Dictionary

All Word

58901 प्रभव ना. ३. उत्पत्तिस्थान।
58902 प्रभव ना. ४. धातु आदि निकालिने ठाउँ, खानी, आकार।
58903 प्रभव ना. ५. सृष्टि संसार।
58904 प्रभव ना. ६. पानी निस्कने वा उम्रने ठाउँ मूल स्रोत, उद्‍गमस्थल।
58905 प्रभव ना. ७. पराक्रम।
58906 प्रभव ना. ८ साठी मध्येको पहिलो संवत्सर।
58907 प्रभा ना. प्रकाश आभा दीप्ति; कान्ति; चमक; उज्यालो।
58908 प्रभा ना. २. सूर्यको बिम्ब।
58909 प्रभा ना. ३. किरण, तेज।
58910 प्रभा ना. ४. सूर्यकी पत्नी, संज्ञा, उषा।
58911 प्रभाकर- ना. प्रभा फैलाउने ग्रह सूर्य।
58912 प्रभाकर- ना. २. चन्द्रमा।
58913 प्रभाकर- ना. ३. अग्नि।
58914 प्रभाकर- ना. ४. समुद्र।
58915 प्रभाकर- ना. ५. मदारवृक्ष।
58916 प्रभाकर- ना. वि. ६. उज्यालो फैलाउने।
58917 प्रभाकरी ना. बौद्ध धर्मअनुसार दश वा त्रयोदश भूमिमध्ये तेस्रो भूमि।
58918 प्रभात ना. रात सकिएर चारैतिर उज्यालो भएको समय; बिहानको बेला, प्रातःकाल, सबेर।
58919 प्रभातफेरी ना. कुनै कुराको प्रचार गर्न वा उत्सव मनाउनका लागि बिहानको समयमा सामूहिक रूपमा नारा लगाउँदै तथा गानाबजानाका साथ रमाइलो गर्दै निश्चित ठाउँ वा क्षेत्रमा परिक्रमा गर्ने वा घुम्ने।
58920 प्रभाती ना. प्रातःकालका समयमा गाइने एक खालको गी।
58921 प्रभाती ना. २. प्रातःकालमा गरिने नित्यकर्म।
58922 प्रभाती ना. वि. ३. बिहान गाइने (जस्तै- प्रभाती राग )।
58923 प्रभामण्डल ना. देवदेवी वा दिव्यपुरुषहरूका अनुहारका वा शरीरका चारैतिर फैलेर रहने वृत्ताकारको घेरो बिम्ब।
58924 प्रभामण्डल ना. २. तेजपुञ्जका वरिपरिको मण्डल, प्रकाशमण्डल।
58925 प्रभामण्डल ना. ३. देवता वा देवतुल्य व्यक्तिका चित्रमा ज्योतिको प्रतीकका रूपमा शिरवरिपरि कोरिने सेतो वा पाँडुलो रङको वृत्।
58926 प्रभारी वि. कुनै पद वा विभागमा सम्बन्धित कार्यको जिम्मेदारी लिने ( व्यक्ति, सदस्य आदि)।
58927 प्रभाव ना. उत्पन्न हुने वा जन्मने क्रिया, उद्भव, प्रादुर्भाव।
58928 प्रभाव ना. २. व्यक्तिमा रहेको प्राकृतिक एवं क्रियात्मक सामर्थ्य, शक्ति।
58929 प्रभाव ना. 3. कुनै वस्तुको वा विषयको अध्ययनबाट मनमा पर्ने गुण असर।
58930 प्रभाव ना. ४. महिमा माहात्म्य।
58931 प्रभाव ना. ५. अन्तःकरणलाई प्रसन्न वा अप्रसन्न तुल्याउने गुण।
58932 प्रभाव ना. ६. कुनै व्यक्ति वा वस्तुको शक्ति, सम्मान, अधिकार, पराक्रम आदिबाट अरू व्यक्ति वा वस्तुमा पर्ने असर; छाप।
58933 प्रभावक वि. आफ्नो प्रभाव वा छाप अर्कामा पार्न सक्ने गुण भएको, प्रभावकारी।
58934 प्रभावकारी वि. आफ्ना प्राकृतिक गुण वा क्रियात्मक विशेषताहरूको छाप अर्कालाई तुरुन्त पार्न सक्ने, प्रभावशाली, प्रभावात्मक, प्रभावधर्मी।
58935 प्रभावधर्मिता ना. प्रभावकारिता।
58936 प्रभावधर्मी वि. प्रभावकारी।
58937 प्रभावपूर्ण वि. आकर्षक गुणले भरिएको, सद्गुण, सच्चरित्र, सत्कर्म आदिका सामर्थ्यले भरिभराउ भएको प्रभावमय।
58938 प्रभावमय वि. प्रभावपूर्ण।
58939 प्रभाववान् / शाली वि. यथेष्ट प्रभाव पार्न सक्ने गुण वा विशेषता भएको राम्रो र धेरै प्रभाव पार्न सक्ने।
58940 प्रभावात्मक वि. प्रभावकारी, प्रभावशाली।
58941 प्रभावात्मकता ना. प्रभावात्मक हुनाको भाव वा अवस्था, प्रभावकारिता।
58942 प्रभावान् वि. तेज भएको, तेजिलो; तेजस्वी।
58943 प्रभावान्वित वि. कसैका प्राकृतिक एवं क्रियात्मक गुणअवगुणहरूको प्रभाव वा छाप परेको, त्यस प्रकारका प्रभाव छापले युक्त भएको।
58944 प्रभावित वि. कसैको प्रभाव वा असर परेको ; प्रभावान्वि।
58945 प्रभावी वि. प्रभाव भएको शक्तिशाली।
58946 प्रभावी वि. २. प्रभाव पार्ने, प्रभावक।
58947 प्रभावोत्पादक वि. प्रभाव उत्पन्न गर्ने प्रभाव पार्ने।
58948 प्रभावोत्पादकता ना. प्रभावोत्पादक हुनाको भाव, गुण वा अवस्था।
58949 प्रभास ना. चारैतिर छरिएको उज्यालो प्रकाश; ज्योति दीप्ति।
58950 प्रभास ना. २. हिन्दुहरूको एक प्राचीन तीर्थ, सोमतीर्।