Dictionary

All Word

57851 प्याला ना. दुध, चिया आदि खाने काममा उपयोग गरिने कचौराजस्तो भाँडो, चिया खाने कप।
57852 प्यास ना. तिर्खा, पियास।
57853 प्यासा / प्यासी वि. तिर्खाएको, प्यासो।
57854 प्यासेन्जर ना. यात्री, मुसाफिर।
57855 प्यासेन्जर गाडी ना. डाकगाडी वा एक्सप्रेस गाडी नभई बिचबिचमा रोकिंदै ढिलो चालले हिँड्ने यात्रुगाड़ी।
57856 प्यासो वि. पानी आदि पिउने इच्छा प्रबल भएको, तिर्खाएको, तिर्खालु।
57857 प्युपा ना. कीटाणु वा किराफटेङ्ग्रा आदिका फुलबाट निस्केका लार्भाहरू केही विकसित भएको तर खान पिउन र चहल- पहल गर्न सक्ने हालतमा नपुगेको अवस्था किराहरूको विकासक्रमको तेस्रो अवस्था।
57858 प्यनु स.क्रि. . हे पिउनु।
57859 प्युठान ना. राप्ती अञ्चलअन्तर्गत पर्ने र गुल्मी तथा सल्यान जिल्लाको बिचमा पर्ने एक जिल्ला।
57860 प्युठाने वि. प्युठानमा हुने, प्युठानबाट आएको, प्युठानसम्बन्धी।
57861 प्युठाने मुला ना. एक प्रकारको ठुलो मुला।
57862 प्युरी ना. हे. पिउरी।
57863 प्युरो ना. हे. पिउरो।
57864 प्युसो ना. हे. पिउसो।
57865 प्र उप. शब्द वा धातुको अगिल्तिर जोडिएर नयाँ अर्थ बुझाउने एक उपसर्ग (प्र+गति=प्रगति, प्र + सार = प्रसार इ.)।
57866 प्रकट वि. लुकेर बसेको कुरा बाहिर देखिएको; अगिल्तिर भएको प्रत्यक्ष भएको।
57867 प्रकट वि. २. स्पष्ट, खुलस्।
57868 प्रकटित वि. . प्रकट उत्पन्न।
57869 प्रकटित वि. २. उदि।
57870 प्रकटीकरण ना. लुकेर बसेको कुरा वा वस्तुलाई बाहिर प्रकट गर्ने काम; रहस्योद्घाटन गर्ने काम प्रकट गराइ।
57871 प्रकथन ना. पहिले भनिएको वा गरिएको कामकुराको पुनः समर्थन गर्ने काम पहिलेको काम - कुराको पुष्टि।
57872 प्रकम्प ना. भैचाला आदिले गर्दा भुइँमा उत्पन्न भएको ठुलो थतर्कों।
57873 प्रकम्प ना. २. ज्वरो, रिस आदिले शरीरमा उत्पन्न कम्प।
57874 प्रकम्प ना. ३. कम्प कम्पन, कँपाइ तर्कों; थर्को।
57875 प्रकम्पन ना. आँधी- बेहरी।
57876 प्रकम्पन ना. २. कुनै व्यक्ति, वस्तु आदि बेसरी काँप्ने क्रियाप्रक्रिया।
57877 प्रकम्पित वि. कम्पन भएको; काँपेको, थर्केको; यतर्केको।
57878 प्रकम्पित वि. २. बेसरी हल्लिएको।
57879 प्रकरण ना. कुनै वस्तु वा कुरालाई बनाउने काम निर्माण; रचना।
57880 प्रकरण ना. २. कुनै कुरालाई विस्तारपूर्वक भन्ने काम, वर्णन, प्रतिपादन।
57881 प्रकरण ना. ३. कुनै कुराको क्रम, सिलसिला वा सन्दर्भ प्रसङ्ग।
57882 प्रकरण ना. ४. कुनै एक विषय वा प्रसङ्गको चर्चा गरिएको, ग्रन्थभित्रको एक अंश, अध्याय, परिच्छेद।
57883 प्रकरण ना. ५. दृश्यकाव्यको एक भेद।
57884 प्रकरण ना. ६ किसिम प्रकार।
57885 प्रकरी ना. नाटकका बिचमा उठी बिचमा नै टुङ्गिने, मुख्य कथावस्तुको सहायक उपकथा, पताकाभन्दा सानो प्रसङ्ग, प्रासङ्गिक कथावस्तुको एक भेद।
57886 प्रकर्ष ना. हे उत्कर्ष।
57887 प्रकर्ष ना. २. कुनै कुरा प्रशस्त भएको अवस्था, प्रचुरता, आधिक्य।
57888 प्रकर्ष ना. 3. बलपूर्वक वा बेसरी तान्ने काम घिच्याउने काम।
57889 प्रकर्ष ना. ४. बिस्तार।
57890 प्रकर्षक वि. . बलपूर्वक वा बेसरी तान्ने, घिच्याउने।
57891 प्रकर्षक वि. २. हलो जोत्ने; खन्ने।
57892 प्रकर्षण ना. प्रकर्ष।
57893 प्रकर्षित वि. प्रकर्षण गरिएको, तानिएको, घिसारिएको, जोतिएको।
57894 प्रकल्पना ना. अनुपस्थित वस्तुहरूको आदर्श पुनरुपस्थापनलाई पूर्ण बनाउने गरी आन्तरिक विम्बहरूलाई एकत्रित, सम्बद्ध र सङ्गृहीत पार्ने प्रक्रिया, काव्यको आभूषण मात्र बन्ने विलक्षण र चमत्कारी तर असम्बद्ध र सम्बद्ध अनुभूतिहरूको संश्लेषणको सामर्थ्य नभएको दोस्रो तहको कल्पना।
57895 प्रकल्पित वि. प्रकल्पना गरिएको।
57896 प्रकाण्ड ना. रुखको फेददेखि हाँगा छुट्टिने ठाउँसम्मको अवयव, रुखको मूल भाग।
57897 प्रकाण्ड ना. २. ठुलो हाँगो।
57898 प्रकाण्ड ना. वि. ३. कुनै विषयमा पूरा ज्ञान भएको, खुब जान्ने।
57899 प्रकाण्ड ना. ४. सर्वश्रेष्ठ, सर्वोत्कृष्ट; महान्।
57900 प्रकार ना. थरी।