Dictionary

All Word

58751 प्रदत्त वि. प्रदान गरिएको; दिइएको।
58752 प्रदर ना. पाठेघरबाट लेस्याइलो तरल पदार्थ निस्किरहने, स्त्रीहरूको एक रोग।
58753 प्रदर्शक वि. बाटो आदि देखाउने; प्रदर्शन गराउने; चिनाउने।
58754 प्रदर्शक वि. २. हेर्ने वा देख्ने दर्शक।
58755 प्रदर्शक वि. ३. कुनै कुरा सम्झाउने, बुझाउने वा बताउने।
58756 प्रदर्शन ना. बाटो आदि देखाउने काम, मार्गनिर्देशन, भेगियारी।
58757 प्रदर्शन ना. २. रङ्गमञ्चमा नाटक आदि देखाउने काम वा देखाउने उद्देश्यले अभिनयादि गर्ने काम।
58758 प्रदर्शन ना. ३. कुनै समस्याप्रति जनताको समर्थन वा सहानुभूति प्राप्त गर्न वा सरकारको दृष्टि आकर्षित गर्न सो समस्यासँग सम्बन्धित व्यक्तिहरूको जुलुस, नारा आदिद्वारा असन्तोष वा आफ्नो विचार प्रकट गर्ने काम, सामूहिक रूपमा कुनै विषयमा असन्तोष व्यक्त गर्ने काम।
58759 प्रदर्शन कक्ष ना. . व्यापारका लागि चिजबिजका नमुना राखिएको ठाउँ (सोरूम)।
58760 प्रदर्शनकारी वि. कुनै विषयमा सामूहिक रूपमा असन्तोष व्यक्त गर्ने।
58761 प्रदर्शन शाला ना. नाटक आदि देखाइने र अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरिने उद्देश्यले बनाइएको घर, प्रदर्शनकक्ष, सभाकक्ष।
58762 प्रदर्शनालय ना. प्रदर्शन गरिने ठाउँ, प्रदर्शनीस्थल; प्रेक्षालय।
58763 प्रदर्शनी ना. जनसाधारणलाई देखाउने उद्देश्यले नमुनास्वरूप विभिन्न प्रकारका वस्तु सजाएर राखिने ठाउँ, प्रदर्शनका निम्ति समय-समयमा विभिन्न प्रकारका वस्तुहरू राखिने ठाउँ।
58764 प्रदर्शनी ना. २. विभिन्न प्रकारका वस्तुहरू नमुनास्वरूप देखाउने काम।
58765 प्रदर्शनीय वि. प्रदर्शन गर्न योग्य प्रदर्शन गर्न लायक।
58766 प्रदर्शित वि. देखाइएको प्रदर्शन गरिएको।
58767 प्रदर्शिनी वि. कुनै वस्तु वा कुनै कार्यक्रम देखाउने वा हेर्ने (स्त्री)।
58768 प्रदर्शिनी वि. २. प्रदर्शनी।
58769 प्रदर्शी वि. प्रदर्शित गर्ने (पुरुष)।
58770 प्रदान ना. कसैलाई कुनै वस्तु वा कुरा दिने काम, दान।
58771 प्रदाय ना. चुक्ता गर्नुपर्ने वा दिनुपर्ने रकम अथवा सम्पत्ति।
58772 प्रदीप ना. चहकिलो बत्ती।
58773 प्रदीप ना. २. दीप, दियो बत्ती।
58774 प्रदीपक वि. निकै उज्यालो बनाउने; पर्याप्त प्रकाश दिने।
58775 प्रदीपक वि. २. स्पष्ट र सफा पार्ने।
58776 प्रदीपक वि. ना. ३. ठुलो र चहकिलो बत्ती।
58777 प्रदीपन ना. चम्किलो कुनै वस्तुले उज्यालो पार्ने क्रिया, प्रदीप्त पार्ने काम।
58778 प्रदीपन ना. २. उद्दीप्त पार्ने काम।
58779 प्रदीपन ना. ३. पाँच पाँच कुना परेका पहेँला र हरिया रङ मिसिएका पात, राता फूल, खैरा कन्द हुने र रातो दुध निस्कने, हिमालयको लेकमा पाइने एक जातको विषालु बुटी।
58780 प्रदीपिका ना. उज्यालो पार्ने र वस्तुहरूलाई देखाउने सानो बत्ती।
58781 प्रदीपिका ना. २. कुनै विषय वा अर्थलाई स्पष्ट पार्ने सानो पुस्तिका।
58782 प्रदीप्त वि. बेसरी बलेको, प्रकाशयुक्त, उद्दीप्।
58783 प्रदीप्ति ना. विशेष प्रकारको तेज वा दीप्ति।
58784 प्रदूषक वि. हावा, पानी, माटो वा कुनै खाद्य वस्तु आदिमा मिसिएर वातावरण दूषित पार्ने, वातावरणमा दूषित असर ल्याउने (तत्त्व )।
58785 प्रदूषण ना. दूषित पार्ने काम दोषयुक्त पार्ने काम।
58786 प्रदूषण ना. २. रोगव्याधि पैदा गर्ने वा स्वास्थ्यमा हानि गर्ने तत्त्वको सराइ।
58787 प्रदूषित वि. कुनै वस्तु वा वातावरण नराम्रो कारणले दूषित भएको।
58788 प्रदेय वि. कसैलाई दिनुपर्ने, देय प्रदाय।
58789 प्रदेय वि. २ दिन योग्य दातव्य।
58790 प्रदेश ना. भाषा, रीतिरिवाज, हावापानी र अन्य भौगोलिक स्थिति, प्रशासन आदिका दृष्टिले छुट्ट्याइएको देशको एउटा ठुलो भाग, प्रान्।
58791 प्रदेश ना. २. कुनै ठाउँ, स्थान।
58792 प्रदेश ना. 3. शरीरको अङ्ग, अवयव।
58793 प्रदेश ना. ४. कुनै भूभाग।
58794 प्रदेश ना. ५. भूभाग वा नदीका दृष्टिले नेपालका तीन भौगोलिक (हिमाली, पहाडी र तराइली वा कोसी, गण्डकी र कर्णाली) विभाजनमध्ये कुनै एक।
58795 प्रदेश ना. ६. वास्तुकलामा वा मूर्ति- निर्माणसम्बन्धी कलामा अङ्गुलको नौ गुना बराबरको नापका लागि प्रयोग गरिने शब्द नौ अमल बराबरको नाप।
58796 प्रदेश ना. ७. परदेश; विदेश (न्यूनस्तरीय प्रयोग )।
58797 प्रदेशी / प्रदेशीय वि. प्रदेशको प्रदेशसम्बन्धी।
58798 प्रदेशी / प्रदेशीय वि. २. देख्ने वा देखाउने।
58799 प्रदोष ना. सूर्य अस्ताउने समय, सन्ध्याको समय।
58800 प्रदोष ना. २. रात्रिको पहिलो प्रहर।