Dictionary

All Word

57801 प्याकेट ना. भित्र कुनै वस्तु वा मालसामान राखी बाहिरबाट कपडा, कागत आदिले बेहेको, बाँधेको वा सिएको पोको, सानोतिनो पोको चुरोट, सलाई आदिको बट्टा।
57802 प्याक्क क्रि.वि. हिर्काउँदा हलुको किसिमले लाग्ने गरी।
57803 प्याक्क क्रि.वि. २. मर्दा मुख बाउने गरी।
57804 प्याक्क क्रि.वि. ३. एकाएक उम्रिने गरी।
57805 प्याक्क क्रि.वि. ४. सोचविचार नगरी त्यसै बोलेर प्याच्च।
57806 प्याक्क क्रि.वि. वि. ५. हलुङ किसिमले प्रहार गरिएको।
57807 प्याक्क क्रि.वि. ६. उघ्रिएको।
57808 प्याक्क क्रि.वि. ७. असावधानीपूर्वक भनिएको।
57809 प्याङ ना. पिउरी आदि राख्नका निम्ति बाँसका गिद्राबाट बनाइएको बट्टा।
57810 प्याङ पायी ना. आठ माना वा एक पाथी भर्ने बाँस आदिका गिद्राबाट बनेको भाँडो।
57811 प्याखर ना. बालीनाली नलाग्ने कमसल जमिन, उब्जनी नहुने जमिन, अनुर्वरा भूमि पेखर।
57812 प्याच पाकेट ना. सफारी-सर्ट वा अन्य त्यस्तै कपडामा बाहिरैपट्टिबाट टाँसेर लगाइने एकसरो खल्ती, टँसुवा गोजी।
57813 प्याच्च क्रि.वि. पछि के- कसो पर्छ भन्ने विचार नगरीकन मन लागेको कुरा उच्चारण गरेर, सोचविचार नगरीकन बोलेर प्वाक्क।
57814 प्याच्च क्रि.वि. २. असावधानीका साथमा थुकेर।
57815 प्याच्चपुच्च / प्याच्च क्रि.वि. सोचविचार नगरीकन बारबार बोलेर।
57816 प्याज ना. तरकारी, मसला र औषधीका काममा समेत प्रयोग गरिने, उग्र गन्ध भएको, गोलाकार (लसुनसँग मिल्ने) पत्रैपत्रबाट बनेको कन्द, आयुर्वेदमा अग्निवर्द्धक, वीर्यवर्द्धक, रुचिकारक, विषनाशक र ठन्डा गुण मानिएको एक प्रसिद्ध कन्द।
57817 प्याजी वि. सुकेको प्याजका बोक्राको जस्तो रङ हुने, रातो, निलो मिसिएको हल्का रङको बैजनी रङको ना. २. प्याजबाट बनेको पकोडा।
57818 प्याटप्याट क्रि.वि. बारम्बार प्याट्ट ध्वनि निकालेर।
57819 प्याटप्याट क्रि.वि. २. लगातार पिटेर वा ठटाएर प्याट्ट प्याट्ट पारी।
57820 प्याट्ट क्रि.वि. लबटा, लट्ठी आदिले पिट्दा एकै चोटि मात्र लाग्ने गरी हलुका किसिमले लाग्ने गरी।
57821 प्याट्ट क्रि.वि. २. कुनै भाँडाकुँडा आदि एकै चोटि फुट्ने किसिमले पट्ट।
57822 प्याड ना. चिठीपत्र आदि लेख्ने काममा प्रयोग गरिने टाउकामा कार्यालय वा सम्बन्धित व्यक्तिको नाम छापिएको र बाँकी ठाउँ खाली भएको कागत, लेटरप्याड।
57823 प्याड ना. २. कोटका कुम, बक्रम आदिमा राखिने वा रजस्वला हुँदा नारीले योनिमा राख्ने, रुवोलाई पट्याई बाक्लो पारेको साधन, रुवोको बाक्लो चक्की।
57824 प्याड ना. ३. कुनै कार्यालय आदिसँग सम्बन्धित कागतपत्र आदिमा छाप लगाउनका निम्ति मसीले भिजाएर राखिएको मोटो कपडा आदिको बाक्लो तह छापदानी।
57825 प्याडल ना. साइकल आदि चलाउँदा पैताला अड्याउने साधन, साइकल आदिको पाउदान।
57826 प्यात्त क्रि.वि. कुहेर, गलेर वा सडेर एकैपल्ट खस्ने गरी; फ्यात्।
57827 प्यादा ना. पैदल सिपाही, पदाति।
57828 प्यादा ना. २. दूत, हल्कारा।
57829 प्यादा ना. ३. आफ्नो काम फत्ते गर्न कसैको पछि लाग्ने काम पिछा, हत्ते।
57830 प्यादा ना. ४. बुद्धिचालका गोटीमध्ये सबैभन्दा सानो तहको गोटी, पैदल।
57831 प्यान / प्यानो वि. जुम्सो लोसे।
57832 प्यान / प्यानो वि. २. धिङ्न्याहा, लोकतो।
57833 प्यानो ना. एक किसिमको बाजा।
57834 प्यार ना. प्रेम प्रीति, माया, रतिराग।
57835 प्यारप्यार क्रि.वि. सोचविचार नगरीकन एकोहोरो फतफताइरहने गरी।
57836 प्यार प्यारती / प्यारप्यारी क्रि.वि. प्यारप्यार गरिरहने किसिमले।
57837 प्यारप्यारे वि. सोचविचार नगरीकन एकोहोरो किसिमले वा अरूका कुरा नसुनी आफैं मात्र फतफताइरहने; प्यारप्यार बोलिरहने।
57838 प्यारा ना. सामान्यतया वाक्यभन्दा ठुलो र वाक्यले भन्दा बढी पूर्ण अर्थ दिने, कुनै एक बुँदाको विवेचना गरिएको लेख आदिको अंश, प्रघट्टक; कण्डिका; अनुच्छेद।
57839 प्याराग्राफ ना. अनुच्छेद।
57840 प्याराटुप ना. प्यारासुट लाएर भुईंमा झर्ने तालिम पाएको सेना छाताधारी पल्टन।
57841 प्यारासुट ना. उडिरहेको हवाईजहाज आदिको उचाइबाट तल जमिनमा सुरक्षित रूपमा उत्रन उपयोग गरिने छाताजस्तो साधन।
57842 प्यारिस ना. फ्रान्सको राजधानी।
57843 प्यारी वि. ज्यादै मनपरेकी प्यारो लाग्ने (स्त्री)।
57844 प्यारी वि. ना. २. प्रिया, प्रेमिका, मायालु।
57845 प्यारो वि. मनपर्दो, स्नेहिलो प्रिय।
57846 प्यारोल ना. रातमा हिँड्ने सरकारी कर्मचारीलाई सुरक्षा चौकीका सैनिक वा प्रहरीहरूले नरोकून् भन्ने उद्देश्यले दिइने साङ्केतिक शब्द।
57847 प्यारोल ना. २. बन्दीले आफू बाहिर निस्कनुपर्दा कारागार आदिका अधिकारीलाई दिइने मौखिक विश्वास वा वचन, पेरोल।
57848 प्यारोल ना. ३. प्रतिज्ञा वा वचन।
57849 प्यार क्रि.वि. पातलो दिसाका साथ अपानवायु आउने किसिमले; पातलो दिसा आउने किसिमले।
57850 प्यारप्यार क्रि.वि. बारबार पातलो दिसाका साथ अपानवायु छुट्दा शब्द आउने किसिमले।