Dictionary

All Word

60801 फर्किनु अ.क्रि. फर्कनु; फिर्नु।
60802 फर्छिनु अ.क्रि. लेनदेन, खरिदबिक्री आदिको हिसाब चुक्ति; हे. फर्सिनु।
60803 तेर्छ्र्याइ ना. फर्छिने वा तेर्छ्र्याउने क्रियाप्रक्रिया।
60804 तेर्छ्र्याइनु क.क्रि. फर्स्याइनु।
60805 तेर्छ्र्याउनु स.क्रि. फर्स्याउनु।
60806 फछ्र्योट/फछ्र्यौट ना. फछ्र्याउने काम; लेनदेनको व्यवहार मिलाउने काम; छिनाफाना गर्ने काम।
60807 फर्द / फर्दा ना. १. कागज, कपडा आदिको सग्लो वा अलग टुक्रा।
60808 फर्द / फर्दा ना. २. पल्ला।
60809 फर्द / फर्दा ना. ३. पत्र; तह।
60810 फर्द / फर्दा ना. ४. कुनै कुरो लेखिएको लामो काग।
60811 फर्द / फर्दा ना. वि. ५. एकलो; एक मात्र।
60812 फर्निचर ना. काठ एवं फलाम आदिबाट बन्ने वा बनेका मेच, टेबुल, दराज आदि सामान।
60813 फर्म ना. कुनै निश्चित लक्ष्य हासिल गर्नका निमित्त स्थापना गरिएको व्यापारिक संस्था।
60814 फर्मा १ ना. १. प्रेसमा एक पटकमा छापिने कागजको सिङ्गो ताउ वा कम्पोज भएका टाइपहरूको विस्तार।
60815 फर्मा १ ना. २. ढाँचा।
60816 फर्मा २ ना. जुत्तामा काँटी आदि ठोक्नुपर्दा जुत्तालाई अल्झाएर राख्ने चार-पाँच चोसा परेको फलामे औजार।
60817 फर्मा ३ ना. ढलान गर्न उभ्याइएको आधार - ढाँचा।
60818 फर्माइ ना. फर्माउने भाव, क्रिया वा प्रक्रिया।
60819 फर्माइनु क.क्रि. १ . आज्ञा दिइनु; अह्राइनु।
60820 फर्माइनु क.क्रि. २. फर्माइस गरिनु।
60821 फर्माइस ना. १. चाहनाअनुसारको कुनै वस्तु ल्याउन वा बनाउनका निम्ति कसैलाई दिइने आज्ञा वा अह्रोट; फर्मायस।
60822 फर्माइस ना. २. फर्माएर गरिएको त्यस्तो कुनै खास कुरो वा वस्तु।
60823 फर्माइस ना. ३. फर्माउने काम।
60824 फर्माइसी वि. १. विशेष किसिमले आज्ञा दिएर मगाइएको वा तयार गराइएको।
60825 फर्माइसी वि. २. विशेष किसिमको; असल; उम्दा।
60826 फर्माउनु स.क्रि. १. कुनै वस्तु वा चिज ल्याउन वा बनाउनका निम्ति आज्ञा दिनु; अह्राउनु।
60827 फर्माउनु स.क्रि. २. विशेष किसिमले बनाउन लगाउनु, फर्माइस गर्नु।
60828 फर्माउनु स.क्रि. ३. नभएका कुरा बनाउनु।
60829 फर्मान ना. राजकीय आज्ञापत्र (जस्तै- शाही फरमान )।
60830 फर्मायस ना. हे. फर्माइस।
60831 फर्मुला ना. सूत्र।
60832 फऱ्याकफुरुक क्रि.वि. खुसी वा हर्षले फुर्तीसाथ यताउति हिँड्ने गरी; इच्छा लागेको ठाउँमा जान तथा चाहेको वस्तु लाउन पाउने आदि रमाइलोले फुर्किएर जाँगर देखाउँदै।
60833 फऱ्याक्लो ना. लिम्बू जातिमा आशौचका सम्बन्धमा शुद्धशान्ति गर्ने धार्मिक विधि।
60834 फर्र क्रि.वि. १. कागज, कपडा आदि हावाका चापमा परेर एकै खेपमा हल्लने गरी।
60835 फर्र क्रि.वि. २. वरिपरि बाँधेको कपडा एक्कासि फुक्ने गरी।
60836 फर्र क्रि.वि. ३. पक्षीहरू एकै बाजि उड्दा आवाज आउने किसिमले।
60837 फर्र क्रि.वि. ४. तातो तेलमा पकाइएको रोटी फुल्ने वा उक्सिने गरी।
60838 फर्र क्रि.वि. ५. शरीरका अङ्गहरू एकाएक फुर्ने भएर।
60839 फर्लक्क क्रि.वि. १. एकातिर ढेप्सिएको वस्तु अर्कातिर पल्टने वा फर्कने गरी; पर्लक्क।
60840 फर्लक्क क्रि.वि. २. दुई फग्लेँटा फकलक्क छुट्टिने किसिमले।
60841 फर्लङ् ना. जमिन नाप्ने अङ्ग्रेजी नाप माइलको आठौँ भाग।
60842 फर्स ना. १. पक्का गरी बनाइएको समथर भुईं वा जमिन।
60843 फर्स ना. २. बिछ्याउना; ओछ्यान।
60844 फर्सा ना. चेप्टो र तिखो मुख भएको पुरानो खालको बन्चरो; कुठार।
60845 फर्सिनु अ.क्रि. १. लेनदेनसम्बन्धी व्यवहार वा हरहिसाब छिनोफानो हुनु; फर्छिन्,; फार्से हुनु।
60846 फर्सिनु अ.क्रि. २. कुनै काम - कुरो समाप्त हुनु; सिद्धिनु।
60847 फर्सी ना. भेट्नापट्टि र पिँधपट्टि थ्याचो परेको र घण्टका छाँटको, पहेँलो फूल फुल्ने, डल्ले कुभिन्डाभन्दा ठुलो, तर्का खाइने एक जातको लहरे फल।
60848 फर्से वि. फर्सीका छाँटको; फर्सीजस्तो।
60849 फर्से आँप ना. ठुलठुला दाना हुने, भित्र पाकेका फर्सीको जस्तो रङ एवं उसिनेका फर्सीको जस्तो फकफक परेको गुदी हुने एक जातको आँप।
60850 फर्से चाक ना. फर्सीजस्तो ठुलो, बाक्लो चाक।