Dictionary

All Word

58701 प्रत्याशित वि. पहिलेदेखि आशा गरिएको।
58702 प्रत्याशित वि. २. अन्दाज गरिएको सम्भावि।
58703 प्रत्याशी ना. कुनै पद वा स्थानका निम्ति निर्वाचनमा उठ्ने उम्मेदवार।
58704 प्रत्याशी ना. वि. २. केही कुराको आशा गर्ने।
58705 प्रत्याहार ना. इन्द्रियहरूलाई विषयवासनाबाट हटा एकाग्र पार्ने साधना, योगका आठ अङ्गमध्ये एक, इन्द्रियनिग्रह।
58706 प्रत्याहार ना. २. पाणिनीय व्याकरणमा माहेश्वरसूत्रका आधारमा बनेका अच् आदि प्रत्याहार।
58707 प्रत्याह्वान ना. कुनै पदाधिकारी, विदेश गएका प्रतिनिधि, राजदूत, वाणिज्यदूत आदिलाई गएका ठाउँबाट वा रहेका पदबाट फिर्ता बोलाउने काम वापस बोलाउने काम।
58708 प्रत्याह्वान ना. २. निर्वाचनमा छानिएर गाउँ, नगर, जिल्ला, राष्ट्रिय तहमा पुगेका प्रतिनिधिलाई कुनै कारणवश निर्वाचकसमूहले फेरि फिर्ता बोलाई गरिने पदच्युत कार्य वा पदनिलम्बन कार्य।
58709 प्रत्युक्ति ना. कसैको उक्तिका बदलामा बोलिने वा भनिने उक्ति।
58710 प्रत्युच्चारण ना. दोहोऱ्याएर गरिने वा गरिएको उच्चारण, पुनरुक्ति।
58711 प्रत्युत्तर ना. कसैको जवाफका बदलामा दिइने वा दिइएको जवाफ, उत्तर आएपछि दिइने उत्तर।
58712 प्रत्युत्थान ना. आफ्ना मान्य वा पूज्य व्यक्तिको आगमन हुँदा सम्मानका निम्ति बसेको ठाउँबाट उठ्ने काम आउन लागेका पूज्य वा मान्यजनलाई केही परसम्म लिन जाने काम।
58713 प्रत्युत्थित वि. प्रत्युत्थान गरिएको वा भएको।
58714 प्रत्युत्पन्न वि. तत्काल उत्पन्न हुने, ठिक समयमा ठिक जवाफ दिन सक्ने।
58715 प्रत्युत्पन्नमति वि. मौकामा तत्काल युक्तिसंगत उत्तर दिन सक्ने बुद्धि भएको ठिक समयमा ठिक उपाय सोच्न सक्ने खुबी भएको।
58716 प्रत्युत्पन्नमति वि. ना. २. मौकामा सही उत्तर दिने वा सही निर्णय गर्न सक्ने मति।
58717 प्रत्युपकार- ना. कसैले गरेको उपकारका बदलामा गरिने उपकार।
58718 प्रत्युपकारी वि. उपकारका बदलामा उपकार गर्ने।
58719 प्रत्येक वि. हरएक; हरेक।
58720 प्रत्यौषध ना. एक औषधीको विकार वा प्रतिक्रियालाई शमन गर्ने अर्को औषधी (एन्टिडोज )।
58721 प्रथम वि. गिन्ती गर्दा सबभन्दा पहिले आउने पहिलो।
58722 प्रथम वि. २. सबैभन्दा असल, सर्वोत्तम।
58723 प्रथम वि. ३. सबैभन्दा मुख्य, प्रधान।
58724 प्रथम वि. क्रि.वि. ४. अगाडि, पहिले।
58725 प्रथम वि. ५. प्रथमतः।
58726 प्रथम अन्तरहिमानी ना. आजभन्दा छ लाख वर्षपहिले प्रारम्भ भएको हिमानीपछिको युग प्रथम हिमानीभन्दा पछि र द्वितीय हिमानीभन्दा पहिलेको बिचको समय।
