Dictionary

All Word

58551 प्रतिषेधक वि. प्रतिषेध गर्ने (लिखत, व्यक्ति वा अड्डा )।
58552 प्रतिषेध लेख ना. कुनै मुद्दामामिलाका सिलसिलामा भइरहेको बहसको सुनुवाइ बन्द गर्न सर्वोच्च अदालतद्वारा उसका मातहतका अदालतलाई दिइने लिखित आदेश।
58553 प्रतिषेध समावेश ना. कुनै मुद्दाका सिलसिलामा भइरहेको बहस वा पुर्पक्ष बन्द गर्न माथिल्लो अदालतबाट तल्लो अदालतका न्यायाधीश वा मुद्दाका पक्ष वा विपक्षका नाउँमा जारी गरिने आदेश।
58554 प्रतिषेधाधिकार ना. कुनै पनि देशका राष्ट्राध्यक्षको, विधायिकाद्वारा पारित वा स्वीकृत कुनै विधेयक वा प्रस्तावलाई अमान्य ठहऱ्याउन सक्ने अधिकार।
58555 प्रतिषेधाधिकार ना. २. सुरक्षापरिषद्द्वारा पारित वा स्वीकृत कुनै प्रस्तावलाई कार्यान्वित हुनबाट रोक्न सक्ने, विश्वका पाँच राष्ट्र- अमेरिका, बेलायत, फ्रान्स, रूस र चीनको विशेषाधिकार, निषेधाधिकार, भिटो।
58556 प्रतिष्ठा ना. मानमर्यादा राख्ने काम, आदरसत्कार गर्ने काम, मान, सम्मान, इज्ज।
58557 प्रतिष्ठा ना. २. कसैको राम्रो नाम चल्ने क्रिया, राम्रो नाम, यश, कीर्ति।
58558 प्रतिष्ठा ना. ३. कुनै देवादि वा व्यक्तविशेषका मूर्ति, सालिक आदिको ससम्मान गरिने स्थापना।
58559 प्रतिष्ठा ना. ४. एक पाउमा चार अक्षर हुने छन्दविशेष।
58560 प्रतिष्ठान ना. स्थापना गर्ने काम राख्ने काम रखाइ।
58561 प्रतिष्ठान ना. २. प्रतिष्ठापूर्ण रूपमा स्थापित कुनै संस्था।
58562 प्रतिष्ठान पत्र ना. कुनै व्यापारिक सङ्घ, संस्था आदिको विधिवत् स्थापनाभन्दा पहिले त्यस्ता संघ, संस्था आदिका नाम, उद्देश्य दिएर सार्वजनिक रूपमा प्रकाशित गरिने र विधिवत् दर्ता गरिने पत्र।
58563 प्रतिष्ठा पत्र ना. कसैको आदर, सम्मान वा प्रतिष्ठा सूचित गर्न दिइने पत्र मानपत्र।
58564 प्रतिष्ठापन ना. देवादि मूर्ति वा व्यक्तिविशेषको सालिक आदि स्थापना गर्ने काम, ससम्मान गरिने स्थापना।
58565 प्रतिष्ठावान् वि. प्रतिष्ठा भएको मान भएको प्रतिष्ठित; सम्मानित (व्यक्ति)।
58566 प्रतिष्ठित वि. इज्जत प्रतिष्ठा भएको; मानसम्मान पाएको।
58567 प्रतिष्ठित वि. २. प्रसिद्धि पाएको प्रसिद्ध, प्रख्या।
58568 प्रतिसंस्कार ना. बिग्रेभत्केका वस्तुको मर्मत, जीर्णोद्धार, स्थित्युद्धार।
58569 प्रतिसंस्कार ना. २. पुनः संस्कार।
58570 प्रतिसंस्कृत वि. मर्मत गरिएको, सुधारिएको, पुनः संस्कार गरिएको।
58571 प्रतिसत्कार ना. सत्कारका बदलामा गरिने सत्कार।
58572 प्रतिसन्देश ना. खबरका रूपमा पठाइएको जवाफ।
58573 प्रतिसन्धान ना. धनुमा बाण चढाउने काम।
58574 प्रतिसन्धान ना. २. जोड्ने काम जोडा मिलाउने काम।
