Dictionary

All Word

58151 प्रजावती ना. २. गर्भधारण गरेकी स्त्री; गर्भिणी।
58152 प्रजासत्ता ना. प्रजातन्त्र, जनतन्त्र, गणतन्त्र।
58153 प्रजासत्तात्मक वि. प्रजातान्त्रिक, जनतान्त्रिक गणतान्त्रिक।
58154 प्रज्ञ वि. चतुर तथा बुद्धिमान्, जान्नेबुझ्ने।
58155 प्रज्ञ वि. २. विद्वान्, पण्डि।
58156 प्रज्ञता ना. प्रज्ञ हुनाको भाव वा अवस्था राम्रो ज्ञान।
58157 प्रज्ञता ना. २. विद्वत्ता, पाण्डित्य।
58158 प्रज्ञप्ति ना. जनाउने वा सूचित गर्ने काम।
58159 प्रज्ञप्ति ना. २. विज्ञप्ति, सूचना।
58160 प्रज्ञा ना. नयाँ-नयाँ कुरा सोच्न सक्ने वा कल्पना गर्न सक्ने मानसिक शक्ति, गहिरो कुरा सोच्न सक्ने बुद्धि, विवेक।
58161 प्रज्ञा ना. २. विशिष्ट ज्ञान।
58162 प्रज्ञाकेन्द्र ना. प्राज्ञिक परिषद्‌को सचिवालयका रूपमा काम गर्ने विश्वविद्यालयीय एक निकाय, विश्वविद्यालयमा पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षणपद्धतिको निर्माणजस्ता प्राज्ञिक कार्य गर्ने प्रशासनिक सङ्गठन।
58163 प्रज्ञाचक्षु- ना. मानसिक दृष्टि प्रबल भएको व्यक्ति, प्रज्ञा नै आँखा भएको व्यक्ति ज्ञानचक्षु।
58164 प्रज्ञाचक्षु- ना. २. ठुलो विद्वान्, मेधावी।
58165 प्रज्ञाचक्षु- ना. ३. अन्धो।
58166 प्रज्ञाचक्षु- ना. ४. चर्मचक्षुका विपरीत अन्तरचक्षु ज्ञानचक्षु।
58167 प्रज्ञात वि. विशेष रूपमा ज्ञात भएको वा जानिएको।
58168 प्रज्ञापक वि. प्रज्ञापन गर्ने।
58169 प्रज्ञापक वि. २. सूचित गर्ने विज्ञापक।
58170 प्रज्ञापन ना. कुनै घटना, विषय वा कुराको जनाउ दिने काम सूचना, विज्ञापन।
58171 प्रज्ञापत्र ना. विवरणसहित र अधिकारपूर्वक कुनै कुराको जनाउ दिने पत्र।
58172 प्रज्ञापत्र ना. २. व्यवसायी, व्यापारीहरूले विदेशबाट मालसामान झकाउनका लागि चाहिनेजति खर्चको विवरण खुलाई सम्बन्धित सरकारी अड्डामा दिने औपचारिक पत्र।
58173 प्रज्ञापत्र ना. ३. व्यापारीहरूले विदेशबाट झकाएको मालसामानको विवरण लेखी भन्सार महसुल तिर्न दिइने औपचारिक पत्र।
58174 प्रज्ञापारमिता ना. बौद्धधर्ममा सर्वज्ञता वा ज्ञानको पूर्णताका लागि प्रयुक्त हुने शब्द।
58175 प्रज्ञापारमिता ना. २. ज्ञानको अवस्थालाई पार गर्ने स्थिति सबै कुरा जान्ने-बुझ्ने स्थिति सर्वज्ञता ज्ञानपूर्णता।
58176 प्रज्ञापारमिता ना. ३. एक प्रसिद्ध बौद्ध ग्रन्थको नाम।
58177 प्रज्ञाप्रतिष्ठान ना. . हे. नेपाल २. विद्वान्हरूको सभा, विद्वत्-परिषद्।
58178 प्रज्ञाप्रतिष्ठान ना. प्रज्ञा-प्रतिष्ठान।
58179 प्रज्ञावान् वि. नयाँ-नयाँ कुरा सोच्ने वा कल्पना गर्ने बुद्धि भएको, प्रज्ञा भएको (व्यक्ति)।
58180 प्रज्ञावृद्ध वि. उमेर धेरै नभएको भए तापनि परिपक्व बुद्धि भएको, बुद्धिले छिप्पिएको, बुद्धिमा जेठो, बुद्धिले जेठो।
58181 प्रज्ञाहीन वि. बुद्धिहीन।
58182 प्रज्वलन ना. राम्रोसित बल्ने क्रिया; राम्रो बलाइ।
58183 प्रज्वलनशील वि. आगाको सानो झल्का पर्दा पनि बलिहाल्ने (पेट्रोल, बारुद इ.)।
58184 प्रज्वलित वि. एकदम बलेको, दन्केको।
58185 प्रण ना. दृढ निश्चय, प्रतिज्ञा।
58186 प्रण ना. २. अठोट, सङ्कल्प।
58187 प्रणत वि. निहुरेको; नुहेको, विनी।
58188 प्रणत वि. २. प्रणाम गर्न झुकेको, ढोग्न निहुरेको।
58189 प्रणत वि. ३. विनयशील, विनम्र।
58190 प्रणत वि. ४. शरणागत, आश्रि।
58191 प्रणतपाल / पालक ना. आफ्नो शरणमा आउने प्राणीको रक्षा गर्ने पुरुष, दीन-दुःखीहरूको रक्षा गर्ने व्यक्ति।
58192 प्रणतपाल / पालक ना. २. ईश्वर।
58193 प्रणति ना. मान्यजनहरूका अगाडि झुक्ने, नुहुने र निहुरने क्रिया।
58194 प्रणति ना. २. नमस्कार, प्रणाम।
58195 प्रणति ना. ३. विनयशीलता, नम्रता।
58196 प्रणति ना. ४. निवेदन; प्रार्थना।
58197 प्रणम्य वि. प्रणाम गर्नुपर्ने, नमस्कार गर्न योग्य, ढोग्नुपर्ने, नमस्कार्य।
58198 प्रणय- ना. मायालु शब्दमा गरिएको बिन्तीभाउ, प्रेमपूर्वक गरिएको प्रार्थना, प्रीतिपूर्वकको निवेदन।
58199 प्रणय- ना. २. प्रेम प्रीति, माया।
58200 प्रणयकलह ना. प्रेमका कुरालाई लिएर नायक र नायिकाका बिचमा हुने झगडा, नायक र नायिकाबिचको प्रेमविषयक विवाद।