्।
57733 पौरख ना. २. कमाइ, आर्जन।
57734 पौरखी वि. पुरुषार्थी।
57735 पौरखी वि. २. उद्यमी, व्यवसायी; कमाउने।
57736 पौरख्याइँ ना. पौरखको भाव।
57737 पौरख्याइँ ना. २. पुरुषार्थ, पौरख।
57738 पौरस्त्य वि. हे. पूर्वीय।
57739 पौराणिक वि. पुराणमा भएको, पुराणको, पुराणसम्बन्धी।
57740 पौराणिक वि. २. प्राचीन कालको पुरानो समयको।
57741 पौराणिक वि. ना. ३. पुराण भन्न जान्ने मान्छे पुराणवाचक।
57742 पौरुष वि. पुरुषसम्बन्धी, पुरुषको।
57743 पौरुष वि. ना. २. पुरुषको भाव वा अवस्था, पुरुषत्व।
57744 पौरुष वि. ३. सामान्य रूपले पुरुषमा हुने विशेषता तथा गुण, पुरुषार्थ, पौरख, पराक्रम।
57745 पौरुषेय वि. पुरुषले निर्माण गरेको मान्छेले बनाएको।
57746 पौरुषेय वि. २. मानवीय, पुरुषसम्बन्धी।
57747 पौरुषेय वि. ना. ३. पुरुषको काम।
57748 पौरो ना. अगेनु।
57749 पौरोहित्य ना. समयसमयमा जजमानका घरमा गई पुरोहितले गर्ने कर्मकाण्ड र संस्कार आदिसम्बन्धी काम, पुरेतले गर्ने काम,जजमानी।
57750 पौरोहित्य कर्म ना. जजमानी काम।