Dictionary

All Word

60051 प्रारूपकार ना. प्रारूप वा मस्यौदा तयार पार्ने व्यक्ति।
60052 प्रारूपण ना. प्रारूपको निर्माण।
60053 प्रारूपीकरण ना. कुनै कार्यक्रमको परिणामलाई अनुमान वा अडकल काट्न सकिने खालको प्रारम्भिक ढाँचा तयार गर्ने क्रिया एवं प्रक्रिया।
60054 प्रार्थक वि. कुनै इष्टसिद्धिका निम्ति प्रार्थना गर्ने, प्रार्थयिता, प्रार्थी; याचक।
60055 प्रार्थक वि. ना. २. प्रार्थना गर्ने व्यक्ति।
60056 प्रार्थक वि. ३. कन्या माग्ने व्यक्ति।
60057 प्रार्थक वि. ४. वर।
60058 प्रार्थक वि. ५. दर्खास्त दिने व्यक्ति निवेदक आवेदक।
60059 प्रार्थना ना. कसैसित केही कुरा माग्ने २. नम्र निवेदन बिन्तीभाउ।
60060 प्रार्थना ना. ३. ईश्वरको ४. विशिष्ट व्यक्तिप्रति गरिने अभिवादन।
60061 प्रार्थना ना. क्रिया याचना।
60062 प्रार्थना ना. पुकार, वन्दना।
60063 प्रार्थना पत्र ना. कुनै किसिमको प्रार्थना लेखिएको पत्र निवेदन; आवेदन, दर्खास्।
60064 प्रार्थनीय वि. प्रार्थना गर्न योग्य; याचनीय।
60065 प्रार्थनीय वि. २. निवेदन गर्न लायक।
60066 प्रार्थनीय वि. ३. वन्दनीय।
60067 प्रार्थयिता वि. . प्रार्थना गर्ने निवेदन गर्ने।
60068 प्रार्थयिता वि. २. वन्दना गर्ने, ईश्वरको पुकारा गर्ने।
60069 प्रार्थयिता वि. ३. याचक।
60070 प्रार्थित वि. प्रार्थना गरिएको।
60071 प्रार्थी वि. प्रार्थना गर्ने प्रार्थयिता।
60072 प्रार्थ्य वि. प्रार्थना गर्न योग्य, वन्दना गर्न लायक; याचना गर्न सकिने।
60073 प्रालम्ब वि. कुनै वस्तुमा लट्किएको, झुन्डिएको।
60074 प्रालम्ब वि. ना. २. लट्किएको वा झुन्डिएको वस्तु।
60075 प्रालम्ब वि. ३. आड, अवलम्ब।
60076 प्रालम्बिका ना. साली वा पट्टामा लट्काएर पहिरने एक प्रकारको विभूषण।
60077 प्रालम्बिका ना. ( यसलाई साङ्लीमा झुन्ड्याउँदा छातीका बिचमा र पट्टामा लट्काउँदा बायाँ कमरमुनि पार्नुपर्छ )।
60078 प्रालेख ना. आवश्यकताअनुसार पछि छाँटकाँट वा संशोधन गरिने गरी चाँडोचाँडो तयार गरिएको प्रस्ताव, योजना, विधेयक आदिको प्राथमिक रूप; मस्यौदा, खेस्रा।
60079 प्रावार ना. कुमदेखि शरीरको पृष्ठभाग ढाकिई जमिनमा लत्रने गरी राजकीय पहिरनमाथि धारण गरिने विशेष प्रकारको पोसाक।
60080 प्रावारक ना. आङमा पूरा ढाकिने गरी ओढ्न हुने वस्त्र, पछ्‌यौरा।
60081 प्रावारक ना. २. छोप्ने वस्त्र, आवरण।
60082 प्राविधिक वि. कुनै किसिमको विज्ञान, शिल्पकला आदिसँग सम्बन्ध रहेको प्रविधिसम्बन्धी।
60083 प्राविधिक वि. २. व्यावहारिक।
60084 प्राविधिक कार्य ना. विज्ञान आदि प्रविधिसम्बन्धी कार्य।
60085 प्राविधिक सहयोग ना. विज्ञान आदिका प्रविधि वा विशेष नियमका क्षेत्रमा गरिने सहयोग।
60086 प्राविधिक सिप ना. प्रविधिसम्बन्धी सिप वा ज्ञान।
60087 प्राविधिज्ञ ना. कुनै किसिमको विज्ञान, कला, शिल्प, प्रयोग आदिसम्बन्धी ज्ञान भएको व्यवति प्रविधि जान्ने व्यक्ति; शिल्पी।
60088 प्राशन ना. प्रथम पटक अन्न खुवाउने क्रिया।
60089 प्राशन ना. २. खाने क्रिया; भोजन गर्ने काम; भोजन।
60090 प्राश्निक ना. प्रश्न गर्ने व्यक्ति, प्रश्नकर्त्ता।
60091 प्राश्निक ना. २. परीक्षाका निम्ति प्रश्नपत्र बनाउने व्यक्ति; प्रश्ननिर्माता।
60092 प्राश्निक ना. वि. ३. प्रश्नसम्बन्धी।
60093 प्राश्निक ना. ४. प्रश्न बनाउनेवाला।
60094 प्रासङ्गिक वि. प्रसङ्गसम्बन्धी प्रसङ्गको।
60095 प्रासङ्गिक वि. २. प्रसङ्ग मिलेको प्रसङ्गप्राप्।
60096 प्रासङ्गिक वि. ३. मूल विषयसँग सम्बन्ध भएको।
60097 प्रासङ्गिक वि. ४. चलिरहेको चर्चासँग मेल खाने।
60098 प्रासङ्गिकता ना. प्रासङ्गिक हुनाको गुण, विशेषता वा कार्य।
60099 प्रासाद ना. राजाको दरबार राजभवन।
60100 प्रासाद ना. २. ठुलो दरबार, विशाल भवन।