Dictionary

All Word

59951 प्रादुर्भूत वि. सृष्टि भएको, प्रादुर्भाव भएको, प्रकट भएको।
59952 प्रादुर्भूत वि. २. उत्पन्न भएको, पैदा भएको।
59953 प्रादेश ना. फैलिएका बुढी औँलाका टुप्पादेखि चोर औँलाका टुप्पासम्मको नापो।
59954 प्रादेशिक वि. प्रदेशसम्बन्धी प्रदेशको।
59955 प्रादेशिक वि. २. कुनै प्रदेशका भित्री भागसँग सम्बन्ध राख्ने प्रदेशअन्तर्गतको।
59956 प्रादेशिक वि. ३. स्थानीय।
59957 प्रादेशिक वि. ४. राजधानीबाहिरको; मोफसलको।
59958 प्रादेशिकता ना. आफ्नै प्रदेश वा क्षेत्रलाई मात्र सुदृष्टिले हेर्ने क्रिया, स्थानीय पक्षपात क्षेत्रीय स्वार्थ, प्रान्तीय भावना।
59959 प्रादेशिक मौसम विज्ञान ना. कुनै खास प्रान्त वा भागको ऋतुक्रिया, हावापानी र शीत तापक्रमको वैज्ञानिक विश्लेषण र मूल्याङ्कन गर्ने मौसमविज्ञान।
59960 प्रादेशिक विकास ना. कुनै विशेष प्रदेश वा क्षेत्रका आधारमा गरिने विकास।
59961 प्रादेशिक सेना ना. कुनै प्रदेश वा क्षेत्रविशेषमा स्थानीय शान्तिसुरक्षाका निम्ति राखिएका वा रहने सेना।
59962 प्रादेशिकीकरण ना. कुनै क्षेत्र, पृथ्वी, महादेश वा मुलुकलाई प्रदेशमा विभाजन गर्ने प्रक्रिया।
59963 प्राधान्य ना. कुनै वस्तु वा विषयलाई दिइने प्रमुख स्थान, सबभन्दा बढी महत्त्व दिने कार्य, प्राथमिकता, पूर्वाधिकार।
59964 प्राधिकरण ना. कसैलाई कुनै कार्य गर्न आदेश आदि दिनका निम्ति प्रदान गरिने अधिकार।
59965 प्राधिकरण ना. २. (अ.) कर्पोरेसन (जस्तै- विद्युत् प्राधिकरण)।
59966 प्राधिकार ना. कसैलाई जिम्मेदारीपूर्वक कार्य गर्न, आदेश आदि दिनका निम्ति प्रदान गरिएको वा सो कामका निम्ति प्राप्त गरेको अधिकार।
59967 प्राधिकार ना. २. कुनै अधिकारीलाई आफ्ना पदअनुसारको कार्य गर्नाका निम्ति प्रदान गरिएको वा निजले पाएको अधिकार।
59968 प्राधिकारी ना. आफ्ना पदअनुसारका सम्पूर्ण काम गर्नका निम्ति अधिकार प्राप्त गरेको व्यक्ति; अख्तियारवाला कर्मचारी, हाकिम अधिकृ।
59969 प्राधिकृत ना. प्राधिकारी।
59970 प्राधिकृत ना. वि. २. अख्तियार पाएको।
59971 प्राधिकृत अभिकर्ता ना. प्रतिनिधिस्वरूप काम गर्नका निम्ति विधिवत् वा कानुनी तवरबाट अधिकार पाएको अभिकर्ता।
59972 प्राध्यापक ना. विश्वविद्यालयअन्तर्गतका क्याम्पस वा महाविद्यालयमा प्राध्यापन गर्ने विशिष्ट श्रेणीको अध्यापक प्रोफेसर।
59973 प्राध्यापक ना. २. क्याम्पस आदिमा पढाउने कुनै पनि श्रेणीको क्ष (सामान्य अर्थमा )।
59974 प्राध्यापन ना. विश्वविद्यालयीय वा उच्च शिक्षासम्बन्धी विषयहरू पढाउने कार्य।
59975 प्रान्त ना. कुनै देशको एक ठुलो भाग प्रदेश।
59976 प्रान्त ना. २. अनेक जिल्लाहरू मिलाएर बनाइएको वा प्रशासनिक सुविधाअनुसार तोकिएको क्षेत्र।
59977 प्रान्त ना. ३ सङ्घात्मक संविधान भएका देशको स्थानीय प्रशासनका अधीनमा रहेको कुनै पनि एकाइ।
59978 प्रान्त ना. ४. अड्ग भाग।
59979 प्रान्तर ना. दुई स्थान वा समयका बिचमा रहेको लामो ठुलो व्यवधान वा अन्तर।
59980 प्रान्तर ना. २. वनजङ्गल, तरी।
59981 प्रान्तिक वि. प्रान्तसम्बन्धी प्रान्तको प्रान्तीय।
59982 प्रान्तिक वि. २. आङ्गिक।
59983 प्रान्तीय वि. प्रान्तसम्बन्धी प्रान्तको।
59984 प्रान्तीयता ना. केन्द्रप्रति अनास्थावान् वा कम आस्थावान् रही प्रान्तप्रति पूरै वा धेरै आस्थावान् हुने पृथक्तावादी गुण वा नीति, प्रादेशिकता।
59985 प्रान्तीय सरकार ना. सङ्घीय संविधानअनुसार केन्द्रीय सरकारका मातहतमा कुनै प्रान्तको शासनव्यवस्थाका निम्ति बनेको सरकार।
59986 प्रापक वि. कसैले दिएको वा पठाएको वस्तु प्राप्त गर्ने, पाउने, प्राप्तिकर्ता।
59987 प्रापक वि. २. कुनै वस्तु एक ठाउँबाट अर्का ठाउँमा पुयाउने।
59988 प्रापक वि. ३. प्राप्त गराउने; प्रापयिता।
59989 प्रापण ना. पाउने काम प्राप्त गर्ने क्रिया वा प्रक्रिया।
59990 प्रापण ना. २. प्राप्त गराउने क्रिया एवं प्रक्रिया; उपलब्ध गराउने काम।
59991 प्रापण ना. ३. पुऱ्याउने कार्य।
59992 प्रापणीय वि. प्राप्त गर्न योग्य प्राप्त हुनुपर्ने, प्राप्तव्य।
59993 प्रापणीय वि. २. पुऱ्याउन लायक।
59994 प्रापयिता वि. प्राप्त गर्ने पाउने।
59995 प्रापयिता वि. २. प्राप्त गराउने; पुऱ्याउने।
59996 प्राप्त वि. भेटेको, भेट्टाइएको मिलेको; पाएको, उपलब्ध।
59997 प्राप्त वि. २. आइपुगेको; उपस्थि।
59998 प्राप्तकर्ता ना. प्राप्त गर्ने व्यक्ति; प्राप्तिकर्ता।
59999 प्राप्तकाल वि. समय सुहाउँदो, बेलाअनुसारको।
60000 प्राप्तकाल वि. ना. २. उचित समय; उपयुक्त अवसर वा मौका।