Dictionary

All Word

60851 फर्से लहरो ना. फर्सीका जस्ता फुस्रा र वृत्ताकार पात हुने र फर्सीक जस्ता आँख्ला - आँख्लाबाट हाँगा हाल्ने एक जातको लहरो।
60852 फर्सेला वि. मिलनसार।
60853 फर्स्याइ ना. फर्सिने क्रिया वा प्रक्रिया।
60854 फर्स्याइनु क.क्रि. फर्सिने पारिनु, चुक्त्याइनु; फछ्र्याइनु।
60855 फर्स्याउनु स.क्रि. १. लेनदेनसम्बन्धी हिसाब छिनोफानो गर्नु; फस्र्यौट गर्नु; फार्से गर्नु।
60856 फर्स्याउनु स.क्रि. प्रे. क्रि. २. फर्सिने पार्नु।
60857 फस्र्योट/फस्र्योट ना. लेनदेन वा खरिदबिक्रीसम्बन्धी हरहिसाब चुक्ता गर्ने काम; छिनाफाना; फछ्र्योट।
60858 फल्नु १ स.क्रि. ढिकी एवं ओखलमा चामल, मल्खु, कोदो आदि कुटेर सफा गर्नु; भुस, बियाँ आदि निखार्नु।
60859 फल्नु २ अ.क्रि. १. बोट, बिरुवा, लता-लहरा आदिमा फल लाग्नु; फल निस्कनु।
60860 फल्नु २ अ.क्रि. २. उत्पन्न हुनु; पैदा हुनु।
60861 फल्नु २ अ.क्रि. ३. सिद्ध हुनु; सफल हुनु।
60862 फल ना. १. ऋतुकालअनुसार रुख, लहरा आदिमा पहिले फूल फुल्ने र पछि तिनै फूलसँग सम्बद्ध भएर निस्की विकसित हुने बोक्रा, गुदी र बीजले युक्त वस्तु।
60863 फल ना. २. कुनै कार्यविशेषको परिणाम; नतिजा; लाभ।
60864 फल ना. ३. धार्मिक विश्वासअनुसार पूर्वजन्ममा गरिएका कर्मको यस जन्ममा र यस जन्ममा गरिएका कर्मको परजन्ममा भोग्नुपर्ने दुःख वा सुख।
60865 फल ना. ४. आफ्ना बल, बुद्धि एवं परिश्रमबाट प्राप्त हने उपलब्धि।
60866 फल ना. ५. गणितका प्रक्रियाबाट प्राप्त अक; उत्तर।
60867 फल ना. ६. उद्देश्य; प्रयोजन।
60868 फल ना. ७. बाण, भाला आदिको अगिल्लो भाग।
60869 फल ना. ८. अण्डकोश; आँडा।
60870 फलक ना. १. डोलो काठ चिरेर तयार गरिएको पातलो वा चेप्टो वस्तु; फलेक।
60871 फलक ना. २. पिठिउँदेखि तल्लो र फिलादेखि माथिल्लो भागमा रहेको शरीरको अंश; नितम्ब; चाक।
60872 फलक ना. ३. कागज, कपडा आदिको पत्र वा ताउ।
60873 फलक ना. ४. युद्धका समयमा सेना आदिले छातीमा भिर्ने वस्तु; ढाल।
60874 फलक ना. ५. हत्केलो।
60875 फलकपुर ना. ककोल; वनकपुर।
60876 फलत: क्रि.वि. फलस्वरूप; परिणामस्वरूप; परिणामतः।
60877 फलदान ना. कन्न्यापक्षबाट वरपक्षका पिता वा अभिभावकलाई कुनै शुभ मुहूर्तमा विवाहको निश्चय गर्दा फलफूल, जनै सुपारी आदि दिइने प्राचीन विवाह पद्धतिको एक रीति।
60878 फलदार वि. लटरम्म फलहरू लागेको; फलयुक्।
60879 फलप्राप्ति ना. अभीष्ट लक्ष्यको सिद्धि; कार्यविशेषबाट प्राप्त सफलता।
60880 फलफूल ना. १. फलहरूको समुदाय।
60881 फलफूल ना. २. फल र फलसमानका वस्तुहरूको समूह।
60882 फलफूल ना. ३. फल र फूलको समुदाय।
60883 फलमूल ना. रुख वा लहरामा फल्ने कन्दमूल।
60884 फलमासु ना. हाड नभएको मासु; ह्याकुलो वा फिलाको मासु।
60885 फलवत्ता ना. फलप्राप्ति; फलसहित हुनाको स्थिति; लाभयुक्त अवस्था।
60886 फलवान् वि. १. फल भएको; फलयुक्।
60887 फलवान् वि. २. फल बोकेको; फल प्राप्त गरेको।
60888 फलश्रुति ना. कुनै काम गर्दा वा स्तोत्र आदि पाठ गर्दा पाइने फलको विस्तृत वा सङ्क्षिप्त महिमा, सत्कर्मको फल बताउने वाक्य।
60889 फलस्तुति ना. कुनै सत्कर्म गर्न वा अभीष्ट फल प्राप्त गर्नाका निम्ति गाइने वा पाठ गरिने देवदेवताहरूको महिमाको वर्णन भएको विषय वा सोसम्बन्धमा गाइने महिमागान।
60890 फलहीन वि. फलरहित; निष्फल; विफल।
60891 फलाँट ना. कटुसका छाँटका फल फल्ने, ससाना पात हुने, बलियो र गह्रौँ काठ हुने एक जातको रुख।
60892 फलाँसी ना. काठ आदि खोपेर प्वाल पार्ने एक प्रकारको रामोजस्तो फलामे हतियार।
60893 फलाइ ना. १. फल्ने वा फल लाग्ने क्रिया वा प्रक्रिया।
60894 फलाइ ना. २. फल्ने वा चामल आदि फलेर सफा पार्ने क्रियाप्रक्रिया।
60895 फलाइनु क.क्रि. १. फल लाग्ने पारिनु; फल्ने गराइनु।
60896 फलाइनु क.क्रि. २. फल्न लगाइनु; चामल आदि ढिकीमा कुटाइनु वा बियाँ, भुस आदि निखारिनु।
60897 फलाइलो वि. फल्ने वा फल लाग्ने गुण भएको; फलारु खालको।
60898 फलाई ना. पाइन्टको अगाडिपट्टि फस्नरको सट्टा टाँक राख्ने ठाउँ।
60899 फलाई बाला ना. पाइन्टको फलाईमा रहेका टाँक र टाँकघरसमेतलाई छोप्ने आवरण।
60900 फलाउनु प्रे. क्रि. १. फल लाग्ने पार्नु; फल्ने गराउनु।