Dictionary

All Word

58601 प्रतीकात्मक वि. २. प्रतीकसित सम्बद्ध प्रतीकसम्बन्धी ; प्रतीकको।
58602 प्रतीकात्मकता ना. . प्रतीकात्मक हुनाको भाव वा स्थिति।
58603 प्रतीक्षक वि. प्रतीक्षा गर्ने, पखने।
58604 प्रतीक्षक वि. ना. २. प्रतीक्षा गर्ने व्यक्ति।
58605 प्रतीक्षण ना. प्रतीक्षा गर्ने काम, प्रतीक्षा।
58606 प्रतीक्षा ना. चाहेको वा खोजेको कुनै व्यक्ति, वस्तु आदिलाई भेट्न वा पाउन गरिएको ढुकाइ, कुराइ, रुडाइ।
58607 प्रतीक्षा ना. २. कुनै काम हुने आशामा गरिएको पर्खाइ, बाटोहेराइ।
58608 प्रतीक्षाकारी वि. प्रतीक्षक।
58609 प्रतीक्षा गृह ना. प्रतीक्षालय।
58610 प्रतीक्षालय ना. रेलगाडी, हवाईजहाज आदि नआउँदासम्म प्रतीक्षा गर्न यात्रीहरू बस्ने घर वा कोठा ; यात्रीहरूले रेल आदि पर्खदा बस्ने ठाउँ।
58611 प्रतीक्षालय ना. २. कुनै मन्त्री, सचिव वा अन्य विशिष्ट व्यक्तिसित भेटघाट गर्न बसेर पर्खने कोठा वा ठाउँ।
58612 प्रतीक्षालय ना. ३. घरमा आएका व्यक्तिलाई भेट दिने कोठा।
58613 प्रतीक्षालय ना. प्रतीक्षित व पर्खिएको प्रतीक्षा गरिएको।
58614 प्रतीक्ष्य वि. पर्खनुपर्ने, प्रतीक्षा गर्नुपर्ने।
58615 प्रतीक्ष्य वि. २. पर्खन लायक, प्रतीक्षायोग्य।
58616 प्रतीक्ष्य वि. ३. पूजायोग्य; पूजनीय।
58617 प्रतीची ना. पूर्वको विपरीत दिशा; पश्चिम दिशा।
58618 प्रतीच्य वि. पश्चिमको पश्चिमी।
58619 प्रतीत वि. पत्यार गरिएको; पत्याइएको; विश्वास गरिएको; विश्वस्।
58620 प्रतीत वि. २. मनमनै धारणा लिइएको वा निश्चय गरिएको मनमा लागेको।
58621 प्रतीत वि. ३. जानिएको; ज्ञा।
58622 प्रतीत वि. ४. आभास भएको भान भएको।
58623 प्रतीत वि. ना. ५. पत्यार, आभास भान।
58624 प्रतीत पत्र ना. सरकारको, जनताको वा अरू कुनै साधिकार व्यक्तिको प्रतिनिधिका रूपमा काम गर्ने अधिकार दिइएको पत्र; अख्तियारनामा।
58625 प्रतीत पत्र ना. २. कसैले आफ्नो प्रतिनिधिका रूपमा कुनै सङ्घ, संस्था, सभा, सरकारी अड्डाखाना आदिमा उपस्थित भएर काम गर्न कुनै व्यक्तिलाई लेखिदिएको अधिकारपत्र, वारिसनामा।
58626 प्रतीत पत्र ना. ३. विश्वास दिलाउनका निम्ति लेखिएको पत्र, विश्वासपत्र।
58627 प्रतीत पत्र ना. ४. एक ब्याङ्कबाट अर्को ब्याङ्कका नाममा फलानाको ि रुपियाँले भ्याएसम्म चेक, ड्राफ्ट वा हुन्डीहरू स्वीकार गर्नू भनी लेखिएको पत्र।
58628 प्रतीति ना. प्रतीत हुनाको भाव वा स्थिति, पत्यार विश्वास।
58629 प्रतीति ना. २. जान्ने वा थाहा पाउने क्रिया; ज्ञान।
58630 प्रतीति ना. ३. भान।
58631 प्रतीत्यसमुत्पाद ना. प्राणी प्रत्येक क्षण मर्छ र प्रत्येक क्षण जन्मन्छ भन्ने बौद्ध दर्शनको एक सिद्धान्।
58632 प्रतीप वि. विपरी।
58633 प्रतीप वि. ना. २. उपमानभन्दा उपमेयको उत्कृष्टता देखाएर वा उपमानलाई उपमेय बनाएर वर्णन गर्दा हुने एक अर्थालङ्कार, उपमाको उल्टो अलङ्कार।
58634 प्रतीयमान वि. वास्तविक नभए पनि वास्तविकजस्तो लाग्ने साँचैजस्तो भान पर्ने प्रतीत हुने (रूप आदि)।
58635 प्रतीयमान वि. ना. २. व्यञ्जनावृत्तिद्वारा प्राप्त हुने अर्थ ध्वनिगत अर्थ, व्यङ्ग्यार्।
58636 प्रतीहार ना. हे. प्रतिहार।
58637 प्रतीहारी ना. प्रतिहारी।
58638 प्रत्यक्ष वि. आँखाअगिल्तिरको आँखाले देखिने।
58639 प्रत्यक्ष वि. २. राम्ररी देखिने, छर्लङ्ग देखिने, स्पष्ट, खुलस्त साफ।
58640 प्रत्यक्ष वि. ३. इन्द्रियद्वारा थाहा पाइने।
58641 प्रत्यक्ष वि. विप. परोक्ष।
58642 प्रत्यक्ष वि. ना. ४. न्यायशास्त्रअनुसार इन्द्रिय र वस्तुको सम्पर्कबाट हुने ज्ञान, चार प्रकारका प्रमाणमध्ये पहिलो प्रमाण।
58643 प्रत्यक्ष वि. ५. क्रि.वि. / ना. यो. अघिल्तिर, सामुन्ने।
58644 प्रत्यक्ष कर ना. कुनै वस्तुको आयातनिर्यातमा र उत्पादन आदिमा लाग्ने वा लागेको कर।
58645 प्रत्यक्ष करार ना. प्रत्यक्ष संविदा।
58646 प्रत्यक्ष ज्ञान ना. प्रत्यक्ष स्रोतबाट प्राप्त भएको ज्ञान, आफ्नै ज्ञानेन्द्रियद्वारा पाइएको ज्ञान।
58647 प्रत्यक्षण ना. कुनै कुरालाई मनले प्रत्यक्ष अनुभव गर्ने क्रिया, प्रत्यक्षीकरण।
58648 प्रत्यक्षत: क्रि.वि. प्रत्यक्ष रूपमा स्पष्ट रूपमा खुलस्।
58649 प्रत्यक्षता/त्व ना. प्रत्यक्ष हुने, होइने वा हुन लगाउने गुण, प्रत्यक्षको विशेषता।
58650 प्रत्यक्ष दर्शन ना. आफ्नै आँखाद्वारा गरिएको दर्शन; साक्षात्कार।