Dictionary

All Word

58401 प्रतिप्रेषण ना. कुनै आवेदनपत्र आदिका सम्बन्धमा स्वीकृति वा आवश्यक कारबाईका निम्ति सम्बन्धित उच्च पदाधिकारीका समक्ष पठाउने कार्य, कुनै विवादास्पद वा सन्देहयुक्त विषयमा निश्चित निर्णय गर्न वा संशय मेटाउनका लागि विशेषज्ञ वा जानकारका समक्ष पठाउने कार्य।
58402 प्रतिफल ना. कुनै कुराको निचोड, निष्कर्ष।
58403 प्रतिफल ना. २. कसैले अर्काप्रति गरेका गुण वा अवगुणका अनुरूप राम्रो वा नराम्रो परिणाम।
58404 प्रतिफल ना. ३. कुनै कुराको फल, नतिजा परिणाम।
58405 प्रतिफल ना. ४. दुई दुईभन्दा बढी बलको सम्मिश्रणबाट निस्केको गति वा परिणाम।
58406 प्रतिफलन ना. कुनै कामका निचोडमा निष्कर्ष निक्लने क्रिया।
58407 प्रतिफलन ना. २. प्रतिफल निस्कने क्रिया।
58408 प्रतिफलित वि. कुनै कामको नतिजाका रूपमा प्राप्त भएको निष्कर्षस्वरूप प्राप्त भएको प्रतिफलका रूपमा प्राप्त भएको।
58409 प्रतिबद्ध वि. कुनै विचार, सिद्धान्त आदिबाट बाँधिएको वा त्यसप्रति पूरापूर निष्ठा राख्ने।
58410 प्रतिबद्ध वि. २. पारिवारिक, सामाजिक आदि दायित्वले जकडिएको।
58411 प्रतिबद्ध वि. ३. कुनै किसिमको वाचाबन्धनमा पारिएको कबुल गराइएको।
58412 प्रतिबन्ध ना. कुनै व्यक्ति, सङ्घ, संस्था आदि गतिविधिलाई सीमित पार्ने वा रोक लगाउने काम कसैको कुनै कामकुरामा बन्देज लगाउने काम रोक; रोकावट, अवरोध।
58413 प्रतिबन्ध ना. २. विघ्न, बाधा।
58414 प्रतिबन्ध ना. ३. कुनै कुरा वा काममा लगाइएको अड्को।
58415 प्रतिबन्ध ना. ४. बाँध्ने काम बन्धन।
58416 प्रतिबन्धक वि. प्रतिबन्ध लागेको प्रतिबन्ध भएको।
58417 प्रतिबन्धक वि. २. कुनै प्रसङ्गमा पहिले गर्न पाइने भनेर उल्लेख भएका कामकुरामा खास स्थितिमा प्रतिबन्ध लगाउने उद्देश्यले लेखिएको, भइरहेको प्रावधान वा कामकुरामा प्रतिबन्ध लगाउने किसिमको (वाक्य)।
58418 प्रतिबन्धित वि. रोक लागेको, प्रतिबन्ध लागेको।
58419 प्रतिबाधक वि. प्रतिबाधा उपस्थित गर्ने।
58420 प्रतिबाधा ना. कुनै बाधाका सट्टामा आफूले पनि उपस्थित गरेको बाधा।
58421 प्रतिबाधित वि. रोकिएको वा रोकेको।
58422 प्रतिबाधित वि. २. बाधाविरोध गरिएको।
58423 प्रतिबिम्ब ना. ऐना, पानी आदिमा प्रकाश पर्दा अर्कापट्टि पर्ने त्यसैका आकारको टलक वा छाया प्रतिबिम्ब।
58424 प्रतिबिम्ब ना. २. ऐना, पानी आदि टलकदार वस्तुमा देखिने बाह्य वस्तुको स्पष्ट प्रतिरूप, प्रतिच्छाया।
58425 प्रतिबिम्ब ना. ३. मूर्ति।
58426 प्रतिबिम्ब ना. ४. चित्र।
58427 प्रतिबिम्बक वि. प्रतिबिम्ब प्रदान गर्ने वा पार्ने।
58428 प्रतिबिम्ब क्रिया ना. शरीरमा कुनै वस्तुले छोइदिँदा स्नायुमा व्यक्त हुने प्रतिक्रिया।
58429 प्रतिबिम्बन ना. प्रतिबिम्ब उत्पन्न गर्ने वा हुने क्रियाप्रक्रिया।
58430 प्रतिबिम्बवाद ना. कवि वा कलाकारले वस्तुजगत्को प्रतिविम्ब मात्र उपस्थित गर्न सक्छ वा गर्नुपर्छ भन्ने सिद्धान्।
58431 प्रतिबिम्बवाद ना. २. विश्वका प्रत्येक वस्तुलाई ईश्वरको प्रतिबिम्ब मान्ने एक सिद्धान्।
58432 प्रतिबिम्बवाद ना. ३. विम्बवाद, प्रतिविम्बको सिद्धान्।
58433 प्रतिबिम्बित वि. ऐना, पानी आदि टलकदार वस्तुमा बाह्य वस्तुको स्पष्ट प्रतिरूप देखिएको, छाया परेको, प्रतिविम्ब परेको; प्रतिविम्बि।
58434 प्रतिबोध ना. जागृति, जागरण, सचेतता, होस।
58435 प्रतिबोधक वि. प्रतिबोध दिने वा मिलाउने।
58436 प्रतिबोधन ना. प्रतिबोध कार्य; प्रतिबोध।
58437 प्रतिबोधित वि. प्रतिबोध गरेको वा गरिएको।
58438 प्रतिबोधी वि. प्रतिबोध गर्ने; जाग्रत् भएको ज्ञान पाउन इच्छुक।
58439 प्रतिभा ना. नयाँ-नयाँ कुराको कल्पना गर्न सक्ने र कलात्मक, मौलिक तथा रचनात्मक भाव कृति आदि सक्ने असाधारण तीव्रता र प्रखरता भएको सहज बुद्धि वा मानसिक शक्ति, प्रज्ञा।
58440 प्रतिभा ना. २. कुनै पनि काम विशेष योग्यताका साथ गर्न सक्ने बुद्धिबल।
58441 प्रतिभा ना. ३. प्रकाशको चमक; प्रभा; टलक; टहक।
58442 प्रतिभावान् वि. प्रतिभाशाली।
58443 प्रतिभावान् वि. २. चमकदार।
58444 प्रतिभाशाली वि. प्रतिभा भएको प्रतिभायुक्त (व्यक्ति)।
58445 प्रतिभास ना. मनले सम्झिरहेको मानिस वा वस्तु देखेजस्तो हुने क्रिया, आभास, प्रतीति भान, झझल्को।
58446 प्रतिभास ना. २. भ्रम हुने क्रिया, भ्रम।
58447 प्रतिमा ना. कसैको वास्तविक वा कल्पित रूपअनुसार बनाइएको काठ, माटो, पत्थर, धातु आदिको मूर्ति अनुकृति।
58448 प्रतिमा ना. २. पूजा गर्दा कुनै देवताको मूर्तिको प्रतीक स्वरूप राखिएको ढुङ्गा, सुन, चाँदी आदिको टुक्रो प्रतिमूर्ति।
58449 प्रतिमा ना. ३. कुनै मुख्य पदार्थ वा व्यक्तिका अभावमा त्यस्तै कुनै अर्को पदार्थ वा व्यक्तिको वर्णन गर्दा हुने काव्यालङ्कार।
58450 प्रतिमान ना. प्रतिबिम्ब, छाया।