Dictionary

All Word

58251 प्रतारण/प्रतारणा ना. ठग्ने काम छलछाम ; धोका।
58252 प्रतारण/प्रतारणा ना. २. ठगी, वञ्चन।
58253 प्रतारित वि. ठगिएको; वञ्चि।
58254 प्रतारित वि. २. छलेको; धोका दिइएको।
58255 प्रति ना. यो. तिर तर्फ, पट्टि।
58256 प्रति ना. यो. २. माथि उपर।
58257 प्रति ना. यो. ३. बारे विषयमा सम्बन्धमा निमित्।
58258 प्रति ना. यो. ना ४. कुनै पुस्तक, पत्रपत्रिका आदिको सङ्ख्या, कुनै जिन्सीको एकाइ, गोटा, थान, अद।
58259 प्रति ना. यो. उप. ५. शब्द वा धातुको अगिल्तिर जोडिएर केही नयाँ अर्थ बुझाउने उपसर्ग (जस्तै- प्रतिनिधि, प्रतिष्ठान, प्रतिक्रिया इ.)।
58260 प्रति उत्तर ना. वादीले दिएको उजुरीमा प्रतिवादीले दिने उत्तरको बेहोरा लेखिएको कागत प्रतिवादीपत्र।
58261 प्रति उत्तर ना. २. आफ्नो नाउँमा परेको फिरादपत्रबमोजिमको दावी कसुरबाट फुर्सद पाउनका निम्ति अदालतमा दिइने जवाफी कागज।
58262 प्रति कथन ना. कसैको भनाइउपरको जवाफी भनाइ, कसैले कुनै कुरा भनेकोमा जवाफमा भनिने कुरा।
58263 प्रतिकर्ता ना. बदला लिने व्यक्ति साटो फेर्ने व्यक्ति।
58264 प्रतिकर्ता ना. वि. २. साटो फेर्ने, बदला लिने।
58265 प्रतिकार ना. अरूले गरेको अपकारका बदलामा गरिने अपकार, कसैले गरेको हानि नोक्सानी वा अहितका बदलामा गरिने कार्य; साटो फेर्ने काम; बदला लिने काम।
58266 प्रतिकार ना. २. कसैको जग्गाजमिन, सम्पत्ति आदिमा कब्जा गरेपछि बदलामा क्षतिपूर्तिका निम्ति दिइने रकम।
58267 प्रतिकारात्मक वि. प्रतिकारका लागि गरिने।
58268 प्रतिकारात्मक वि. २. रोगको प्रभावलाई कम गर्ने वा रोगको रोकथाम गर्ने (औषधी)।
58269 प्रतिकारात्मक वि. ३. त्यस्तो रोकथामका लागि उपायसाथ गरिने (सेवा)।
58270 प्रतिकारात्मक वि. ४. कुनै अपकारको बदलास्वरूप साटो फेर्न उठाइने (कदम, पाइलो आदि)।
58271 प्रतिकार्य वि. साटो फेर्नुमाफिकको।
58272 प्रतिकार्य वि. २ तिर्नुमाफिकको।
58273 प्रतिकार्य वि. ना. ३. ऋण, कर्जा।
58274 प्रतिकार्य वि. ४. दुर्व्यवहार।
58275 प्रतिकूल वि. आफूले सोचेको वा चाहेको भन्दा उल्टो अनुकूल नभएको नमिल्दो अहित गर्ने, विपरीत विरुद्ध।
58276 प्रतिकूल वि. २. आफ्नो पक्षमा नभएको, प्रतिपक्षी, विरोधी।
58277 प्रतिकूल वि. ३. कुनै कुराको पनि उल्टो बिब्ल्याँटो बिपिउँ।
58278 प्रतिकूलता ना. प्रतिकूल हुनाको भाव वा अवस्था, प्रतिकूल वा विरुद्ध हुने स्थिति;अक।
