Dictionary

All Word

61301 फिनाइल ना. हे. फिनेल।
61302 फिनी ना. १. नचिरेको पन्जाफीजस्तो एक प्रकारको बाटुलो रोटी।
61303 फिनी ना. २. तृणासन।
61304 फिनेल ना. विषालु कीटाणुहरू नाश गर्ने; उत्कट गन्ध भएको एक प्रकारको औषधी; कीटनाशक दबाई विशेष ; फिनाइल।
61305 फिपी ना. बेत, बाँस आदिका चोयाले बुनेको, एक प्रकारको बिर्कोवाल भाँडो; चोयाको डिब्बा।
61306 फियो ना. शरीरमा पेटभित्र पाकस्थलीसँगै बायाँतर्फ हुने एक अवयव।
61307 फिर्नु अ.क्रि. १. गएको व्यक्ति वा पठाइएको वस्तु फिर्ता आउनु; फर्कनु।
61308 फिर्नु अ.क्रि. २. भइरहेको स्थितिमा परिवर्तन आउनु; सो स्थिति उल्टनु; बदलिनु।
61309 फिर्नु अ.क्रि. ३. घुमफिर गर्नु; डुल्नु।
61310 फिर्नु अ.क्रि. ४. मलमूत्रादि त्याग गर्नु।
61311 फिरङ्ग ना. १. युरोप महादेश।
61312 फिरङ्ग ना. २. गर्मीले वा वेश्यासँगका समागमबाट गुप्ताङ्गमा हुने एक रोग; भिरङ्गी।
61313 फिरङ्गी ना. १. फिरङ्ग महादेशको निवासी; अङ्ग्रेज; गोरा; युरोपियन।
61314 फिरङ्गी ना. २. फिरङ्ग रोग लागेको व्यक्ति।
61315 फिरन्ता वि. १. स्थायी रूपले एकै ठाउँमा घरबार गरेर नबसी घुमीघुमी हिँड्ने; डुलुवा।
61316 फिरन्ता वि. ना. २. परदेशी; यात्री; घुमन्ता व्यक्ति।
61317 फिरन्ता वि. ३. जोगी; सन्न्यासी।
61318 फिरन्ते वि. फिरन्ता।
61319 फिरफिर क्रि.वि. १. कागत, कपडा, पात आदि हावामा हलुको किसिमबाट हल्लने गरी; फरफर।
61320 फिरफिर क्रि.वि. २. फिरफिर गर्दै उड्ने पुतली जस्तो एक जातको किरो।
61321 फिरफिर क्रि.वि. ३. मन्द गतिले हावा चलिरहेर; सिरसिर।
61322 फिरफिरी / फिरफिर्ती क्रि.वि. अझ छिटो फिरफिर हुने गरी।
61323 फिरफिरे वि. १. हावामा हलुको तबरले हल्लने वा चल्ने।
61324 फिरफिरे वि. ना. २. हावाका वेगले घुम्ने कागत, पात, टिन आदिको पङ्खाका आकारको खेलौना।
61325 फिरफिरे वि. ४. लामाले असिना, पानी, हुरी आदि रोक्नका निम्ति ठाउँठाउँमा गाड्ने बाँसको पुतली।
61326 फिरफिरे वि. ५. ससाना चुच्चे पात हुने एक जातको बोट।
61327 फिरफिरे वि. ६. अग्लो चौडा भाला आकारका पात हुने, दाँती परेका किनारा हुने, तल्लो भाग सेतो रौँले ढाकिएको, पहेँलो फूल फुल्ने बोटविशेष।
61328 फिराइ ना. फिर्ने क्रिया वा प्रक्रिया।
61329 फिराइनु क.क्रि. १. फिर्न लाइनु; डुलाइनु; घुमाइनु।
61330 फिराइनु क.क्रि. २. फर्काइनु।
61331 फिराउनु प्रे. क्रि. १. फिर्न लाउनु, डुलाउनु; घुमाउनु।
61332 फिराउनु प्रे. क्रि. २. फर्कन लाउनु।
61333 फिराउनु प्रे. क्रि. स.क्रि. ३. फिँजाउनु; फैलाउनु।
61334 फिराद ना. सम्बन्धित अदालत वा अधिकारीका समक्ष न्याय पाउन गरिने प्रार्थना; नालिस।
61335 फिराद पत्र ना. कानुनी कारबाईका निम्ति मर्का परेको कुरा लेखीं वादी भएर अदालतमा दिइएको रीतपूर्वकको कागज; नालिसपत्र; इजहार।
61336 फिरादी वि. फिराद गर्ने, नालिसवाला; उजुरबाजुर गर्ने।
61337 फिरादी पत्र ना. फिरादपत्र।
61338 फिरिनु अ.क्रि. १. फिर्ता आइनु; फर्किनु।
61339 फिरिनु अ.क्रि. २. डुलिनु; घुमिन्।
61340 फिरिस्त ना. सम्बन्धित विषयवस्तु वा व्यक्तिहरूको नामावली, विवरण, फॉंट आदि क्रमिक रूपमा अङ्कित गरिएको पुस्तिका वा पत्र; तालिका; सूचीपत्र।
61341 फिरोजा ना. हरियो हरियो पाराको निलो रङ हुने एक किसिमको बहुमूल्य रत्न; युँ।
61342 फिरौती ना. अपहरित व्यक्ति वा वस्तु फिर्ता गर्नुपर्दा माग गरिने रकम; त्यस्तो कुनै सर्।
61343 फिर्कनु अ.क्रि. फर्कनु; फिर्नु।
61344 फिर्काइ ना. फिर्कने क्रिया वा प्रक्रिया।
61345 फिर्काइनु क.क्रि. फिर्कन लाइनु; फर्काइनु।
61346 फिर्काउनु प्रे. क्रि. फिर्कन लाउनु; फर्काउनु।
61347 फिर्किनु अ.क्रि. फिर्कने होइन; फर्किनु।
61348 फिर्के ना. १. घट्टको पुतली।
61349 फिर्के ना. २. दाल घोट्नका निम्ति बिँडमा ठोकेर वा गाँसेर बनाइएको काठ वा फलामको मधानीजस्तो चारचोसे साधन।
61350 फिर्ता ना. फर्कने वा फर्काउने काम; फिर्ती; फिराइ।