Dictionary

All Word

58451 प्रतिमान ना. २. गुण, आकार प्रकार जान्नका निम्ति झिकिएको, बनाइएको वा कोरिएको वस्तु वा वस्तुको अंश नमुना।
58452 प्रतिमान ना. ३. प्रतियोगितात्मक कामकारबाईहरूमा नमुनाका रूपमा कायम गरिएको माथिल्लो स्तर वा मान, आदर्श, दृष्टान्।
58453 प्रतिमास क्रि.वि. हरेक महिनामा महिनैपिच्छे।
58454 प्रतिमुख ना. नाटकका पञ्चसन्धिमध्ये दोस्रो सन्धि, बिन्दु र यत्नको योगबाट बन्ने सन्धि।
58455 प्रतिमुख ना. २. मुखको छाया।
58456 प्रतिमुख ना. वि. ३. मुखका अघिल्तिरको सम्मुखको सामुन्नेको।
58457 प्रतिमूर्ति ना. कुनै वस्तु वा व्यक्तिको आकृतिको अनुकृति, प्रतिमा।
58458 प्रतियोगिता ना. बल, बुद्धि, योग्यता आदिमा अरूलाई जित्ने विचारले दाँजिने वा भिडिने क्रिया।
58459 प्रतियोगिता ना. २. बल, योग्यता आदिका दृष्टिले दाँजिन आउने व्यक्तिहरूको एकले अर्कोलाई जित्ने प्रयत्न।
58460 प्रतियोगिता ना. ३. प्रतियोगी हुनाको भाव, प्रतिस्पर्धा, होडबाजी।
58461 प्रतियोगितात्मक वि. प्रतियोगिताका लागि तयार गरिएको प्रतियोगिताका दृष्टिले आयोजित;प्रतियोगितासम्बन्धी, प्रतिस्पर्धात्मक।
58462 प्रतियोगितात्मक परीक्षा ना. प्रतियोगिताद्वारा उत्तम व्यक्तिलाई कुनै पद, पुरस्कार आदि दिनका लागि लिइने परीक्षा।
58463 प्रतियोगी ना. बल, योग्यता आदिमा अरूसँग दाँजिन आउने व्यक्ति, कुनै कामकुराको प्रतिस्पर्धामा भाग लिने वा लिन लायक व्यक्ति।
58464 प्रतियोगी ना. २. कुनै कामकुराको विरोधमा उभिने व्यक्ति।
58465 प्रतियोगी ना. वि. ३. बल, योग्यता आदिका दृष्टिले बराबरीको प्रतिद्वन्द्वी विरोधी।
58466 प्रतिरक्षक वि. मित्री, बाहिरी आक्रमणबाट वा अन्य कुनै प्रकारको खराबीबाट आफ्ना पक्षका जनतालाई वा देशलाई जोगाउने प्रतिरक्षा गर्ने।
58467 प्रतिरक्षण ना. प्रतिरक्षा गर्ने क्रिया वा काम।
58468 प्रतिरक्षण ना. २. प्रतिरक्षा।
58469 प्रतिरक्षा ना. भित्री बाहिरी आक्रमणबाट, अन्य विपत्तिबाट वा रोगव्याधिबाट आफूलाई, आफ्ना पक्षकालाई तथा आफ्नो देशलाई बचाउने काम, प्रतिरक्षण।
58470 प्रतिरक्षा आयोग ना. आफ्नो देश वा जनताको प्रतिरक्षासम्बन्धी व्यवस्था मिलाउन गठन गरिएको आयोग।
58471 प्रतिरक्षा आयोग ना. २. रक्षासम्बन्धी विभिन्न कार्यहरूको सम्पादन गर्न गठित आयोग।
58472 प्रतिरक्षा व्यय ना. कुनै पनि देशको सरकारले आफ्नो देशको प्रतिरक्षाका निमित्त गर्ने खर्च आक्रमण आदिबाट देशलाई जोगाउन गरिने खर्च।
58473 प्रतिरक्षित वि. आक्रमण आदिबाट जोगाइएको प्रतिरक्षा गरिएको।
