Dictionary

All Word

57951 प्रकृतार्थ- ना. स्वाभाविक अर्थ, अभिधेय अर्थ, वाच्यार्।
57952 प्रकृति ना. व्यक्ति वा वस्तुको मूलभूत विशेषता, व्यक्ति वा वस्तुमा अन्तर्निहित गुण।
57953 प्रकृति ना. २. व्यक्ति वा प्राणीको जन्मैदेखि नै लागेको लत, बानी वा स्वभाव।
57954 प्रकृति ना. 3. अनेक रूपात्मक जगत्‌को निर्माण तथा विकास गर्ने र त्यसको मूल रूपमा देखापर्ने शक्ति, साङ्ख्यदर्शनअनुसार जगत्का उत्पत्तिको कारणरूप मूलतत्त्व।
57955 प्रकृति ना. ४. ईश्वरीय लीला दैवी प्रपञ्च माया।
57956 प्रकृति ना. ५ पृथिवी, जल, तेज, वायु र आकाश - यी पञ्च महाभू।
57957 प्रकृति ना. ६. राज्यका स्वामी, अमात्य, सुहृद् आदि सात अङ्ग।
57958 प्रकृति ना. ७. कुनै राजाद्वारा शासित जनता, प्रजा।
57959 प्रकृति ना. ८. शरीरको शीत वा उष्ण स्वभाव।
57960 प्रकृति ना. ५. व्याकरणमा प्रत्ययभन्दा भिन्न, शब्दको मूल रूप ( प्रातिपदिक वा धातु); मूल शब्दको प्रत्ययभन्दा अगिल्तिर रहने भाग।
57961 प्रकृति ना. १०. एक पाउमा एक्काइस अक्षर हुने छन्दजति सबैलाई बुझाउने शब्द एक पाउमा एक्काइस अक्ष छन्दको कुनै एक भेद।
57962 प्रकृतिकोप ना. हुरी, झरी आदि प्रकृतिको उग्र रूप, प्राकृतिक विपत्ति।
57963 प्रकृतिकोप ना. २. कफ, वात, पित्त आदिको प्रकोप।
57964 प्रकृतिज वि. प्रकृतिबाट जन्मेको, प्राकृतिक, नैसर्गिक।
57965 प्रकृतिप्रदत्त वि. प्रकृतिबाट प्रदान गरिएको, नैसर्गिक रूपमा प्राप्त भएको।
57966 प्रकृतिभाव ना. पहिलेको रूप वा अवस्थामा कुनै विकृति नआउने प्रक्रिया, पहिलेकै अवस्थामा रहने क्रिया।
57967 प्रकृतिभाव ना. २. वस्तु वा प्राणीको सक्कली वा मौलिक स्वभाव।
57968 प्रकृतिमण्डल ना. राजा, मन्त्री, मित्र, कोष, राष्ट्र, दुर्ग र फौज राज्यका प्रमुख सात अङ्ग।
57969 प्रकृतिमण्डल ना. २. कुनै राजाद्वारा शासित रैतीको समुदाय, प्रजावर्ग।
57970 प्रकृतिवाद ना. मनुष्यका सम्पूर्ण आचरण, कार्य, विचार आदि प्रकृतिबाट नै पैदा भएका र उसका कामना, प्रवृत्ति आदि पनि प्रकृतिमा नै आश्रित हुन्छन् भनी मान्ने एक म।
57971 प्रकृतिवाद ना. २. सृष्टि- जगत्को कारण कुनै दैवीतत्त्व या अलौकिक शक्ति नभएर प्रकृति हो र मनुष्यको धर्म, नीति, आचारजस्ता कुरा पनि दैवी शक्ति वा अलौकिक शक्तिका प्रेरणा नभई प्राकृतिक जगत्बाट नै प्राप्त भएका हुन् भन्ने दार्शनिक सिद्धान्।
57972 प्रकृतिवाद ना. ३ प्राकृतिक रूपमा वा वास्तविक रूपमा संसारमा भएका वा घटेका घटनाको कुनै किसिमको आदर्शको आरोपविना निर्वैयक्तिक चित्रण गर्ने कुरामा जोड दिने एक साहित्यिक मतः प्रकृतवाद।
57973 प्रकृतिवादी वि. प्रकृतिवादमा विश्वास गर्ने, प्रकृति अनुयायी।
57974 प्रकृतिवादी वि. २. प्रकृतिवादसम्बन्धी।
57975 प्रकृति विचरण ना. प्राकृतिक जगत्‌मा स्वच्छन्द विचरण गर्ने काम।
57976 प्रकृतिविज्ञान ना. प्रकृतिको अध्ययन, विश्लेषण गर्ने विज्ञान, प्राकृतिक विषयहरूको विवेचना गर्ने विज्ञान।
57977 प्रकृतिविज्ञान ना. २. सामाजिक विज्ञानका विपरीत प्राकृतिक ( विशुद्ध) विज्ञान।
57978 प्रकृतिशास्त्र ना. प्रकृति - विज्ञान।
57979 प्रकृतिसिद्ध वि. प्रकृतिबाट नै सिद्ध भएको, कुनै प्रयासविना आफैं भएको, सहज स्वाभाविक, नैसर्गिक।
57980 प्रकृतिस्थ वि. प्रकृतिमा स्थित; प्रकृतिभित्रै पाइने प्राकृतिक, स्वाभाविक नैसर्गिक।
57981 प्रकृत्या क्रि.वि. स्वभावैले स्वाभाविक रूपले स्वभाववश।
57982 प्रकृष्ट वि. उत्कृष्ट।
57983 प्रकृष्ट वि. २. बलपूर्वक तानिएको, घिसारेर हटाइएको।
57984 प्रकृष्टता ना. उत्कृष्टता।
57985 प्रकृष्टता ना. २. तन्क्याइलोपना।
57986 प्रकोप ना. कुनै महामारी, रोग आदिको प्रबलता।
57987 प्रकोप ना. २. शरीरमा पैदा हुने पित्त आदिको विकार, प्रकृतिमा आउने विकार।
57988 प्रकोप ना. 3. क्रोधको प्रबलता; चर्को रिस।
57989 प्रकोपन ना. अर्कालाई कुपित बनाउने क्रिया, क्रुद्ध बनाउने काम।
57990 प्रकोपन ना. २. रिसाउने क्रिया।
57991 प्रकोपित वि. रिसाएको, कुपित; क्रुद्ध।
57992 प्रकोष्ठ ना. कुहिनोदेखि हर्युङ्गासम्मको हातको भाग।
57993 प्रकोष्ठ ना. २. ठुलो कोठाको नजिकको भाग।
57994 प्रकोष्ठ ना. ३. भित्रीकोठा, क्याबिन।
57995 प्रकोष्ठक ना. दरबारमा ढोकेहरू बस्ने ठाउँ, नोकरको कोठी।
57996 प्रक्रम ना. उपक्रम।
57997 प्रक्रम ना. २ सिलसिला।
57998 प्रक्रम ना. ३. मौका।
57999 प्रक्रमभङ्ग ना. कुनै काम गर्दा सिलसिला नमिलाईकन गर्ने क्रिया; थालेको कामलाई अगाडिपछाडि पारेर गर्ने क्रिया।
58000 प्रक्रमभङ्ग ना. २. साहित्यशास्त्रमा क्रम नमिलेमा हुने दोष।