Dictionary

All Word

59101 प्रमोह ना. इन्द्रियहरू शिथिल वा निष्क्रिय भएर हुने बेहोसीपना, मोह, मूर्च्छा।
59102 प्रमोह ना. २. अज्ञान, मूर्खता।
59103 प्रमोहन ना. कसैको हृदयमा गहिरो प्रभाव पारेर उसलाई मुग्ध गराउने कार्य, मोहनी लाउने क्रिया, मुहुनी।
59104 प्रमोहन ना. २. कसैका इन्द्रियहरूलाई शिथिल वा निष्क्रिय तुल्याएर बेहोस तुल्याउने क्रिया, मूर्च्छा पार्ने काम।
59105 प्रमोहित वि. मोहमा परेको वा पारिएको।
59106 प्रमोहित वि. २ मूर्च्छित तुल्याइएको, बेहोस गराइएको।
59107 प्रयत्न ना. कुनै काम वा उद्देश्य पूरा गर्नका निमित्त गरिने कार्य; चेष्टा, उन्नति, प्रयास, कोसिस।
59108 प्रयत्न ना. २. व्याकरणअनुसार वर्णहरूको उच्चारण गर्दा श्वास, जिब्रो, कण्ठ आदिको व्यापार।
59109 प्रयत्नवान् वि. कुनै कार्य वा उद्देश्य पूरा गर्नका निम्ति प्रयत्नशील रहने कोसिस गर्ने यत्नशाली।
59110 प्रयत्नशील वि. कुनै कार्य वा लक्ष्यसिद्धिका निम्ति उन्नतशील रहने स्वभाव भएको उद्योगी।
59111 प्रयत्नसाध्य वि. कठोर परिश्रम वा ठुलो यत्नद्वारा सिद्ध हुने, ठुलो उन्नतिले सम्पन्न हुने वा सफलता हासिल गर्न सकिने।
59112 प्रयाग ना. गङ्गा, यमुना एवं सरस्वतीको सङ्गममा रहेको, अचेल इलाहाबादका नाउँले प्रख्यात एक प्रसिद्ध तीर्थस्थल, तीर्थराज।
59113 प्रयाण ना. साइतका साथ गरिने एक ठाउँबाट अर्को ठाउँको यात्रा, पाइलो वा पाइतोसराइ, प्रस्थान; पयान (प. ने.) ; यात्रा।
59114 प्रयाण ना. २. युद्धका निम्ति रणस्थलतिर गरिने प्रस्थान।
59115 प्रयाण ना. ३. कुनै पनि कार्यको थालनी।
59116 प्रयाण ना. ४. इहलोकबाट परलोकतिर गरिने प्रस्थान।
59117 प्रयाण ना. ५. पशुको पिठिउँ वा ढाड।
59118 प्रयाण काल ना. कुनै ठाउँको यात्रा गरिने समय, प्रस्थानकाल।
59119 प्रयाण काल ना. २. इहलोकबाट अवकाश प्राप्त गर्ने समय, मर्ने बेला, मृत्युसमय।
59120 प्रयाण गीत ना. सैनिक अभियान वा मुक्ति सङ्ग्रामका समयमा गाइने गीत (मार्चिड सङ)।
59121 प्रयात वि. इहलोकबाट अवकाश प्राप्त गरेको, मरेको, मृ।
59122 प्रयात वि. ना. २. राति गरिने युद्ध।
59123 प्रयात वि. ३. पहाड वा चट्टानको किनारा; प्रपा।
59124 प्रयात वि. ४. छहरो भिर।
59125 प्रयास ना. आफूले चाहेको कुरो हासिल गर्न गरिने कामकारबाई, यत्न; कोसिस; जमर्को।
59126 प्रयास ना. २. परिश्रम, आयास।
59127 प्रयास ना. ३. उद्योग; उन्नति।
59128 प्रयासशील वि. प्रयत्नशील; परिश्रमी; मिहिनेती।
59129 प्रयाससाध्य वि. प्रयत्न वा प्रयासबाट पूरा हुने।
59130 प्रयासी वि. कुनै कार्य सिद्ध गर्न वा लक्ष्य हासिल गर्न प्रयत्नशील रहने प्रयासशील, मेहनती।
59131 प्रयुक्त वि. कुनै विषयलाई व्यवहारमा ल्याइएको प्रयोग गरिएको, उपयोगमा ल्याइएको।
59132 प्रयुक्त वि. २. मिलाइएको, उपयोगी तुल्याइएको।
59133 प्रयुक्ति ना. प्रयुक्त हुनाको भाव वा अवस्था।
59134 प्रयुक्ति ना. २. प्रयोग।
59135 प्रयोक्ता वि. कुनै विषयलाई व्यवहारमा लगाउने, प्रयोगमा ल्याउने; उपयोगमा ल्याउने।
59136 प्रयोक्ता वि. २. काममा लगाउने।
59137 प्रयोक्ता वि. ३. कार्यरत तुल्याउने; प्रेरक।
59138 प्रयोग ना. कुनै वस्तु वा विषयलाई व्यवहारमा लगाउने कार्य, उपयोग।
59139 प्रयोग ना. २. नीति, नियम, सिद्धान्त आदिको स्थापना गरी कार्यरूपमा ल्याउने प्रक्रिया; परीक्षण।
59140 प्रयोग ना. ३. कुनै किसिमका शस्त्र, अस्त्र आदिलाई व्यवहारमा ल्याउने कार्य इस्तेमाल।
59141 प्रयोग ना. ४. मारण, मोहन, उच्चाटन, वशीकरण आदिका निम्ति मन्त्रको व्यवहार।
59142 प्रयोग ना. ५. दृष्टान्त, उपमा, उदाहरण।
59143 प्रयोग ना. ६. आरम्भ प्रारम्भ थालनी।
59144 प्रयोगपत्र ना. रेल, मोटर आदिद्वारा निश्चित ठाउँसम्म यात्रा गर्दा प्रयोग गरिने गन्तव्य स्थानको नाउँ, मिति, दस्तुर आदि लेखिएको पत्र, टिकट।
59145 प्रयोगवाद ना. पहिलेदेखि चलिआएका कलात्मक वा साहित्यिक परम्परालाई प्रयोगात्मक रूपमा परीक्षा गरेर त्यसमा रहेका अनावश्यक तथा निरर्थक कुराहरूको विरोध गर्दै वा त्यस्ता कुराहरूलाई हटाउँदै नयाँ किसिमको प्रयोग गर्नुपर्छ भन्ने एक किसिमको म।
59146 प्रयोगवादी वि. प्रयोगवादसम्बन्धी।
59147 प्रयोगवादी वि. २. प्रयोगवादको अनुयायी।
59148 प्रयोगवादी वि. ३. प्रयोगवादी विचारधाराहरूको प्रतिपादन गर्ने।
59149 प्रयोग विधि ना. कुनै वस्तु वा विषयलाई प्रयोग गर्ने तरिका, व्यवहारमा ल्याउने पद्धति वा प्रक्रिया।
59150 प्रयोगशाला ना. पदार्थविज्ञान, रसायनशास्त्र आदि विज्ञानविषयक तथ्यहरूलाई जाँचबुझ गर्ने, सम्झने, जान्ने वा त्यस सम्बन्धमा नयाँ तथ्य पत्ता लगाउने आदि दृष्टिबाट विभिन्न प्रयोग गरिने स्थान।