58727 प्रथम कल्प ना. गर्नुपर्ने उपायहरूमध्ये सबभन्दा उत्तम उपाय, सबभन्दा उत्तम पक्ष।
58728 प्रथम खण्ड ना. जीवकल्पको समयको विभाजनमा पहिलो खण्ड; पुराजीवको अर्को नाम।
58729 प्रथम खण्ड ना. २. पहिलो भाग वा अध्याय।
58730 प्रथमतः क्रि.वि. पहिलो उक्तिका रूपमा भन्ने हो भने पहिलो भनाइका अनुसार।
58731 प्रथम पुरुष ना. व्याकरणअनुसार कुनै काम कुरा गर्ने वा गर्नेहरूलाई बुझाउने सर्वनाम, म, हामी र यिनका साथ लाग्ने क्रियालाई बुझाउने शब्द।
58732 प्रथम पुरुष ना. २. सम्पर्कमा आएको पहिलो व्यक्ति।
58733 प्रथम पुरुष ना. ३. बहुपति विवाहप्रथा भएका समाजमा जेठो चाहिँ लोग्ने (उदा.- युधिष्ठिर द्रौपदीका प्रथम पुरुष थिए।
58734 प्रथम पुरुष ना. ४. पोइल आएकी आइमाईको पहिलोचाहिँ पोइ।
58735 प्रथम पुरुषात्मक वि. व्याकरणका अनुसार प्रथमपुरुष शैलीमा लेखिएको (कथा, उपन्यास आदि)।
58736 प्रथम श्रेणी ना. सबैभन्दा पहिलो स्तर, उत्तमकक्षा।
58737 प्रथम हिमानी ना. आजभन्दा लगभग दश लाख वर्षपहिले प्रारम्भ भएको हिमयुगको समय; चार हिमयुगमध्ये पहिलो हिमयुग।
58738 प्रथमा ना. व्याकरणअनुसार वाक्यको उद्देश्यलाई जनाउने विभक्ति वा प्रत्ययसँग सम्बन्धित कारकको प्रतिनिधित्व गर्ने विभक्ति कर्तासँग सम्बन्धित विभक्ति।
58739 प्रथमा ना. २. कर्तृकारक (अप्राविधिक अर्थ )।
58740 प्रथमा ना. ३. संस्कृतका परीक्षाहरूमध्ये पहिलो परीक्षा।
58741 प्रथमा ना. ४. जेठी छोरी।
58742 प्रथमा ना. वि. ५. पहिलो (विभक्ति, परीक्षा आदि)।
58743 प्रथमार्द्ध / प्रथमार्ध ना. कुनै कुरालाई दुई बराबर भागमा बाँड्दा हुने अर्धमध्ये पहिलो अर्ध उत्तरार्धको उल्टो अर्ध।
58744 प्रथमाश्रम ना. ब्रह्मचर्याश्रम।
58745 प्रथा ना. पितापुर्खाका पालादेखि वर्तमानसम्म चल्दै आएको र जीवनलाई प्रभावित पार्दै आएको रीतिरिवाज, पहिलेदेखि चलिआएको चालचलन, परम्परागत परिपाटी, बुढीरूढि।
58746 प्रथित वि. . फैलिएको फिँजिएको।
58747 प्रथित वि. २. प्रसिद्ध, विख्या।
58748 प्रद वि. नाम शब्दका पछाडि जोडिने र दिने' भन्ने अर्थ बुझाउने विशेषणवाचक उत्तरपद (ज्ञानप्रद, बुद्धिप्रद, शिक्षाप्रद इ.)।
58749 प्रदक्षिणा ना. कुनै देवमूर्तिलाई मन्दिरलाई वा बरपिपल आदि वृक्षलाई दाहिनेपट्टि पारी भक्तिपूर्वक चारैतिर घुम्ने काम।
58750 प्रदक्षिणा ना. २. कुनै व्यक्ति वा वस्तुका चारैतिर घुम्ने काम, फेरामाराइ, घुमाइ।