Dictionary

All Word

61551 फुट्नु अ.क्रि. १. कुनै सिङ्गो वस्तु टुक्रा पर्नु; टुक्रिन; टुट्नु।
61552 फुट्नु अ.क्रि. २. चिरा पर्नु; धाँजा फाट्नु; चर्कनु; चिरिन्।
61553 फुट्नु अ.क्रि. ३. पाकेका खटिरा, घाउ आदिका मुखबाट रगत, पिप आदि निक्लनु।
61554 फुट्नु अ.क्रि. ४. मिलेका वस्तु वा व्यक्तिहरू अलग्गिनु; छुट्टिनु।
61555 फुट्नु अ.क्रि. ५. प्वाल पर्नु वा मुख बन्नु; छिद्र हुनु।
61556 फुट्नु अ.क्रि. ६. मेल नहुनु; फाटो पर्नु छुट्टिनु; फुट हुनु।
61557 फुट १ ना. १. लम्बाइ, चौडाइ आदि नाप्ने काममा प्रयोग गरिने बाह्र इन्चको नापो।
61558 फुट १ ना. २. त्यसै बराबरको नाप वा मान; गजका तीन भागमध्ये एक।
61559 फुट २ ना. विरोध, वैमनस्य आदिबाट हुने बेमेल; फाटो।
61560 फुटकर वि. १. कुनै स्थान, वर्ग वा समूहमा नमिली अलग्गै रहेको; श्रेणी वा हारमा नमिलेको; मूल विषयदेखि बाहिरको (फुटकर कुरो, फुटकर कविता, फुटकर विषय इ.)।
61561 फुटकर वि. २. फाटफुट; विविध।
61562 फुटकर वि. ३. (व्यापारमा) डक्क वा थुप्रै नभएर बेग्लाबेग्लै छुट्ट्याइएको; चानचुन; खुद्रा; खुदरा ( माल, पैसा आदि)।
61563 फुटनोट ना. १. लेख, पुस्तक वा ग्रन्थका पृष्ठको पुछारमा दिइने टिप्पणी; पादटिप्पणी।
61564 फुटनोट ना. २. आफूले लेखेका कुनै कुराका पुष्टिका निमित्त अन्य ग्रन्थबाट लिइएका उद्धरणको सन्दर्भ।
61565 फुट काँक्रो ना. काँक्राका जस्ता पात हुने, ससाना पहेँला फूल फुल्ने, काँक्राका झैँ हरिया र लामा फल लाग्ने र पाकेपछि पहेँला हुने, भित्र सेता बियाँ र सेतै गुदी हुने एक जातको नङ्ग्रे लहरो; त्यसैको फल।
61566 फुटपरस्त वि. एउटै समूह वा दलमा तथा एउटै विचार वा सिद्धान्तमा रहेका व्यक्तिहरूमध्ये केही व्यक्तिहरू अलग भएर वा फुटेर पहिले रहेकै समूह वा सिद्धान्तको विरोधमा उभिने।
61567 फुटपाथ ना. १. राजपथ वा मूल सडकका दुई किनारामा मानिस हिँड्न बनाइएको पेटी।
61568 फुटपाथ ना. २. मानिस हिँड्ने सडकछेउको गोरेटो।
61569 फुटप्रेसर ना. लुगा सिउने मिसिनको कपडा सार्ने दाँतीका माथिल्लापट्टि रहेको, कपडा थिच्ने अङ्ग वा पुर्जा।
61570 फुटफाट ना. फुट्ने वा फोरिने काम; टुटफुट।
61571 फुटबल ना. १. गोडाले हानेर खेलिने, छालाले मोहोरिएको, हावा भरिने रबरको ठुलो भकुन्डो।
61572 फुटबल ना. २. सोही भकुन्डो खेलिने एक खेल।
61573 फुटल वि. फुटेको (चिज वा वस्तु)।
61574 फुटा ना. कपासको बीज वा बियाँ; ज्यापु।
61575 फुटाइ ना. फुट्ने भाव, क्रिया वा प्रक्रिया।
61576 फुटाइ ना. फुटाउने भाव, क्रिया वा प्रक्रिया।
61577 फुटाइनु क.क्रि. फुट्न लाइनु, फुट्ने पारिनु।
61578 फुटाउनु प्रे. क्रि. १. कुनै सिङ्गो वस्तुलाई टुक्रा पार्नु; टुक्र्याउनु; फोर्नु, फुटाल्नु।
61579 फुटाउनु प्रे. क्रि. स.क्रि. २. चिरा पार्नु; चर्काउन; छुट्ट्याउनु; धाँदो वा धाँजो पार्नु।
61580 फुटाउनु प्रे. क्रि. ३. मेल भएकालाई फुट वा बेमेल गराउनु; छुट्ट्याउनु; अलग्ग पार्नु वा अलग्ग्याउनु।
61581 फुटानी ना. सामान्य कुरालाई बढाइचढाइ गरेर आफूआफूमा वैमनस्य पार्ने काम; बाझाबाझ।
61582 फुटाल्नु स.क्रि. फोर्नु; दुई टुक्रा पार्नु।
61583 फुटालाइ ना. फुटाल्ने भाव, क्रिया वा प्रक्रिया।
61584 फुटालिनु क.क्रि. टुक्रा-टुक्रा पारिनु; फोरिनु।
61585 फुटिनु क.क्रि. टुक्रा-टुक्रा होइनु; टुक्राटुक्रा पारिनु; फोरिनु।
61586 फुटेको वि. टुक्रिएको; टुटेको; चिरिएको।
61587 फुटेको कर्म ना. भाग्य हराएको अवस्था।
61588 फुटेको पैसा ना. साह्रै थोरै द्रव्य; चुनदाम।
61589 फुट्ट क्रि.वि. १. कुनै वस्तु, कुरा आदि उछिट्टिने गरेर; भ्यागुतो वा फट्याङ्ग्रा फड्के जस्तै गरी।
61590 फुट्ट क्रि.वि. वि. २. क्रम वा शृङ्खलामा नमिलेको; अलग्ग; फुट्टा; भिन्न; छुट्टा।
61591 फुट्टा वि. १. फौज वा जमातबाट भिन्न वा छुट्टै रहेको; अलग; एक्लो; फुट्टो; ठिङ्गो।
61592 फुट्टा वि. २. जोडी नभएको; बेजोडी; बिजोडा; बिजोर।
61593 फुट्टा वि. ना. ३. एक पासामा दुवा र दुई पासामा पोटपोट पर्दा हुने, पासाका खेलको एक दाउ; चार फुट्टीको दाउ, पासाको चौका दाउ।
61594 फुट्टी ना. १. सानो थोप्लो; विन्दु; टिकी।
61595 फुट्टी ना. २. पासा, तास आदिमा एक्का, दुवा, तिर्की आदि जनाउने थोप्ला वा टिकी।
61596 फुट्टी ना. ३. अति सानो मान वा मात्रा; न्यूनतम परिमाण।
61597 फुट्टी ना. क्रि.वि. ४. एक जात पनि; पटक्क।
61598 फुट्टीकौडी ना. केही पनि नहुने स्थिति; अकिञ्चनता।
61599 फुट्टे वि. फुट्टी भएको; फुट्टा परेको।
61600 फुट्टे वि. २. अलग्गिएको; छुट्टा बसेको।