Dictionary

All Word

61701 फुर्माउनु स.क्रि. १. कुनै कुरा राम्ररी सिँगारेर वा सिप लाएर बनाउनु; चिटिक्क पार्नु।
61702 फुर्माउनु स.क्रि. २. फर्माउनु।
61703 फुर्मास ना. १. मनखुसी वा कुनै उपलक्ष्यमा गरिने बढ्ता खर्च फुर्माइस।
61704 फुर्मास ना. २. कुनै चिज विशेष रूपले बनाउन वा ल्याउनका निम्ति दिइने आज्ञा वा आदेश।
61705 फुर्मासी वि. १. फुर्मास गरिएको फुर्माइएको।
61706 फुर्मासी वि. २. आवश्यकभन्दा बढी खर्च भएको।
61707 फुर्मासी वि. ना. ३. मुख्य काममा नभएर साधारण आवश्यकताका निम्ति छुट्ट्याइएको रकम वा वस्तु (जस्तो- फुर्मासी खर्च, फुर्मासी लुगा आदि)।
61708 फुर्र क्रि.वि. १. एकै झमटमा हावामा कागत, पात अदि उड्ने गरी २. चरा, पुतली आदि उड्ने किसिमले।
61709 फुर्र क्रि.वि. ३. मुखमा पानी वा सातु हालेर फुक्ता शब्द आउने किसिमले।
61710 फुर्र क्रि.वि. ४. घिउ-तेलमा कुनै वस्तु फुर्ने वा फुराइको शब्द आउने गरी।
61711 फुर्रा ना. केटाकेटीले उफ्रँदै, दगुर्दै खेल्ने एक किसिमको खेल।
61712 फुर्लुङ ना. चोयाले बुनेको, मुख केही सानो र पेट फुकेको हुने, चरा, माछा, कुराउनी आदि हाल्ने भाँडो; कँडालीका छाँटको त्यस्ता कोसेलीपात हाल्ने पेरुङ्गो।
61713 फुर्सत / फुर्सद ना. कामबाट खाली रहेको समय; काम नभएको बेला; खाली समय; अवकाश।
61714 फुर्सतिलो / फुर्सदिलो वि. फुर्सत भएको; फुर्सदिलो।
61715 फुल्नु अ.क्रि. १. कोपिलो फुक्नु वा फक्रनु; पुष्पित हुनु; विकसित हुनु।
61716 फुल्नु अ.क्रि. २. रोटी आदि उक्सिएर भुक्क हुनु; भुक्लुक्क पर्नु।
61717 फुल्नु अ.क्रि. ३. शरीरको कुनै भाग उक्सनु; सुन्निनु।
61718 फुल्नु अ.क्रि. ४. घमन्ड वा रिसले गमक्क पर्नु; गम्कनु।
61719 फुल्नु अ.क्रि. ५. धुमधुमती परेर बस्नु।
61720 फुल्नु अ.क्रि. ६. केश पाक्नु; रौं सेतो हुनु।
61721 फुल्नु अ.क्रि. ७. बिहे गर्न लायक हुनु।
61722 फुल कोर्ट ना. इन्साफ गर्ने कामबाहेक अन्य कामका निम्ति बसेको सर्वोच्च अदालतका प्रधान न्यायाधीश तथा अरू न्यायाधीशहरूको सभा।
61723 फुल पार्नु टु. १. नभएका कुरा रिटिक्क पारेर भन्नु।
61724 फुल पार्नु टु. २. जताततै स्वास्नी बटुली धेरै छोराछोरी पाउनु।
61725 फुल बेन्च ना. १. प्रधान न्यायाधीशसहित तीन वा तीनभन्दा बढी न्यायाधीशहरूको बेन्च वा सभा; विशेष परिस्थितिमा प्रधान न्यायाधीशका तजबिजले नै गठित प्रधान न्यायाधीशसहित तीन वा सोभन्दा बढी न्यायाधीश भएको बेन्च वा सभा।
61726 फुल बेन्च ना. २. डिभिजन बेन्चमा राय फाट्न गएको मुद्दा हेर्ने बेन्च।
61727 फुल १ ना. ससाना जीव (चराचुरुङ्गी, माछा, साँप आदि) जन्मने, एकापट्टि केही चुच्चोजस्तो परेको गोलाकार पिण्ड; अण्डा; अण्ड; डिम्बा।
61728 फुल २ वि. १. भरिभराउ; पूर्ण; पूरा।
61729 फुल २ वि. २. प्रशस्त; पर्याप्त; मनग्य।
61730 फुलकिलो ना. ल्वाङ किलो।
61731 फुलकोपी/ कोबी ना. ठुलठुला रायोका जस्ता, पाउडर छिटेजस्ता लाग्ने फुसा पात हुने, टुप्पामा नौनी घिउको जस्तो सेतो र पहेँलो डल्लो लाग्ने तथा तोरीका जस्ता गेडा फल्ने एक वनस्पतिविशेष।
61732 फुलखरानी ना. अँगार पचेर सेतो भएको खरानी; भस्म; विभूति।
61733 फुलखाजा ना. मिठो खाने कुरो।
61734 फुलजडी/फुलझडी ना. खुबै सिफारिस गर्ने वा बुट्टा भर्ने काम; रिटिक्क पारिने कुरा।
61735 फुलनाम ना. न्वारानमा राखेका नामदेखि अतिरिक्त बोलाउने प्यारो नाम वा उपनाम।
61736 फुलबासा ना. धानको एकजा।
61737 फुलमती ना. मसिनो र बास्नादार धानको एक जा।
61738 फुलमती ना. (स्त्री नाम पनि)।
61739 फुलाइ ना. फुल्ने भाव, क्रिया वा प्रक्रिया।
61740 फुलाइनु क.क्रि. फुल्ने पारिनु; फुल्न लाइनु; पुष्पित गराइनु।
61741 फुलाउनु प्रे.क्रि. फुल्ने पार्नु; फुल्न लाउनु; पुष्पित गराउनु।
61742 फुलाङ्गो ना. १. फल नलागी फुलेर मात्र खेर जाने फलफूलको बोट; भाले रुख।
61743 फुलाङ्गो ना. वि. २. चाँडचाँडै फुल्ने।
61744 फुलिनु अ.क्रि. फूलको कोपिला फुट्ने वा फुल्ने होइनु।
61745 फुलिस्केप ना. मिसिनमा पेलेर तयार गरिएको, डोरा नहालिएको देशी कागज; १२x१५ वा १२.५X१६ इन्चीको हुने त्यस्तो कागतको नापो वा आकार।
61746 फुली ना. १. स्त्रीजातिले नाकमा लगाउने सानो फूलको आकारको सुनको गहना; नाकफुली।
61747 फुली ना. २. जुत्ता, पेटी, फुटबल आदिको फित्ता घुसार्ने प्वालमा जडिने धातुको चक्का आकारको वस्तु।
61748 फुलुङ्गा ना. गुब्बारा।
61749 फुले वि. आँखामा फुलो परेको; फुलो परेको आँखा हुने।
61750 फुलेल वि. १. प्रसन्नताले पूर्ण भएको; दङ्ङ, खुसी।