Dictionary

All Word

61251 फिँज्नु स.क्रि. १. खुम्चिएको वा सोहोरिएर थुप्रिएको वस्तुलाई तन्काएर पाँज्नु।
61252 फिँज्नु स.क्रि. २. नाउँ, कीर्ति, खबर वा पत्रपत्रिका आदिको व्यापक प्रचार गर्नु।
61253 फिँज्नु स.क्रि. ३. फैलाउनु; फिजाउनु।
61254 फिँजाइ ना. फिँज्ने वा फिँजाउने क्रियाप्रक्रिया।
61255 फिँजाइनु क.क्रि. फिँजिने पारिनु ; फैलाइनु।
61256 फिँजाउनु प्रे. क्रि. १. फिँज्ने पार्नु; फैलाउनु।
61257 फिँजाउनु प्रे. क्रि. स.क्रि. २. फिँज्नु; प्रचार गर्नु।
61258 फिँजिनु अ.क्रि. फिँजिने होइनु; फैलिनु।
61259 फिई डिप्पी डेस ना. विश्वप्रसिद्ध पहिलो हुलाकी; फारसी र एथेनियनबिच भएको इ. पू. ४९० तिरका लडाइँमा आफ्ना पक्षको विजयसन्देश बोकी दौडेर जाँदाजाँदै नगरद्वारमा पुग्नासाथ मर्ने इमान्दार एथेनियन सन्देशवाहक।
61260 फिक ना. पान, खैनी, सुर्ती आदि खाएर थुकिने थुक; पिक।
61261 फिकदानी ना. थुक्ने भाँडो।
61262 फिकदार ना. राजाको फिकदानी साफ गर्ने आदि काम गर्ने नोकर।
61263 फिकबिर्ता ना. राजाको सेवा गर्ने फिकदार वा नोकरहरूलाई बकस भएको बिर्ता जग्गा।
61264 फिका/फिक्का वि. १. स्वाद नपुगेको वा नभएको; खल्लो।
61265 फिका/फिक्का वि. २. उज्जर वा चहकिलो नभएको; हल्का (रङ)।
61266 फिका/फिक्का वि. ३. मधुरो; मलिन; अँध्यारो (मुख आदि)।
61267 फिका/फिक्का वि. ४. कम महत्त्वको; त्यति उपयोगी नभएको।
61268 फिका/फिक्का वि. ५. खिन्न; दिग्दार।
61269 फिका चिया ना. दुध वा चिनी नहालेको, नपुगेको अथवा चियाको रङ कम्ती भएको चिया।
61270 फिक्री ना. १. कुनै विषयप्रति भएको चिन्ता; सुर्ता।
61271 फिक्री ना. २. त्यस्तो विषयप्रतिको चासो; वास्ता; पर्वाह।
61272 फिट्नु स.क्रि. १. पग्लने वा घोलिने वस्तु पन्यालो पदार्थमा मिलाउनका निम्ति घुमाई-घुमाई हल्लाउनु; हँडल्नु; फेट्नु।
61273 फिट्नु स.क्रि. २ तास, गन्जिफा आदिका चाडका चक्कीलाई तलमाथि पार्नु; तलास्नु।
61274 फिट ना. १. फुटको बहुवचन; फिट।
61275 फिट ना. २. फुट।
61276 फिटकिरी ना. कुनै सेता गेडा फ्याँक्ने र ती खोजेर ल्याउँदा खोस्न आउनेबाट बच्दै बढी माउलाई दिने एक खेल।
61277 फिटन ना. हे. फिटिन।
61278 फिटर ना. यन्त्र वा मिसिनका विभिन्न पुर्जा जडान गर्ने व्यक्ति।
61279 फिटाइ ना. फिट्ने क्रिया वा प्रक्रिया।
61280 फिटाइनु क.क्रि. फिट्न लाइनु; फिट्ने पारिनु; फेटाइनु।
61281 फिटाउनु प्रे. क्रि. फिट्न लाउनु; फिट्ने पार्नु; फेटाउनु।
61282 फिटिन ना. एक वा दुई घोडाले तान्ने टपवाला खुला र हल्का किसिमको चारपाङ्ग्रे बग्गी; फिटन।
61283 फिटिनु क.क्रि. फिट्ने काम गरिनु।
61284 फिट्टकिरी ना. हे. फट्किरी।
61285 फिट्टा वि. जहान- परिवार नभएको; फुट्टा फुट्टो; ठिङ्गो; एक्लो।
61286 फिट्टे वि. फिट्टा।
61287 फिड ना. उन्नत जातका कुखुरालाई खुवाउन प्रयोग गरिने चारो।
61288 फिडर प्यानल ना. ट्रलीलाइनलाई विद्युत्शक्ति पूर्ति गर्ने एकाइ।
61289 फितलो वि. १. दोऱ्हो नभएको; लुलो; दुर्बल।
61290 फितलो वि. २. निर्धो; शिथिल; कमजोर।
61291 फितिक्क क्रि.वि. १. गिलो वस्तु थोरै खस्ने गरी; फतक्क।
61292 फितिक्क क्रि.वि. २. कुनै वस्तु गलेर खोले हुने किसिमले।
61293 फित्कौली ना. १. सानातिना ढुङ्गा, मट्याङ्ग्रा आदि हान्ने गुलेलीसरहको बाँसको कप्टेरो।
61294 फित्कौली ना. २. फित्कौली हाने झैँ गरी खेलिने बालकहरूको एक खेल।
61295 फित्तफीँ ना. काइँयोका जस्ता लाम्चिला पात हुने एक किसिमको बोट; फलाँट।
61296 फित्तफीँ ना. (केटाकेटीहरू यसको पात बेरेर बजाउने गर्छन्)।
61297 फित्ता चौडाइ कम भएको कपडा वा नाइलन आदिको लामो पट्टी; जुत्ता कस्ने डोरी।
61298 फित्तावाल वि. फित्ता कस्ने खालको; फित्ता लगाएको वा फित्ता बाँधिने (जुत्ता)।
61299 फित्ते वि. फित्ताजस्तो ; फित्ताको।
61300 फित्ते जुका ना. फित्ता जस्तै लामो तर टाउको सानो हुने, पुच्छरतिर ठुलो हुँदै गएको, जिउ थुप्रै खण्डमा विभाजित भएको र सो टुक्रिँदा अरू आफू जस्तै किरा तयार गर्न सक्ने परजीवी जुको।