Dictionary

All Word

61101 फाउ २ ना. २. फागु, फाग।
61102 फाउनु स.क्रि. १. पानीमा पिठो आदि वस्तु हालेर हातले बेसरी हल्लाउनु वा हँडल्नु; फेट्नु।
61103 फाउनु स.क्रि. २. लस्सा आउने गरी चलाउनु; घोल्नु।
61104 फाउन्टेन पेन ना. पाइपमा मसी भरिने, निप, जिब्री आदि भएको कलम; फौन्टेन; फुन्टिन।
61105 फाकट ना. जङ्गलबाहिरको पर्ती मैदान; समतल भूमि।
61106 फाकन ना. कर्कलो।
61107 फाकने वि. १. कर्कलो वा जलुको आदि उसिनेर खाने।
61108 फाकने वि. २. होसै नराखी भएभरको कुरा गर्ने।
61109 फाकने वि. ना. ३. त्यस्तो खाने मानिसलाई हियाएर भनिने शब्द।
61110 फाकफुक ना. धामी, झाँक्री आदिले भूतप्रेत आदिको बाधा हटाउन गर्ने तन्त्रमन्त्र आदिको प्रयोग; झारफुक; फुकफाक।
61111 फाकफुके वि. फाकफुक गर्ने; झारफुके; झारफुक गर्ने (व्यक्ति)।
61112 फाग ना. १. फागु।
61113 फाग ना. २. नारीहरूले उत्सवपर्वमा गाउने मङ्गल - गी।
61114 फागु ना. १. फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ, अबिर आदि हाल्ने र नाच्ने, गाउने तथा प्रीतिभोज आदि गरी रमाइलो मनाइने उत्सव; होली।
61115 फागु ना. २. त्यस अवसरमा गाइने गीत; फाउ।
61116 फागु ना. ३. सल्लाका फूलको पहेँलो भाग।
61117 फागुन ना. वर्षको एघारौँ महिना; फाल्गुन।
61118 फागुने वि. १. फागुनसम्बन्धी; फागुनको।
61119 फागुने वि. २. बेकम्मा; रद्दी; अश्लील।
61120 फाङफुङ क्रि.वि. १. कुनै सग्लो मालसामानको सबैजसो अवयव छुट्टिएर अलग हुने गरी; फाङ्ल्याङफुङ्लुङ।
61121 फाङफुङ क्रि.वि. २. कुनै वस्तु काम नलाग्ने गरी भत्कने, भत्काउने वा बिग्रने, बिगार्ने पारेर।
61122 फाङफुङ क्रि.वि. ना. ३. त्यसरी छुट्टिने, बेग्लिने, भत्किने, बिग्रने आदि चाल।
61123 फाङ्ङफुङ्ङ/फाङ्लाङफुङ्लुङ क्रि.वि. फाङफुङ।
61124 फाजिल वि. १. आवश्यकताभन्दा धेरै ; चहिनेभन्दा बेसी।
61125 फाजिल वि. २. त्यसरी हिसाबमा बढेको वा खर्च बच्न गएको ( रकम); अवशिष्ट; अतिरिक्।
61126 फाजिल बाँकी ना. लेनदेनसम्बन्धी हरहिसाबमा लिन वा दिन बाँकी रहेको रकम।
61127 फाट्नु अ.क्रि. १. जमिन, घरको गारो आदि धाँजा पर्नु वा फाट्नु; चिरा पर्नु वा चिरिनु।
61128 फाट्नु अ.क्रि. २. लुगाफाटो आदि थोत्रो पुरानो हुनु, च्यातिनु, धस्कनु वा खिइनु।
61129 फाट्नु अ.क्रि. ३. टुक्रा - टुक्रा हुनु; च्याथ्लो हुनु।
61130 फाट्नु अ.क्रि. ४. अलग हुनु; छुट्टिनु।
61131 फाट्नु अ.क्रि. ५. झोल र छोक्रा छुट्टिनु।
61132 फाट्नु अ.क्रि. ६. दई थरीको मत वा मन नमिल्नु; राय बाभनु।
61133 फाट्नु अ.क्रि. ७. शत्रुता हुनु; अरिष्ट पर्न।
61134 फाटका नियत समयमा कुनै वस्तुको दर, माग बढ्ने विचारअनुसार वस्तुको मूल्य निर्धारित गरी सोही मूल्यमा आँटेर गरिने खरिदबिक्रीको अठोट; सोअनुसार बढी मुनाफा वा लाभको आशाले गरिने जोखिमी कारोबार।
61135 फाटफुट वि. १. चानचुन; धेरथोर; थोरथोरै।
61136 फाटफुट वि. क्रि.वि. २. एउटा - दुइटा मात्र देखा पर्ने गरी; कतैकतै; फाट्टफुट्ट।
61137 फाटफुटे वि. १. चानचुने; सानोतिनो।
61138 फाटफुटे वि. २. अपूर्ण; अपूरो; अधुरो।
61139 फाटफुटे वि. ३. फुटकर ; खुद्रा।
61140 फाटिनु अ.क्रि. धाँदो परिनु; चिरा परिनु।
61141 फाटो ना. १. परस्परमा हुने मनको बेमेल; फुट।
61142 फाटो ना. २. राय बाझ्ने काम; मतभेद।
61143 फाटो ना. ३. शत्रुता; वैमनस्य।
61144 फाट्टफुट्ट क्रि.वि. १. एउटादुइटा गर्दै सबै आउने, उठ्ने वा निस्कने गरी।
61145 फाट्टफुट्ट क्रि.वि. २. एकएक गरी सिद्ध्याउने किसिमले।
61146 फाट्टफुट्ट क्रि.वि. ३. पातलोपातलो चालमा देखिने वा हुने गरेर।
61147 फाणित ना. चासनी; पाग; सिर्का।
61148 फातफुत्त क्रि.वि. १. दबदबे वा लेदो पदार्थ एकै चोटि खस्ने वा खस्दा शब्द आउने गरी।
61149 फातफुत्त क्रि.वि. २. पेटमा भएको मल एकै चोटि साफ हुने गरी निस्केर; खातखुत्।
61150 फाद ना. हे. फाँद (बन्धन)।