Dictionary

All Word

59051 प्रमित वि. २. थोरै, अल्प, कम।
59052 प्रमित वि. 3. नापिएको; जोखिएको; प्रमाणद्वारा सिद्ध गरिएको प्रमाणित गरिएको प्रमाणि।
59053 प्रमिताक्षरा ना. सगण, जगण, सगण र सगण - यी चार गणका योगबाट बन्ने जगती जातिको छन्दको एक भेद।
59054 प्रमिति ना. कुनै प्रमाणद्वारा प्राप्त हुने यथार्थ ज्ञान, प्रमाण।
59055 प्रमिति ना. २. माप नाप।
59056 प्रमीलन ना. आँखा बन्द गर्ने काम निमीलन।
59057 प्रमीलन ना. २. उँघाइ तन्द्रायुक्त स्थिति; तन्द्रा, झक, लोल्याहट।
59058 प्रमीला ना. उँघ, तन्द्रा; लोल्याहट।
59059 प्रमीला ना. २. झकाइ, अर्द्धनिद्रा।
59060 प्रमीला ना. ३. शिथिलता, क्लान्ति, थकाइ, जुम्सोपन।
59061 प्रमीलित वि. उँघेको; तन्द्रामा परेको, झकाएको, लोलाएको।
59062 प्रमुख वि. गन्दा सबैभन्दा पहिलो ठहरिने।
59063 प्रमुख वि. २. जनसमूहका बिच पहिलो क्रममा आउने प्रथम।
59064 प्रमुख वि. ३ कामदार व्यक्तिहरूमा मुख्य; प्रधान।
59065 प्रमुख वि. ४. साधारण व्यक्तिहरूले सम्मान गर्ने, सम्मान्य; प्रतिष्ठि।
59066 प्रमुख वि. ना ५ सम्मान गर्न योग्य व्यक्ति।
59067 प्रमुख अतिथि ना. कुनै उत्सव, समारोह आदिमा आमन्त्रित गरिएको प्रतिष्ठित एवं सम्मान्य व्यक्तिमध्ये श्रेष्ठ।
59068 प्रमुख अधिकारी/अधिकृत ना. कार्यालय वा विभागको मुख्य अधिकारी, हाकिम।
59069 प्रमुख जिल्ला अधिकारी ना. जिल्लाको प्रशासनसम्बन्धी कार्य हेर्ने प्रमुख अधिकारी, नेपाल सरकारद्वारा नियुक्त, जिल्लाको प्रशासकीय हाकिम।
59070 प्रमुखता ना. प्रमुख हुने स्थिति।
59071 प्रमुखता ना. २. प्रमुख हुने गुण, सामर्थ्य वा प्रमुख भइसकेपछिको विशेषता।
59072 प्रमुख सचिव ना. सरकारी प्रशासनसम्बन्धी विभागको प्रधान सचिव, मुख्य सचिव ( चिफ सेक्रेटरी)।
59073 प्रमुख सभा ना. देशका प्रमुख पद वा स्थानमा रहेका प्रख्यात व्यक्तिहरूका बिच मुख्य विषयमा छलफल एवं विचारविमर्शका निम्ति गरिएको सभा।
59074 प्रमुख सभा ना. २. मुख्य वा माथिल्ला तहको सभा।
59075 प्रमुख सेनानी ना. शाही नेपाली सेनाको एक उच्च पद लेफ्टिनेन्ट कर्णेल।
59076 प्रमुख स्थपति ना. कुनै विभागका इन्जिनियरहरूमध्ये सबैभन्दा प्रमुखचाहिँ ( चिफ इन्जिनियर)।
59077 प्रमुदित वि. अत्यन्त प्रसन्न भएको ज्यादै खुशी भएको, अति प्रफुल्लित हर्षले गद्गद भएको।
59078 प्रमुख नयन ना. रमाएको आँखा।
59079 प्रमुख नयन ना. २. प्रसन्न हेराइ।
59080 प्रमुख नयन ना. वि. ३. रमाएको, हाँसेको, प्रसन्नतापूर्वक हेर्ने।
59081 प्रमुख हृदय वि. खुसी र हर्षले हृदय प्रफुल्ल भएको, मन प्रसन्न भएको, चित्त रमाएको।
59082 प्रमुख हृदय वि. ना. २. प्रसन्न मन रमाएको हृदय।
59083 प्रमुदिता ना. . बौद्ध महायान र वज्रयानका साधकहरूका ध्यानको पहिलो अवस्था।
59084 प्रमुदिता ना. २. बौद्ध धर्मअनुसार दशभूमि, त्रयोदशभूमिमध्येको पहिलो भूमि वा चैत्यको पहिलो भूमि।
59085 प्रमुदिता ना. ३. प्रमुदित भएकी नारी।
59086 प्रमेय ना. प्रमाणका निम्ति उपयुक्त ठहरिएको विषय।
59087 प्रमेय ना. २. प्रमाण वा यथार्थ ज्ञान गर्न सकिने कुरा।
59088 प्रमेय ना. ३. कुनै यथार्थ ज्ञानलाई प्रमाणित गर्ने आधार।
59089 प्रमेय ना. ४. नापो वा नापोको साधन।
59090 प्रमेय ना. वि. ५. प्रमाणका निम्ति उपयुक्त; प्रमाण दिन सक्ने।
59091 प्रमेह ना. पिसाबसँग मिसिई वीर्य अथवा शरीरका अरू धातु पातलिएर जाने रोगहरूमध्ये कुनै एक।
59092 प्रमेही वि. पिसाबबाट वीर्य एवं शरीरका अरू धातु पग्लिएर जाने रोगबाट ग्रस्त, प्रमेहको रोगी।
59093 प्रमोद ना. मन रमाएको अवस्था, हर्ष, आनन्द, हर्क।
59094 प्रमोद ना. २. साठी संवत्सरमध्येको एक।
59095 प्रमोद कर ना. नाटक, चलचित्र आदिको प्रदर्शन तथा अन्य मनोरञ्जन आदिमा लाग्ने कर, मनोरञ्जनकर, विलासकर विनोदकर।
59096 प्रमोद वन ना. आमोद गर्ने बगैँचा, मन बहलाउने एवं विहार गर्ने बगैँचा।
59097 प्रमोदित वि. हृदय प्रफुल्लित भएको, प्रमोदयुक्त, प्रसन्न, हर्षले गद्गद भएको।
59098 प्रमोदी वि. हृदयलाई प्रफुल्लित गराउने, आनन्दित तुल्याउने।
59099 प्रमोसन ना. भइरहेका पद वा स्थानबाट माथिल्लो पद वा स्थानमा हुने बढुवा, पदोन्नति, पदवृद्धि।
59100 प्रमोसन कट्टा ना. कुनै कारणवश कर्मचारीहरूको पदोन्नति हुने कुरा कटौती हुने काम हुन लागेको प्रमोसनमा कारणवश उपस्थित बाधा।