58474 प्रतिरूप ना. कुनै व्यक्ति वा वस्तुसित रूप वा आकृतिमा मिल्ने अर्को व्यक्ति वा वस्तु कुनै व्यक्ति वा वस्तुको रूप जस्तै रूप (चित्र, मूर्ति, प्रतिमा आदि)।
58475 प्रतिरूपक ना. प्रतिरूप।
58476 प्रतिरूपक ना. २. जाली वा नक्कली पत्र, सिक्का आदि।
58477 प्रतिरोध ना. कुनै किसिमको आक्रमण, बलप्रयोगलाई रोक्ने काम।
58478 प्रतिरोध ना. २. कसैले गर्न लागेको काममा बाधा उपस्थित गर्ने काम रोक; रोकावट, बाधा।
58479 प्रतिरोध ना. ३. रोगका कीटाणुहरूको आक्रमणसँग भिड्न सक्ने काम, रोगका कीटाणुहरूको आक्रमणबाट आफूलाई जोगाउने क्रिया।
58480 प्रतिरोधक ना. रोकावट पैदा गर्ने; प्रतिरोध गर्ने; रोक्ने।
58481 प्रतिरोधन ना. प्रतिरोधकार्य प्रतिरोधविधि।
58482 प्रतिरोधात्मक वि. प्रतिरोध खडा गर्ने उद्देश्यले बनेको प्रतिरोधका लागि तयार पारिएको।
58483 प्रतिरोधित वि. प्रतिरोध गरिएको।
58484 प्रतिरोधित वि. प्रतिरोधी - वि. प्रतिरोध गर्ने।
58485 प्रतिरोपण ना. एक ठाउँको बिरुवा अर्का ठाउँमा सार्ने काम।
58486 प्रतिरोपण ना. २. शल्यचिकित्सा गरी एउटा प्राणीको सडेबिग्रेको हृदयका स्थानमा अर्को प्राणीको हृदय राख्ने काम।
58487 प्रतिरोपण ना. ३. एक ठाउँको छाला, मासु आदि की अर्को ठाउँमा सिउने, टाँस्ने आदि काम (प्लास्टिक सर्जरी, ट्रान्सप्लान्टेसन इ.)।
58488 प्रतिलाभ ना. कुनै कुरा दिए वा छोडेबापत अर्को कुराको प्राप्ति, अन्यत्र गइसकेको वा हराइसकेको वस्तु फेरि पाउने क्रिया; वस्तुको पुनःप्राप्ति, पुनरुपलब्धि, पुनर्लाभ।
58489 प्रतिलिपि ना. कुनै कागतपत्र, लेख, रचना, तस्बिर आदिको जस्तातस्तै उतारिएको वा नक्कल गरिएको प्रति नक्कलप्रति नक्कल।
58490 प्रतिलिपि अधिकार ना. आफ्नो वा अर्काको लेख, रचना, पुस्तक आदिको प्रतिलिपि उतार्ने वा नक्कल लिने र पुनर्मुद्रण वा पुनः प्रकाशन गराउने कानुनी अधिकार, कपीराइट।
58491 प्रतिलिपिक ना. कुनै कागतपत्र, लेख, रचना आदिको प्रतिलिपि उतार्ने वा नक्कल सार्ने व्यक्ति।
58492 प्रतिलिपित वि. प्रतिलिपि लिइएको वा नक्कल उतारिएको (कागतपत्र, लेख, रचना आदि )।
58493 प्रतिलेखक ना. प्रतिलिपिक।
58494 प्रतिलेखन ना. प्रतिलिपि लिने काम, सक्कलबमोजिम नक्कल सार्ने काम।
58495 प्रतिलेखन ना. २. प्रतिलिपि।
58496 प्रतिलोम वि. नमिल्ने उल्टो विपरी।
58497 प्रतिलोम वि. २. अर्कै गोत्र, जात, गुण आदिको ना ३. कुनै ठाउँदेखि सिधा उल्टोपट्टिको ठाउँ वितल।
58498 प्रतिलोमज वि. प्रतिलोम विवाह वा प्रतिलोम सम्बन्धबाट जन्मिएको।
58499 प्रतिलोमन ना. . विपरीत दिशातिर मोडेर गतिशीलता प्रदान गर्ने क्रिया, विपरीत दिशातिर मोड्ने क्रिया।
58500 प्रतिलोमन ना. २. गोत्र छलेर बिहे गर्ने नीति।