58575 प्रतिसन्धान ना. ३. खोजी गर्ने काम खोजी; अनुसन्धान।
58576 प्रतिसरकार ना. कुनै देशमा प्रतिष्ठित वा विद्यमान सरकारका विरोधमा त्यसै देशको केही भागमा अधिकार जमाएर बसेको वा शासन गरेर बसेको अर्को सरकार, समानान्तर सरकार।
58577 प्रतिस्थापन / प्रतिस्थापना ना. कुनै प्रक्रियामा अडेका वस्तुको सट्टा अर्को वस्तु प्रयोगमा ल्याउने काम।
58578 प्रतिस्थापन / प्रतिस्थापना ना. २. प्रतिष्ठापन।
58579 प्रतिस्पर्धा ना. केही कुरामा आफू उत्तम हुन वा आफूले जित्न गरिएको उछिनपाछिन, प्रतियोगिता, होडबाजी।
58580 प्रतिस्पर्धा ना. २. अभिमान सेखी, फुइँ।
58581 प्रतिस्पर्धी वि. प्रतिस्पर्धा गर्ने प्रतिद्वन्द्विता गर्ने होडबाजी गर्ने।
58582 प्रतिहस्ताक्षर ना. पहिले एउटाले हस्ताक्षर गरेर फेरि अर्को अधिकारीले पनि हस्ताक्षर गर्ने काम।
58583 प्रतिहस्ताक्षरित वि. प्रतिहस्ताक्षर गरिएको (लेख, अनुबन्धन, सम्झौता आदि )।
58584 प्रतिहार ना. राजकाजका दृष्टिले महत्त्वपूर्ण मेल, झगडा सैनिक तयारी आदि व्यवहारका अनेक कामकुरा राजाकहाँ जाहेर गर्ने राजदरबारको पाले, द्वारपाल प्रतीहार।
58585 प्रतिहार ना. २. ढोके।
58586 प्रतिहार ना. ३. ढोका दैलो।
58587 प्रतिहारी ना. प्राचीन कालमा राजाका ढोकामा ढोकेको काम गरेर बस्ने स्त्री; द्वारपालको काम गर्ने स्त्री; प्रतीहारी।
58588 प्रतिहारी ना. २. प्रतिहार।
58589 प्रतिहिंसा ना. . हिंसाका बदलामा गरिने हिंसा, मनमा हिंसाको भाव राखेर लिइने बदला।
58590 प्रतिहिंसा ना. २. बदला, साटोफेराइ।
58591 प्रतीक ना. समान गुणका आधारमा दृश्य वा अदृश्य अन्य कुनै वस्तुको कल्पना गरी प्रतिबिम्बका रूपमा राखिएको वस्तु वा चिनु।
58592 प्रतीक ना. २. अन्य कुनै वस्तुको भावनात्मकता वा प्रतिनिधित्वका रूपमा व्यवहार चलाइने अर्को कुनै पदार्।
58593 प्रतीक ना. 3. चिह्न, लक्षण, निसाना।
58594 प्रतीक ना. ४. चित्र मूर्ति प्रतिमूर्ति प्रतिमा।
58595 प्रतीक ना. ५. कुनै एउटा मन्त्र, श्लोक, वाक्य आदिको पूरा अर्थबोध गराउन राखिएको कुनै अर्को पद, अक्षर आदि।
58596 प्रतीक ना. वि. ६. प्रतिकूल, विरुद्ध।
58597 प्रतीकवाद ना. प्रतीकहरूको प्रयोगमा जोड दिने र कुनै पनि वस्तु, भाव, विषय आदिको प्रस्तुतीकरण अपारम्परिक प्रतीकहरूका माध्यमद्वारा गर्न खोज्ने साहित्यिक वा चित्रकलासम्बन्धी अभिव्यञ्जना - परिपाटी।
58598 प्रतीकवादी वि. प्रतीकवादमा विश्वास गर्ने, प्रतीकवादको अनुयायी।
58599 प्रतीकवादी वि. २. प्रतीकवादसम्बन्धी।
58600 प्रतीकात्मक वि. प्रतीकका माध्यमले व्यक्त हुने, प्रतीकका सहायताले भाव, विषय, वस्तु आदिको बोध गराइएको (साहित्यिक रचना )।