Dictionary

All Word

61051 फाँज्नु स.क्रि. चारैतिर छर्नु वा फिँजाउनु; फैलाउनु; हे. पाँज्नु।
61052 फाँज ना. हे. फाँच।
61053 फाँट ना. १. खेती गर्न लायक फैलावट भएको जमिन वा मैदान।
61054 फाँट ना. २. कित्ता; खण्ड; भाग।
61055 फाँट ना. ३. कुनै कार्यालयको एक खण्ड, विभाग वा शाखा।
61056 फाँट ना. ४. स्रेस्तामा विषय आदिलाई लिएर खोलिएको तपसिलको खण्ड।
61057 फाँटवारी ना. १. सूची; विवरण; फेहरिस्।
61058 फाँटवारी ना. २. विभिन्न कारणवश गरिएको विषयको विभाजन।
61059 फाँटवाला वि. १. सरकारी वा गैरसरकारी संस्थाहरूका प्रशासनसम्बन्धी विभिन्न एकाइमध्ये कुनै एक फाँटको जिम्मा लिएको।
61060 फाँटवाला वि. ना. २. त्यस्तो फाँट सँभाल्ने विभागीय कर्मचारी।
61061 फाँटिलो वि. फाँटजस्तो चारैतिर खुला रहेको; फराकिलो; सम्म परेको।
61062 फाँड्नु १ स.क्रि. कुनै घोलिलो वस्तु पानीमा हालेर हुँडल्नु; फाँडो पार्नु; फेट्न; फाउनु वा लेदो पार्नु।
61063 फाँड्नु २ स.क्रि. १. घना वनजङ्गलका रुखहरू काट्नु वा उखेल्नु; जङ्गल वा झाडी छिमल्नु; उजार्नु।
61064 फाँड्नु २ स.क्रि. २. हाँगाबिंगा, स्याउलापात आदि काट्नु वा बिरुवा, झारपात आदि उखेल्नु।
61065 फाँड्नु २ स.क्रि. ३. बालीनाली भित्र्याएपछि बचेका बोट, झाङ आदि उखेल्नु; मास्नु।
61066 फाँडफुँड ना. फाँड्ने वा मास्ने काम; फँडाइ।
61067 फाँडिनु क.क्रि. १. जङ्गल फाँड्ने काम गरिनु; हाँगाबिंगा छिमलिनु वा काटिनु।
61068 फाँडिनु क.क्रि. २. फाँडोजस्तो पारिनु; हुँडलिनु; हाँडलहुँडल गरिनु।
61069 फाँडो १ ना. १. पिठो, कनिका आदि हालेर पातलो वा लेदो पारी पकाइएको खाना; एक प्रकारको माडजस्तो खोले।
61070 फाँडो १ ना. २. कलिला मकैका दाना थिची लेदो हुने गरी बनाइएको खानेकुरो।
61071 फाँडो १ ना. वि. ३. माडजस्तो पातलो; दबदबे।
61072 फाँडो २ ना. जानीजानी कसैमाथि थोपरिएको नचाहिँदो टन्टा वा झ्याउलो हुँदै; नभएको कुरो।
61073 फाँद्नु १ स.क्रि. अप्ठेरामा पार्नु; फन्दा वा झमेलामा पर्नु; नचाहिने कुरामा अल्झाउनु।
61074 फाँदनु २ स.क्रि. १. अग्लो डिल वा गहिरो, फराक खाडल उफ्रेर नाघ्नु; फट्कनु।
61075 फाँदनु २ स.क्रि. २. कसैले समाउन नसक्ने गरी छट्केर भाग्नु; बुर्कुसी मार्नु।
61076 फाँद १ ना. १. फड्कने काम; फड्काइ।
61077 फाँद १ ना. २. उफ्रेर एकै फड्कोमा नाघ्न सकिने जमिनको नापो वा भाग; फाँच; फड्को।
61078 फाँद १ ना. ३. खेतीयोग्य वा पर्ती जमिनको फैलावट ; विस्तार।
61079 फाँद २ ना. जङ्गली हात्तीलाई खेदो गर्दा फसाइने वा पक्राउमा पारिने मोटो डोरीको पासो; फन्दा।
61080 फाँदिनु क.क्रि. १. फाँद्ने वा फन्दामा पार्ने काम गरिनु।
61081 फाँदिनु क.क्रि. २. फाँद्ने काम गरिनु वा उफ्रेर नाघिनु; बुर्कुसी मारिनु।
61082 फाँदिलो वि. फैलिएको; फराकिलो; फिँजिएको वा फिँजारिएको; विस्तृ।
61083 फाँसी ना. १. फसाउने वा अल्झाउने वस्तु; पासो।
61084 फाँसी ना. २. अपराधीलाई पासामा घाँटी झुन्ड्याएर मार्ने सजाय वा दण्ड।
61085 फाँसी ना. ३. विनाकारण आइलागेको झोज वा झन्झट; झमेला।
61086 फाँसी ना. ४. मन नपरीनपरी गर्नुपरेको काम वा कुरो।
61087 फाइँफुइँ ना. नचाहिँदो रूपमा देखाइएको फुर्ती वा धाक; ताइँफाइँ; आडम्बर; घमन्ड; फुइँ।
61088 फाइँफुट्टी ना. नचाहिँदो फुर्ती ; व्यर्थको आडम्बर; धाकरवाफ; फाइँफुइँ; ताइँफाइँ।
61089 फाइँफुट्टे वि. फाइँफुट्टी गर्ने; ताइँफाइँ गर्ने; धाकधक्कु लाउने।
61090 फाइदा ना. १. कुनै कामकुरा, व्यापार आदिमा हुने बढी प्राप्ति; लाभ; नाफा; फायदा।
61091 फाइदा ना. २. कामकुराबाट हुने इष्ट वा शुभ परिणाम; असल नतिजा।
61092 फाइनु क.क्रि. हँडलिन; लेदो पारिनु; फेटिनु।
61093 फाइबर ना. कपास, रेसम आदि मिश्रित चिप्लो खालको कपडा।
61094 फाइल ना. १. कार्यालयका महत्त्वपूर्ण कागजपत्र सुरक्षित राखिने बाक्लो वा कडा एक प्रकारको जिल्द।
61095 फाइल ना. २. सिलसिला मिलाएर राखिएका कागतपत्रहरूको समूह; मिसिल।
61096 फाइल निर्देशिका ना. कुन फाइल कहाँ र कुन नम्बरमा छ भनी थाहा पाइने अनुक्रमपुस्तिका।
61097 फाइल पुस्तिका ना. कागतपत्र वा मिसिल आदि राखिने जिल्ददार फाइल।
61098 फाउ १ ना. १. चिजबिज किनेपछि सित्तैँ मागेर लिइने थप वस्तु; फोसा; तासा।
61099 फाउ १ ना. २. वृद्धि; थप।
61100 फाउ २ ना. १. फागु वा होलीसम्बन्धी गीत, नाच आदि।