58279 प्रतिकूलत्व ना. प्रतिकूलता।
58280 प्रतिकृति ना. कसैको स्वरूप जस्तो छ त्यस्तै पारी बनाइएको प्रतिमा, कसैको अनुहारको वा आकृतिको अनुकरण गरेर बनाइएको मूर्ति प्रतिमूर्ति।
58281 प्रतिकृति ना. २. प्रतिबिम्ब।
58282 प्रतिकृति ना. ३. प्रतिकार, प्रतिकार्य।
58283 प्रतिक्रान्ति ना. कुनै क्रान्तिको विरोधमा गरिने क्रान्तिको उल्टो क्रान्ति, प्रतिक्रियावादीहरूद्वारा शासनसत्ता हत्याउन गरिने क्रान्ति।
58284 प्रतिक्रान्तिकारी वि. प्रतिक्रान्ति गर्ने वा प्रतिक्रान्तिमा लाग्ने, प्रतिक्रान्तिको सहभागी।
58285 प्रतिक्रान्तिवाद ना. प्रतिक्रान्तिको समर्थक सिद्धान्।
58286 प्रतिक्रान्तिवादी वि. प्रतिक्रान्तिवादको अनुयायी।
58287 प्रतिक्रिया ना. कुनै घटना वा क्रिया हुँदा त्यसको फलस्वरूप हुने क्रिया वा भावना।
58288 प्रतिक्रिया ना. २. कुनै घटना वा कार्य हुँदा हुने मनको स्थिति वा मनमा पर्ने प्रभाव।
58289 प्रतिक्रिया ना. 3. प्रतिकूल स्थितिमा वा विपरीत अवस्थामा हुने कार्य, विरोध।
58290 प्रतिक्रिया ना. ४. मनको विरोधी स्थिति।
58291 प्रतिक्रिया ना. ५. परिणाम।
58292 प्रतिक्रिया ना. ६. द्वन्द्वात्मक भौतिकवादी दर्शनका अनुसार विवाद उत्पन्न भइसकेपछि वादका तर्फबाट र संवाद उत्पन्न भइसकेपछि विवादका तर्फबाट हुन जाने भौतिक, सामाजिक वा आर्थिक प्रक्रिया।
58293 प्रतिक्रियात्मक वि. प्रतिक्रियाका रूपमा भएको वा गरिएको प्रतिक्रियाको फलस्वरूप भएको वा गरिएको प्रतिक्रियाबाट पैदा भएको।
58294 प्रतिक्रियात्मक वि. २. कसैका सहायताको प्रतिक्रियास्वरूप गरिने (सहयोग)।
58295 प्रतिक्रियावाद ना. उन्नति, सुधार आदिका विरुद्ध वा विपरीत आचरण गर्ने सिद्धान्त, नयाँ परिवर्तन, वैज्ञानिक तथा प्रगतिशील विचारधारा आदिको विरोध र शोषणजन्य सामाजिक व्यवस्थाको समर्थन गर्ने, प्रगतिवादको विरोधी सिद्धान्।
58296 प्रतिक्रियावादी वि. प्रतिक्रियावादमा विश्वास गर्ने, प्रतिक्रियावादको समर्थक वा अनुयायी।
58297 प्रतिक्षण क्रि.वि. एकएक क्षणमा हरेक क्षणमा छिनछिनमा हमेसा निरन्तर।
58298 प्रतिक्षेपक ना. चलचित्र आदि छायाङ्कन गर्दा दृश्य वा पात्रविशेषमा प्रकाश दिने उपकरण (रिफ्लेक्टर)।
58299 प्रतिगमन ना. पछिल्तिर फर्कने काम फर्काइ, फिर्तो; प्रत्यागमन।
58300 प्रतिगर्जन / प्रतिगर्जना ना. आफ्ना विरुद्ध गर्जनेलाई प्रत्युत्तरका रूपमा सुनाइने गर्जाइ।